ई – दिशानिर्देश

अन्तरवार्ता

१ आश्विन २०७४, आईतवार
अन्तरवार्ता

बैतडी पाटन कुणागैर गाउँ वाड नं. ८ बस्ने पिता मानविर भण्डारी आमा हिरा देवीको कोखबाट वि.सं. १९८८ कार्तिकमा जन्मनु भएका कृष्ण बहादुर
भण्डारी संग दिशानिर्देश कञ्चन साप्ताहिकका प्रेस प्रतिनिधि बलदेव अवस्थी संगको भेटवार्ताका केही सम्पादित अंशहरु ः

पहाडबाट कहिले बसाई सरी आउनु भएको थियो ?
पहाडबाट बसाई सरी २०१९ देखि म आएपनि मेरा बुबा व्यापारी भएकाले पुरानो ब्रह्मदेवमा कपडाको पसल थियो । त्यसभन्दा पूर्व बुबा बर्मामा काम गर्दथे । जब बर्माबाट सबै नेपाली नेपाल फर्कि राजा महेन्द्रले बस्ती बसाउँदा महेन्द्रनगर गाउँ पञ्चायतको निम्बुखेडामा जग्गा दिएकोले आज सम्म मेरो बसोबास महेन्द्रनगरमा रहेको छ ।

यहाँका भाईहरुका कति जना हुन् ?
मेरा ३ जना भाईहरु छन् । म जेठो नै हुँ । मेरा कान्छा दुई भाई विति सके ।

यहाँको अनुभवको बारेमा के भन्न चाहनुहुन्छ ?
२०१७ साल देखि म समाजसेवामा रहेको थिए ।

तपाई मधेश आउदाको महेन्द्रनगर र आजको महेन्द्रनगरमा के अन्तर पाउनुभएको छ ?
त्यति बेला र आजको महेन्द्रनगरमा रातदिनको फरक छ ।

महेन्द्रनगरको नाम बदलेर भिमदत्त नगर राखेका छन् । यसबारे तपाईको धारणा के छ ?
जो व्यक्तिले नेपाल र नेपालीको अस्तित्व राख्यो ती महान व्यक्ति प्रति जनता खुसी भएर जनताले नै महेन्द्रनगर नामाकरण गरेका हुन् । नेपाल अधिराज्यभरीका जनताको मुखमुखमा हमेसा महेन्द्रनगरको नाम आई रहन्छ । प्रत्येकले महेन्द्रनगर नगरपालिकाको नामले नागरिकता प्रमाण–पत्र बनाएका छन् । जग्गाधनि प्रमाणपूर्जा पनि हाल सम्म महेन्द्रनगर नगरपालिका कै नामले रहेका छन् । समाजमा यस्तो भ्रष्ट काम गर्ने पुराना ऐतिहासिक नाम मेटाई आफ्ना पार्टी व्यक्तिका नामले महेन्द्रनगरको ऐतिहासिक नाम बदल्ने माथि कारवाही हुनुपर्छ । साझा सम्पत्ति माथि कसै पार्टी व्यक्तिले आक्रमण गर्दा जनताले सहेर बस्नु पनि अपराध हो भन्ने धारणा मेरो रहेको छ । आज महेन्द्रनगरको नाम बदल्नमा सफल रहे भने भोली नेपालको नाम बदलिदिने होइनन् भन्ने ग्यारेटी छैन ।
इतिहास थप गर्न सकिन्छ मेटाउन पाइदैन किनभने इतिहास जनताको सम्पत्ति भइसकेको हुन्छ । कसै राजनीतिक पार्टीले आफ्ना नेता कार्यकर्ताको नाम राख्नको लागि बदल्न पाउने कुनै कानूनी व्यवस्था छैन र प्राकृतिक नियमको समेत विपरित छ । जिल्ला, अंचल, प्रान्त, नगरपालिका, गाउँपालिकाका नयाँ नाम राख्ने बेलामा नाम राखी सकेपछि बदल्न कुनै हालमा कुनै पनि सरकारले पाउँदैन । नगरपालिकाका वडाहरुको सीमाना केही यताउता गर्न सकिन्छ । त्यो पनि नगरको दुई तिहाई बहुमत भए मात्र तर शत प्रतिशत बहुमतले पनि नाम बदल्न पाउने भन्ने नियम छैन पाउँदैन ।
त्यसकारण भिमदत्त नाम हटाई महेन्द्रनगर नाम नै यथावत रहनदिनु पर्दछ ।

अन्तमा, जनतालाई के भन्न चाहनु हुन्छ ?
भन्नुपर्ने मुल विषय बाँकी छ त्यो हो क्रिश्चियनहरुको लहलहैमा लागि हिन्दु राष्ट्रको नाम हटाएकोले नेपाललाई विश्व हिन्दु राष्ट्र नै रहन दिनुपर्दछ । यो नेपालको मूल पहिचान हो । यसमा सबै नेपालीहरुले समर्थन किन गर्नुप¥यो भने हामी विश्व सामु अलगै पहिचान बनाउने छौं र बनेको पहिचान मेटिने छैन ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh