ई – दिशानिर्देश

संविधानमा उल्लिखित सनातन धर्मको अर्थ र प्रयोजन

१४ फाल्गुन २०७३, शनिबार
संविधानमा उल्लिखित सनातन धर्मको अर्थ र प्रयोजन

आचार्य घनश्याम लेखक

संविधानमा उल्लिखित सनातन धर्मको अर्थ र प्रयोजन
‘धारणात् धर्म इत्याहु’ मनको धारणालाई धर्म भनिन्छ । कुनै दृश्य अदृश्य शक्ति प्रति धारणा राख्नुलाई धर्म भनिन्छ । धर्म मानव जातिको मात्र हुन्छ । धर्म कै कारणले प्राणी मानव कहलाइएको हो । मानवभित्र धर्म नहुने हो भने पशु र मानवमा भिन्नता नै रहदैन । आहार, निन्द्रा, भय, मैथुन पुशमा पनि त हुन्छन् । राम्रा नराम्रा काम पशुपंक्षीले पनि गरेकै हुन्छ । उपकार परोपकार रुखविरुवा अथवा सजिव निर्जीवले पनि गर्दै आइरहेको छ । रुखले फल आफै खादैन, नदिले पानी आफै खादैन । त्यसो भन्दैमा मानवले आफूलाई धर्म निरपेक्ष मान्नु कहाँ सम्मको मूर्खता हो । पहिलो कुरा त निर्जीव तथा सजीव प्राणीहरुको आफ्नो किसिमको धर्म हुन्छ । धर्म विना सजीव वा निर्जीव कसैको पनि संसारमा अस्तित्व हुदैन । पानीबाट शीतलता, अग्निबाट दाहकता निकाली दिने वित्तिक्कै त्यो न पानी भनिन्छ न अग्नि रहन्छ । धर्मलाई कुनैपनि वस्तुबाट अलग्याउन सकिदैन । जब संसारका सबै चिजवस्तुको आ–आफ्नो धर्म हुन्छ भने मानवको नहुने त ?
मानिसको कुनै न कुनै धर्म अवश्य हुन्छ । धर्म भनेको धारणा हो भन्ने कुरा पहिले नै आइसक्यो । धर्म विना कुनै पनि मानवको जीवन चल्न सक्दैन । मानवको मुल धर्म सनातन धर्म हो । मानव सनातन परमात्माको सन्तान हो । ‘सनातनोअयं पुरुष पुराण’ यो मानवदेह भित्र रहेको पुरुषलाई सनातन तथा पुराण हो भनिएको छ । सनातन भनेको जसको न कोही आदि छ न अन्त्य छ, न कसैले स्थापना गरेको हो न कसैको विरुद्धमा स्थापना भएको हो । जसको कसैले स्थापना ग¥यो अथवा कसैका विरुद्ध बोल्यो सूलीमा चढाइयो त्यही सूली चढाएको विषयलाई आधार मानी एउट जमात खडा भयो । पछि माजिदै खारिदै गएर त्यसैलाई धर्म भनियो । वास्तवमा यो धर्म होइन र धर्मको नाममा भ्रम हो । मानव शरीर ‘पुर’ भनिन्छ । त्यस पुरमा शयन गर्ने निर्गुण निराकार, अव्यक्त परमात्मालाई नै पुरुष भनिन्छ । पुरुषको अर्थ लोग्ने अथवा स्वास्नी मान्छे भन्ने होइन । जो यो पञ्चभौतिक नाश्वर देहमा कहीबाट आएर निश्चित अवधी सम्म बस्छ फेरि कही जान्छ त्यो नै पुरुष हो, जो सनातन पुराण हो । पुराणको अर्थ पुरानो भन्ने हो । यो जीवात्माको जन्म आज भएको होइन । कुनै व्यक्ति आज जन्म्यो भने सनातन दृष्टिले त्यो व्यक्तिको देह आज जन्मिएको हो । उसको आत्मा चाहि अजर अमर छ । त्यो आत्मा अर्थात् पुरुष आज जन्मिएको होइन । यो यथार्थ सत्यलाई सनातन धर्मले मात्र स्वीकार गर्छ । बाकीका धर्मका नाममा खुलेका जमातहरुले यो कुरा जान्दैनन् र मान्दैनन् ।
सनातन धर्म जीवन, जगत र ईश्वर संग जोडिएको छ । सनातन धर्मले सत्यता, यर्थाथता र वैज्ञानिकतालाई स्वीकार गर्दछ । तुलसी, पीपल आदिको पूजा होस् जल, जंगल, जमीन होस् वा पत्थरको पूजा नै किन नहोस् सनातन धर्मले सजीव निर्जीव, जड–चेतनलाई पुज्दै आएको छ मान्दै आएको छ । पुज्नुको अर्थ सम्मान गर्नु, संरक्षण गर्नु हो । तुलसी पीपलले प्राणीलाई दिने अक्सिजनले जीवको अस्तित्व छ । त्यसैले यिनको पूजा हो । ढुङ्गाले पिसेको, कुटेको, दलेको खान्छौ त्यसैले सनातन धर्मावलम्बीहरुले ढुङ्गालाई पुज्छ । गाईको गोमुत्र, गोवर, दूध, दही, घ्यूमा रहस्य छ । यो कुरा बुझेर गाईलाई आमाको स्थान दिएको छ । यस आधारमा सनातन धर्म भनेको हिन्दु धर्म हो ।
नेपालको संविधान २०७२ ले नेपाललाई धर्म निरपेक्ष घोषणा ग¥यो तर सनातन निरपेक्ष गरेको छैन । नेपालका नेताहरुको धर्म नै छैन । यी ६०१ सभासद् मध्ये अधिकांश विधर्मी, नास्तिक, ढौङ्गी, स्वार्थी, छेपारो प्रवृत्तिका छन् । त्यसैले नेपाललाई धर्म निरपेक्ष गरेन कि हिन्दु धर्म निरपेक्ष गरियो । साच्चै भन्ने हो भने केही स्वदेशी विदेशी संघसंस्थाहरु जो हिन्दू धर्म परिवर्तनका लागि स्थापना भएका छन् तिनिहरु कै आडमा नेपाललाई धर्म निरपेक्ष होइन हिन्दु धर्म निरपेक्ष गरियो किनभने धर्मका मुस्लिमलाई आरक्षण दिइएको छ । के नेपालका सबै इस्लामी गरिव छन् त ? त्यस्सै अधिकांश नेताहरु युरोपियन युनियन एवं क्रिश्चियन राष्ट्रहरु वा क्रिश्चियन संघसंस्था द्वारा किनिएका छन् । त्यसैले हिन्दु सनातन धर्मका बारेमा बोल्दै बोल्दैनन् । बोलुन् पनि कसरी मुखमा डलरको बुजो लागेको छ । मुसलवानहरुलाई मक्का मदिना हजयात्री गर्न सरकारी सहयोग दिइन्छ । ईसाईहरुका संघसंस्थालाई धर्म परिवर्तन गर्न छुट दिइन्छ जसको नाङ्गो नाच भुकम्प प्रभावित जिल्लामा राहतका पोकामा बाइबल तथा हिन्दु धर्म विरोधी पर्चा पम्पलेट पाइएको बाट प्रमाणित हुन्छ । सनातन हिन्दु राष्ट्र नेपालमा यदि धर्मान्तरणको यस्तै कुकृत्य चलिरहने हो भने सनातन हिन्दू धर्मावलम्बी लगायत सम्पूर्ण ओमकार परिवारले टेडो औंला न गर्लान् भन्न सकिदैन । त्यसैले सबैलाई चेतना भया ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh