ई – दिशानिर्देश

नेपाललाई मोदी र मोदीलाई नेपालले चिन्न सकेन

१४ फाल्गुन २०७३, शनिबार
नेपाललाई मोदी र मोदीलाई नेपालले चिन्न सकेन

बलदेव अवस्थी
भानु स्वर्ण पदक प्राप्त

नेपाललाई मोदी र मोदीलाई नेपालले चिन्न सकेन
भारतमा अंग्रेज इस्ट इण्डियाको शासन व्यवस्थामा पनि नेपालका एकतन्त्रीय राणा सरकारले अंग्रेजको सरकारलाई रिझाएर राखेको हामी पाउँछौं । २००७ सालमा भारतको मध्यस्थतामा नेपालमा प्रजातन्त्र आयो र नेपालको भुमि छोडियो । प्रजातन्त्र घोषणाको मस्यौदा दिल्लीमा नै बन्यो । राजा त्रिभुवनले आफ्नो खल्तीबाट फाल्गुन ७ गते घोषणा पढ्ने काम मात्र बाँकी राखे । फागुन ७ गते राजा त्रिभुवनले घोषणा ग¥यो । राजा त्रिभुवनले डेमोक्रेसीको अर्थ प्रजातन्त्रको ठाउँमा गणतन्त्र भनेर रुपान्तरण वि.पि.बाट भएको रहेछ । भारतमा हुर्कि बसेका वि.पि.ले प्रजातन्त्र भन्न खोजेपनि झट्ट समझदारीमा नआएकोले मात्र गणतन्त्र भनिएको कुरा राजा महेन्द्रलाई थाहा
भएन । फलस्वरुप वि.पि. सितको विश्वास कायम रहेन र राजाले पनि रुपान्तरित मस्यौदा घोषणा गर्न त्रिभुवनले युवराज महेन्द्रलाई नदेखाई पढेकाले युवराजलाई ग्लानी भयो प्रजातन्त्रको ठाउँमा गणतन्त्र भनेकोमा ।
वि.पि. लगायतका नेताहरुको सहमतिले २०१५ को संविधानले सुधार गरी प्रजातन्त्र लेखियो र प्रजातान्त्रिक संविधान २०१५ को निर्माण भयो तर त्यसले नेहरुको बर्चश्व बढ्यो मात्र ।
नेपाल विश्वमा एक मात्र हिन्दु राष्ट्र रहन गयो । हिमालयको गोदमा रहेको हिन्दु राष्ट्रको विश्वभरी सम्मान
गरियो । विश्वका हिन्दु खुसी मात्र होइन कि गौरवपूर्ण रहे । नेपालमा रहेका हिन्दुहरुको संख्या भन्दा ५० गुणा हिन्दु भारत तथा अन्य देशहरुमा रहेका थिए । राजा हिन्दु धर्मका संरक्षक र ऋषिमुनी सन्त महन्त हिन्दु धर्मका प्रजारक कै रुपमा रहेको बेलामा एक्कासी २०६२÷२०६३ को आन्दोलन पछि नेपाललाई धर्म निरपेक्ष भनेर घोषणा मात्र होइन २०७२ को संविधानमा पनि ९० प्रतिशत जनताको समर्थन र माग रहदा रहदै तानाशाह विपक्ष र क्रिश्चियन राष्ट्रहरुको पक्षमा नेता गिरिजा, बाबुराम, दाहाल, माधव नेपाल, शेर बहादुर देउवाहरुले जनताका भावनामा लात मा¥यो । हिन्दुको नाताले नरेन्द्र मोदी भारतीय जनता पार्टीले पनि खिन्नता प्रकट गरे । हिन्दु राष्ट्र रहनु नेपालको मात्र गौरव नभई भारत तथा विश्वमा रहेका नेपालीको समेत शान रहेकोमा त्यो विलायो । नरेन्द्र मोदीले आफ्ना देशको कालो धनलाई भुस बनाएर छाड्ने कोशिस गरेका छन् र सफलता प्राप्त भइरहेको छ । नेपाली नेताहरु सित थौरै कालोधन लुकेको भएपनि क्रमशै हराउँदै गएको छ । नेपाल हमेसा भारतको हितमा कार्य गरी रहेको थियो र छ भन्ने कुराबाट मोदी अपरिचित रहे । भारतको तर्फबाट मोदीले गरेका सहयोगहरु नेपालले विर्सदै गयो । नमक खाने तर नमकको मुल्य नचुकाउन सक्ने नेपाली नेताहरु । हुन त नेपाललाई जन्माउने पृथ्वीनारायण शाहको योगदानलाई जस नदिने तथा राजा महेन्द्रले आधुनिक नेपालको पहिचान संयुक्त राष्ट्र संघमा पु¥याउन त मानेन भने मोदीको के कुरा ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh