ई – दिशानिर्देश

भारतीय सीमा सुरक्षा बलले नेपालीलाई खेत जोत्न दिएन

५ कार्तिक २०७४, आईतवार
भारतीय सीमा सुरक्षा बलले नेपालीलाई खेत जोत्न दिएन

महेन्द्रनगर, ०३ कार्तिक । भारतसँग सीमा जोडिएको महाकाली नगरपालिका–८ सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले खेत जोत्नमा रोक लगाएको छ ।

नगरपालिकाको सुन्दरनगरमा नेपाल–भारत सीमा स्तम्भ नं १६ को ७९६ र १ सवपिल्लर नजिक रहेको जग्गामा वीरबल गुरुङले भोगचलन गर्दै आएको जग्गामा भारतीय सुरक्षा बलले खनजोत गर्नमा रोक लगाएका हुन् ।

धान कटानपछि खेत जोत्न थालेपछि भारतीय सीमा सुरक्षा बल एसएसबीले रोक लगाएको गुरुङले बताउनुभयो । भारतीय सीमा सुरक्षा बलले खेत जोत्न रोक लगाएपछि खेत जोत्न छाडेको गुरुङले बताउनुभयो ।

उहाँका अनुसार सोमबार एसएसबीका जवान खेत जोत्न लागेको समयमा आएर भारतीय भूमि भएको भन्दै खेत जोत्नमा रोक लगाएका थिए । समय समयमा भारतीय पक्षले उनले खेती लगाउने समयमा रोक लगाउँदै आएकोमा उनी चिन्तित भएका छन् । धान रोप्दा पनि भारतीय सुरक्षाकर्मीले उनलाई धान रोप्न रोकेपछि केही समय स्थानीय र सुरक्षाकर्मी बीच विवाद सिर्जना भएको थियो ।

धान रोप्न रोकेको विषयमा स्थानीय प्रतिकारमा उत्रेका थिए । वि.सं. २०२३ देखि उक्त जग्गा गुरुङले भोगचलन गर्दै आएका हुन् । खेती लगाउने समयमा भारतीय पक्षबाट खेतमै आएर खेती नगर्न भन्न थालेपछि उनी चिन्तामा परेका छन् । यो घटना अन्तिम र पहिलो भने होइन । गतवर्ष यस्तै घटना चाँदनीमा भएको थियो जुन प्रकाशमा नआएपनि भारतीय पक्षले आफ्ना सीमा सुरक्षा बल सरुवा भइ जादा नयाँ आउने जावन र अधिकारीहरुलाई बरबुझारथ गर्ने क्रमकै सिलसिलामा नयाँ अधिकारीलाई बरबुझारथ एउटा नेपालीको ३÷४ कठ्ठा जमीनमा लाएको धान बाली देखाएको थियो ।

धान पाक्ने बेला भइरहेको हुदा नयाँ सैनिकहरुले देखाएजत्तिको क्षेत्रमा रुखका हाँगा काटी धान नविग्रिने गरी निशाना लगाएको थियो । त्यसबेला खेती गर्ने मानिस र प्रहरी बिच यस्तै भनाभन हुदा अन्तमा नेपाली पक्षले भारत कै सीमानामा बाली लगाएको स्वीकार गरी छोडि दिएका थिए । आफ्नो सीमानाको रेखदेख भारतीय कर्मचारीले यसरी इमानदारीका साथ गर्छन् भने नेपाली अधिकारीहरुले यसरी अझै काम गर्न सिकेको छैन ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh