ई – दिशानिर्देश

जंगली हात्तीको आतंक

५ कार्तिक २०७४, आईतवार
जंगली हात्तीको आतंक

महेन्द्रनगर, ०३ कार्तिक । जंगली हात्तीको बथानले बुधबार राति कञ्चनपुरको बेलडाँडी गाउँपालिका– १ का गगनसिंह महरा र मनबहादुर ओखेडाको घर भत्काएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा छिरेको हात्तीको बथानले दुवैजनाको घर भत्काउनुका साथै घरभित्र राखेको सबै अन्न खाइदिएपछि उनीहरु बिचल्लीमा परेका छन् ।

हात्तीले घर भत्काउन थालेपछि भागेर ज्यान जोगाउनु परेको पीडित परिवारले बताएका छन् । तिहारकै बेला हात्तीको बथानले अन्न सबै खाइदिँदा र लगाउने, ओढ्ने बिछ्याउने कपडासमेत च्यात्चुत पारेपछि पीडित परिवार छिमेकीको शरणमा पुगेका छन् ।

दुवै परिवारको आर्थिक अवस्था दयनीय भएकाले छिमेकीले अन्न र आर्थिक सहयोग जुटाउनका लागि पहल थालेका छन् । रासस

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh