ई – दिशानिर्देश

बझाङमा उम्मेदवार सिफारिस

५ कार्तिक २०७४, आईतवार
बझाङमा उम्मेदवार सिफारिस


बझाङ, ०४ कार्तिक । एमाले माओवादी गठबन्धन र काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारको टुङगो लगाएको छ । एमाले माओवादी गठबन्धन र काँग्रेसले आगामी मंसिर १० गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारको टुङगो लगाएको हो ।

जसमा गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा नेकपा एमालेका केन्द्रिय सदस्य भैरव बहादुर सिंह एवं प्रदेश सभाको क्षेत्र नम्बर १ मा एमालेका नेता अर्जुन थापा र प्रदेश सभा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी केन्द्रिय सदस्य देवकी मल्लको नाम टुङगो लागेको छ ।

यसैगरी नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभामा नेपाली काँग्रेसका पूर्व पार्टी सभापती पृथ्वी बहादुर सिंह एवंम प्रदेश सभाको लागि क्षेत्र नम्बर १ बाट पूर्व सभासद चन्द्रा जोशी र क्षेत्र नम्बर २ बाट नेता नरेस सिंहको नाम टुङगो लगाएको नेपाली काँग्रेस जिल्ला कमिटी बझाङले जनाएको छ ।

उम्मेदवारको टुङगो लागेपछि जिल्लाबाट टिकटको दौडधुपमा काठमाडौ गएका नेता तथा कार्यकर्ता जिल्ला आउने क्रम जारी रहेको छ । जिल्लाका राजनितिक दलहरुले मनोनयन दर्ताको तयारी गरिरहेका छन ।

आगामी मंसिर १० गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा को निर्वाचनमा बझाङमा एमाले माओवादी गठबन्धन र नेपाली काँग्रेस बीच नै प्रतिपर्धा हुने देखिएको छ । गठबन्धनबाट कुनै पनि निकायको दुर्दशा नभई आगामी बन्ने सरकारले पनि बहुमत प्राप्त गर्ने धेरै संभावनाहरु देखिएका छन् ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh