ई – दिशानिर्देश

डडेल्धुरामा नेता देउवा र भट्टबीच कडा टक्कर हुने

५ कार्तिक २०७४, आईतवार
डडेल्धुरामा नेता देउवा र भट्टबीच कडा टक्कर हुने


डडेल्धुरा, ०३ कार्तिक । प्रतिनिधिसभा चुनावका लागि बाम गठबन्धनबाट माओवादी केन्द्रका खगराज भट्ट उम्मेदवार बन्ने भएका छन् भने कांग्रेसबाट प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर देउवाबीच डडेल्धुरामा प्रतिस्पर्धा हुने भएको छ ।

बाम गठबन्धनबाट भट्टले देउवासँग प्रतिशप्रर्धी गर्ने भएपछी त्यहाँको निर्वाचनले कस्तो नतिजा देला भन्ने प्रश्न चिन्ह खडा भएको छ ।

डडेल्धुरामा कांग्रेसले आफ्नो सभापतिको क्षेत्र भएकाले आफुलाई जिताउन निकै कसरत गर्नेछ भने कांग्रेसकै बिरासत भत्काएर आफुलाई अगाडी ल्याउन बाम गठबन्धनले पनि निकै ठूलो कसरत गर्ने देखिन्छ । यसबीच बाम गठबन्धनले प्रदेश ७ मा तालमेलको कुरा लगभाग टुंग्याएको छ । यहाँ माओवादीले प्रदेशसभाका लागी ५ सिट पाउने पक्का भएको छ भने एमालेले ११ सिट पाउने भएको छ ।

हरकसै पार्टीको उम्मेदवारले आफ्नो अस्तित्व बचाउन खोजनु जायज भएपनि कुन व्यक्ति राम्रो नराम्रो भनेर छान्ने काम जनता कै जिम्मा दिएको हुन्छ । अगाडी पछाडी जनतालाई जे जुन अवस्थामा राखेपनि चुनावका बेला सबै राजनीतिक पार्टी उम्मेदवारहरुले जनतालाई नै भगवान भन्ने घोषणा गरेका हुन्छन्, मानांै ती उम्मेदवारहरु प्राकृति भगवन अरु कतै छैन भन्ने भान गराइ रहेका हुन्छन् कि हामी हमेसा जनताको पूजा गछौं भनेर जनतालाई फुल्याएको हामी पाउँछौं । तर, निर्वाचित भएपछि जनताको कुनै वास्ता गर्दैनन् उदाहरणको लागि नेपालको संविधान २०७२ निर्माणको अवस्थालाई बुझ्न सकिन्छ त्यसमा जनताका भावनाको कदर भयो भएन सर्वविदितै छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh