ई – दिशानिर्देश

भिमदत्त नगरपालिकाको सडकबत्तिमा बेवास्ता

१४ फाल्गुन २०७३, शनिबार
भिमदत्त नगरपालिकाको सडकबत्तिमा बेवास्ता

महेन्द्रनगर, १४ फाल्गुन
विश्वका हरेक साना ठूला शहर बजारहरुमा सडक बत्तिको व्यवस्था हुन्छ । नेपालमा पनि हरेक साना ठूला शहर बजारमा सडक बत्ति जडान भएका छन् तर भी.न.पा.को महेन्द्रनगरमा सडक बत्ती आवश्यक पर्ने ठाउँमा छैनन् ।
जुन ठाउँमा सार्वजनिक ठूलो भेला हुने गरिन्छ जस्तो बस स्टेशनहरु, मन्दिरहरुमा हुने पूजा, मेला हुने ठाउँहरुमा हमेसा नगरपालिकाले बत्तिमा ध्यान दिनु पर्छ । महाशिवरात्री २०७३ फाल्गुन १२ देखि १४ सम्म ३ दिने पर्वमा १३ गते महाशिवरात्रीको विहान ३ बजेबाट नै भित्रभाड सुरु हुन्छ भने १२ गते राती नै मेलामा आउने व्यापारीहरु पनि आउने गर्छन् ।
शिवधाम विकास क्षेत्रको विकास निर्माण गर्नुपर्ने धेरै भएको धार्मिक परम्परा अनुसार सन्त महन्तहरुको पनि ठूलो उपस्थिति हुने र भिडभाडमा सबै किसिमका मानिसहरुको उपस्थिति हुने हुदा सडक बत्ति र मेला परिसरमा नगरपालिका सित शिवधाम विकास क्षेत्रले बिजुलीका केही सामान, तार, हेलोजन, सिएफएल बल्ब तथा सरसफाईको लागि सहयोग मागेको भएपनि न.पा.का निमित्त कार्यकारी हरिसिंह धामी द्वारा शिवधामको माग सानो भएकोले पुरा गर्ने र उज्यालोको बन्दोबस्त गरी दिने भनेपनि बिजुली तर्फ काम गर्ने लाइनम्यानहरुले २÷३ दिनको अनुरोधमा पनि कुनै बेला विवाह छ भन्ने, कुनै बेला मेला राती कहाँ हुन्छ भनी ख्याल ठट्टामा वास्ता नगरेकोले नगरपालिकाबाट सडक बत्तिको सहयोगबाट बञ्चित रहनु परेको कुरा शिवधाम क्षेत्र विकास समितिका पदाधिकारी तथा त्यहाँ उपस्थित हुने सर्वसाधारणको गुनासो रहेको पाइन्छ ।
नगरपालिका महानगरपालिकाहरु ले नाम फेर्दैमा हुदैन, सम्बन्धित जनताले पहिले देखि पाइ रहेको सुविधामा कटौती गर्नु हुदेन । शिक्षा, स्वास्थ्य क्षेत्र, अस्पताल, क्याम्पस जाने बाटोहरुमा तथा बजारमा बत्तिको व्यवस्था हुनुपर्ने देखिन्छ । यस तर्फ क्याम्पसका विद्यार्थीहरुको ध्यान सम्म गएको देखिदैन । बुटवल धनगढी जस्ता नेपालका अरु शहर बजारहरुमा त्यहाँका नगरपालिकाले सडकबत्तिको व्यवस्था गरेको हुन्छ भने महेन्द्रनगरमा सो कार्य गरेको देखिदैन ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh