ई – दिशानिर्देश

सुदूरपश्चिम विश्व विद्यालयको असक्षमता

१४ फाल्गुन २०७३, शनिबार
सुदूरपश्चिम विश्व विद्यालयको असक्षमता

सुदूरपश्चिम विश्व विद्यालयको असक्षमता
महेन्द्रनगर, १३ फाल्गुन
हाम्रो समाजमा भ्रष्टाचार र भ्रष्टाचारी केवल कर्मचारीले या कसै पदाधिकारीले काम गरी दिएवाफत् १०÷२० या घटी बढी रकम लिएकोलाई मात्र भ्रष्टाचारी र घुसखोरी भन्ने गरिन्छ तर त्यति मात्र होइन आज जुन काम
कुरा सुदूरपश्मिाञ्चल विश्वविद्यालयले गरेको छ त्यस्ता कामकुरा विषालु भ्रष्टाचार हुन् ।
विद्यार्थीहरुको जीवन सित खेलवाड गर्ने राजनीति र त्यस्तै अन्य कामकुरा विगारी विकछट्ट काम नै भ्रष्ट र भ्रष्टाचारी हुन् । सु.प. विश्वविद्यालयको मुख अर्थात् प्रधान कार्यालय महेन्द्रनगरमा रहेको छ । शिक्षण संस्था जस्तोले विवादित भ्रष्ट काम गर्नु जघन्य अपराध हो तर समय समयमा गरी रहेको छ । विज्ञान क्याम्पसलाई आफुमा गाभ्ने केवल नाम फेरबदल गरी अर्काले बनाएको संरचनामा रजाई गर्ने तर कार्यालयमा राजनीति मात्र गर्ने । विद्यार्थीहरुले हालै राखेका मागप्रति बेवास्ता गरेकोले विश्वविद्यालयको दायित्व भित्र पर्ने निम्न मागहरु पूर्ति गर्नुको अर्थ हो विश्वविद्यालयलाई नियत र नियत संग चलाउनु । हामीले विद्यार्थी माझ गई बुझ्दा उनका माग निम्न बमोजिम रहेका थिए ः सम्पुर्ण विषयगत इन्जिनियरिङका प्राध्यापकहरु तुरुन्तै पदपूर्ति गर्नुपर्ने; २०७२ चैत्रमा सेवा आयोगले लिएको लिखित परिक्षाको नतिजा तुरुन्त प्रकाशित गर्नु पर्ने ? किन नभएको र कस्को कारण ले न आएको; ल्यावको तुरुन्त पहल गरि कार्यान्वयन गर्नु पर्ने; कक्षा कोठाहरु को उपयुक्त व्यवस्था गर्नुपर्ने; उपकुलपति र रजिस्ट्रार हरेक समयमा कार्यलय बाहिर बस्ने र विद्यार्थीहरुका आवस्यकता पूरा गर्न नचाहने साथै गैर जिम्मेवार टिप्पणी गर्ने र गराउने; सु प मा रहेको एक मात्र विश्वविद्यालयलाई सफल सक्षम बनाउन नचाहने, एक अर्को संग दुस्मनी लिने आन्तरिक तत्व सकृय रहेका ले इन्जिनियरलाई समेत डुबाउन चाहने तिनीहरुको स्वार्थ के ?; हरेक सेमेस्टरहरु सात दिने कक्षा मार्फत सक्ने गरेको यो प्रथा कहिले सम्म ?; काउन्सिल सम्बन्धन कहिले पाउने ? अहिलेसम्म किन न पाएको ? कारण के र कसको कमजोरी ?
सु.प.विविले अरु त छोडौ व्यापारी द्वारा काम गराई सामान खरीद गरी बिलको रकम भुक्तानी नदिई अर्थात् नक्कली बिल बनाई रकम लिने पदाधिकारी संस्था माथि कारवाही गर्नुको सट्टा आफु पनि त्यस्तो भ्रष्ट काममा सहयोग गर्नु साझेदारी गर्नु लाजमर्दाै कुरा हो । जुन कुरा सु.प. विश्वविद्यालयका पदाधिकारी र साविकको बहुमुखी क्याम्पस मिलेर भ्रष्टाचार गरी व्यापारीले पाउने रकम दुबै मिलि खाएका छन् जसमा अधिकार दुरुपयोग अनुसन्धान आयोग पनि कारवाही गर्न असमर्थ रहेको छ ।
शिक्षण संस्थाबाट त्यस्तो भ्रष्टाचार गरिन्छ भने अरु ठाउँ कसरी चोखा रहन सक्लान् । त्यो नै महत्वपूर्ण विषय रहेको छ । जब व्यवस्थापन मिलाउन सक्दैनन् भने महत्वपूर्ण पद किन ओगट्नु प¥यो । विद्यार्थीहरुले सडकबत्ती रात्री सिफ्टमा पढ्न पाउने जस्ता गलत माग राखेका छैनन् । विषयगत शिक्षक माग्नु अपराध होइन, आफ्नो जग्गाज्याथा जमानीमा राखी टाढा टाढाबाट पढ्न आएका विद्यार्थीहरुको जीवन माथि खेलवाड गर्नु कति जायज र नाजायज हो पाठकवृन्दले इन्साफ गर्नुपर्ने देहिन्छ ।
अर्काे कुरा सु. विश्वविद्यालयले गरेको अन्य मनपरी शोषण जथाभावी गरेका कुकृत्य माथि निगरानी राख्ने ठाउँ कुन हो यथाशिघ्र सार्वजनिक गर्नुपर्ने देखिन्छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh