ई – दिशानिर्देश

किन हुन्छ मन्दिरमा विवाह ?

१४ फाल्गुन २०७३, शनिबार
किन हुन्छ मन्दिरमा विवाह ?

दिशानिर्देश समाचार
महेन्द्रनगर, १३ फाल्गुन
सामाजिक सुधार ऐन नियम छन् तर पालना सरकार र जनता दुबै पक्षबाट भएको छैन । व्यक्तिगत इन्साफ माग्दा त पाइदैन भने कसैले कारवाही गरि पाउँ भनि उजुरी नदिदै सरकारले सुन्दैन देख्दैन । नेपाली नागरिक सित भएको सीमित पूँजी उपलब्धीहीन काममा खर्च भइरहेको छ ।
मन्दिरहरुमा विवाह गर्नेहरुको ताती नै लाग्ने गरेको हामी पाउँछौं । मन्दिरमा विवाह गर्न ८० प्रतिशत घर आगनमा ठाउँ नभएर आउँछन् भने १५ प्रतिशत वाहियात खर्च बचाउन र दाइजो प्रथाबाट बच्नको लागि र त्यस्तै घरपरिवारको स्वीकृति नहुदा विवाह गर्नेको संख्या ५ प्रतिशत सम्म रहेको पाइन्छ ।
वास्तवमा हुनुपर्ने र गर्नुपर्ने कम खर्च तडकभडक कम गर्न नै हो । बढी तडकभडक गर्नेहरुले मन्दिर भन्दा पनि विभिन्न होटेलहरु तथा पार्टी पैलेशहरुमा गर्नुपर्ने तर धार्मिक विवाह गर्नेहरुले मात्र मन्दिरमा गर्नु राम्रो हो किनभने तडकभडक गर्न र दाइजो दिन नसक्नेहरुमा हिनता बोध हुनबाट टाढा रहुन् भन्ने धारणा सर्वसाधारणमा पाइन्छ । बढीमा १५÷२५ जना सम्मको उपस्थिति, तडकभडक र दाइजो विनाको विवाह गर्न रुचाउने जोडी हुन् २०७३ फाल्गुन ९ गते सोमबारका दिनमा महेन्द्रनगरको प्रसिद्ध मन्दिर शिवमन्दिरमा विवाह गर्ने पहाड घर पिपलकोट जिजोडा तराईमा महेन्द्रनगर भाँसी बसोबास बताउने दुलाहा गणेश सिंह खड्का र भावना । यी जोडीको विवाहमा ११ जना बरेती थिए भने खानपिन पनि मिठाई र फलफूल मात्र थियो । सम्पूर्ण खर्च लुगा कपडा समेत गरी ५ हजार ५ सय रुपैया खर्च भएको मध्ये मन्दिरलाई १५ सय बाहुनलाई ५५ सय र बाँकी अन्य खर्च भएकोले हामी खुसी छौं भन्नुहुन्छ गणेश र भावना ।
त्यसैगरी २०७३ फाल्गुन महिना कै १२ गते विवाह गर्ने जोडी लोकेन्द्रसिंह धामी र धाना धामी भन्नुहुन्छ हामी घरपरिवारको सहमति विना विवाह गर्न आएका छौं, बाहुनले ११ सय र मन्दिरले १५ सय रुपैया लियो । खानपिन घर डेरामा नै गरेका हौ र बरेती पनि १०÷११ जनालाई फलफूल वितरण गरेका हौं, पत्रिकामा फोटो नराख्नु होला भनेकाले लोकेन्द्र र धानाको फोटो राखिएको छैन । तडकभडक नगरी विवाह गर्नेलाई पुरस्कार र नियम विपरित तडकभडक गरी विवाह गर्ने र महङ्गा पलङ्ग, सोफा जस्ता दाइजोको रुपमा प्रदान गरी आडम्बरी गर्ने माथि नेपाल सरकारले दण्डित गरेमा समाज सुधार ऐन नियमको कही हद सम्म पालना हुने थियो ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh