ई – दिशानिर्देश

चुनाव स्वभाविक हो बहादुरी होइन !

२२ फाल्गुन २०७३, आईतवार
चुनाव स्वभाविक हो बहादुरी होइन !

मानव समाजको प्रत्येक युगमा अलग अलग महत्व काम गर्ने शैली विकास निर्माणका आवश्यकता र परिपूर्ति आफ्नै तरिकको थियो । जब पटवारी देखि राजा सम्मको आफ्नो प्रतिनिधित्वको छनौटको तरिका पनि इमानदारी र पारदर्शी थियो । प्रायः सर्वसम्मत छनौट गरिन्थ्यो । सम्मति हुन नसकेमा प्रजातान्त्रिक बहुमतको आधारमा छनौट गर्ने चलन थियो । वर्तमानमा पनि जनताका भावना अनुसार राज संस्था र नेता गइरहेका छन् ।
जनताको म्यान्डेड अनुसार जनताले देखाएको बाटाको ठीक विपरित तर्फ नेताको नेतृत्व मोडिएको छ । जे जनताले चाहेका छन् त्यो हुन सकेको छैन जे चाहेका छैनन् त्यो काम भएको छ । नेताहरु जनताका भावना कुल्ची जे आफुले चाह्यो त्यही बाटो तर्फ जनतालाई हिडाउने प्रयास गरेका छन् । त्यसको खास प्रमाण हो जनताले हिन्दु राष्ट्रलाई नचलाउने भन्यो तर नेताहरुले आफ्नो विचार जनताले नचाहेपनि लाद्न खोज्दछन् र खोजेका पनि छन् । केन्द्रिय स्तरमा धर्म निरपेक्ष राख्ने तथा राजालाई हटाउने जस्ता कामकुराहरु गर्नमा ९० प्रतिशत जनताको असहमति थियो । स्थानिय तर्फको कुरा गर्दा महेन्द्रनगर नगरपालिकाको नाममा टिपेक्स लगाई भिमदत्त नगरपालिकाको अनधिकृत व्यक्तिहरुको सिफारिसमा दीर्घकालिन सोचाइ नराखी स्थानिय विकास मन्त्रालयको पहलमा अनधिकृत रुपमा मन्त्रिपरिषद् सचिवालयबाट इतिहास मेटाउने गरी महेन्द्रनगर नगरपालिकालाई भिमदत्त नगरपालिकामा परिणत ग¥यो । अंग्रेजीको नेपालीमा रुपान्तरण गरेझैं दुरगामी सोच नराखी क्षणिक रिसको आवेगमा आई इतिहास मेटाउने दुःप्रयास गरेबाट प्रष्ट हुन्छ कि जनताका भावना बमोजिम नगरी आफ्नो विचार बलजफ्ती जनतामा लादियो ।
स्थानिय विर्नाचन गर्छाै भन्दाभन्दै कुनै बेला माओवादीले गर्न दिएन भनी चुनाव नगर्ने, अझै पनि हाम्रा मधेशी बन्धुहरु द्वारा बाधा व्यवधान गराउनु र अन्तमा सिके राउतले गर्न दिएन भनी लज्जास्पद काम गर्नु गराउनु गलत कुरा हो । १९ वर्ष सम्म जनता माथि दमन गर्नु राजनीतिक पार्टीहरुका प्रतिनिधि मार्फत् गाउ“ विकास देखि अन्तिम केन्द्र सम्मको रकम कलम दुरुपयोग गरेका छन् र त्यस्तै गरी रहेकै छन् । पदाधिकारी, न्यायाधीश, राजदूत नियुक्तिहरुमा पनि पार्टीहरुको भागबण्डा रहेको छिपाउन सकिदैन । अनेक तहमा पार्टीका सम्पूर्ण पदाधिकारीहरुले गाउ“ गाउ“मा निकासा भएको बजेट जनताको बहुमतले अत्यावश्यक स्थानमा खर्च नगरी कुन तरिकाबाट बिल भपाई मिलाउन सकिन्छ त्यसरी नै देखाउने काम एउटा गर्ने काम अर्कै भइरहेको छ । जनता को सित गुनासो गर्न जान्छन् ? गाउ“ विकास समिति मिलोमतोमा कब्जा गरिएका छन् । जनताले कतै जाने मौका पाएको छैन । हुनत जनताले अझै पनि बहकावमा नलागी मतदान गर्लान् भन्न त सकिदैन किनभने चिप्ला कुराले नेताहरु ठिक्का पारी दिन्छन् र नेताले माफी माग्दा जनता पनि स्वयं लाचार हुन्छन् । मलाई मत नदिनु भनेपनि उसैलाई मत दिइरहेका छन् । उदाहरणका लागि पहिलो मध्यावधिको निर्वाचन गराउने बेलामा बहुमत छदै गिरिजाप्रसाद कोइराला द्वारा संसद भंग गरियो । त्यसको अर्थ हो अब हामी चलाउन सक्दैनौं हामीलाई मत नदिनु भन्ने संकेत हो तैपनि पुनः जनताले दिन छोडेन । कारण सियो देखि सब्बल सम्मका जनताका कामहरु हामी गर्नेछौं भन्ने कसम खाएको हुनाले पनि जनता विवश भए ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh