ई – दिशानिर्देश

नेपालले सिमा मिच्यो भन्ने आरोप भारत किन लगाउदैन ?

२२ फाल्गुन २०७३, आईतवार
नेपालले सिमा मिच्यो  भन्ने आरोप भारत किन लगाउदैन ?

हरेक देशका जनताहरु आफ्नो सीमाना बचाउने प्रयासमा रहन्छन् र आफ्नो सिमा सुरक्षित राख्ने काम भारतका जनता (तालुकदार), पटवारीहरु गरी रहन्छन् तर हामी नेपालीहरु त्यो साझा काम हो हामी मात्र किन गरुँ अरुले पनि गर्नु पर्छ भन्ने हाम्रा जनताको भनाई पाईन्छ भने भारतका सीमा सुरक्षा बलका जवानहरु आफ्ना प्रत्येक सीमा स्तम्भको संरक्षणमा निपुर्ण छन् ।
भारतको भूमि तर्फ नेपाली नागरिकले जग्गा जोत खेत गरेको छन् भने यो जमिन यसरी भारतको हो तिमीहरु आफ्नै तर्फ खेती लगाउ यो खेती लगाई हाल्यौ अब छोडी दिनु नलगाउनु भने पछि नेपाली जनताले इमानदारी का साथ छोडी दिनु तर हाम्रो सीमा बल तथा सुरक्षा बल आर्मी समेत सित सुरक्षाका कुनै साधन छैन । भारतिय सुरक्षा बलको सट्टा नेपालमा कुनै पनि निकायलाई सुदृढ बनाउन सकिएको छैन । गस्ती गर्न सडक छैन र दसगजा क्षेत्र सुरक्षित रहेको छ ।
भारतमा पटवारीको समेत अहम भुमिका हुन्छ । पटवारी नेपालका तालुकदार जस्तै हुन नेपालमा स्थानीय जनप्रतिनिधी १९ बर्ष सम्म छैन । भारतिय तर्फबाट सिमा अतिक्रण हटाउने को ? राजनितिको लागि अनावश्यक चाहिने भन्दा बढी सभासद्हरुको उपस्थिति रहे पनि सिमावति गाउँलेलाई अतिक्रमण रोक्ने उपायहरु सिकाउदैनन् । जब यो देशमा स्थानीय जनप्रतिनिधीहरु छैनन् भने उसको ठाँउमा कसले काम गर्ने ? राजनितिक पार्टीका कार्यकर्ताहरुलाई खासै वास्ता हुदैन । साना केहि गल्ती पाएमा होहल्ला नाराबाजी गर्ने काम मात्र गर्छन्, सर्वदलियको नाममा जे पनि गर्न पाईन्छ भन्ने घमण्डमा डुबेका ठुुला हौ भन्ने दलहरुबाट देश प्रदेशमा बद्नाम भईरहेको
छ । हरेक पार्टीहरुले सिमा नजिक रहेका जनताका स्थानिय नेता तथा कार्यकर्र्ता लाई अतिक्रमण गरेमा सकेसम्म आफैले हटाउने नसकेमा तुरुन्त सरकारमा जाहेर गर्ने र सरकारले पनि सीमा स्तम्भका नं. किटान गरी प्रत्येक सिमा सुरक्षा बलका प्रहरी जवानलाई जिम्मा लगाउनु पर्ने देखिन्छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh