ई – दिशानिर्देश

सम्पादकको कलम

२२ फाल्गुन २०७३, आईतवार
सम्पादकको कलम

सम्पादकको कलम
धार्मिक सामाजिक चाडपर्वको महत्व
वर्तमानको संसारमा कालो कानूनले जनता जेलिएका छन् । जसले कानून बनाउँछन् आफैले बनाएको कानून आफ्नो पक्षमा नरहे रातारात बदली दिन्छन् नेताहरु तर परापूर्व कालमा बनेका धार्मिक ऐन नियम निश्वार्थ थिए र आज सम्म बचेका छन् र जनताले पनि सहर्ष मानि रहेका छन् ।
हाम्रा वेद पुराणहरु मात्र होइन चाणाक्य नीतिका बचनहरुले समेत आज पनि दिशा निर्देश गरेका छन् । निराकार शिव लिङ्गको समस्त जनसमुदाय हरेक धर्मावलम्बीहरुले कुनै न कुनै रुपमा मानी आएका छन् । महाशिवरात्रीको समयमा पशुपतिनाथको मन्दिरमा विश्वभरीबाट हिन्दुहरु दर्शन गर्न आउँछन् भने देशभरीका अनेक शिव मन्दिरमा सबै जातजाति दर्शन गर्न र मेला भर्न आउँछन् । धार्मिक रुपले दर्शन गर्न आउँछन् भने अन्यको हकमा धेरै इष्टमित्र समग्रमा टाढाटाढाबाट आउने मानवहरु सित भेटघाट तथा नयाँ चिनजान भई भाईचारा मानवसंगको प्रेमको रुपमा पनि रहेको हुन्छ । आफुले खाना खाने चामल अन्य अन्न फलफूल र नगद भेटी मन्दिरमा चढाउँछन्, हामी सोचौ के नगद र अन्न भगवानले खान्छन् ? त्यो कसैलाई पनि थाहा छैन भन्नमा पाप छैन होला तर हाम्रो पौराणिक कालमा जनता समाजलाई नियन्त्रण र अनुशासित बनाई शान्ति कायम राख्न बनाएको उपलब्धीमूलक धार्मिक ऐन नियम कानून हुन् ।
केवल समाजको हितको लागि मात्र बनाएका ग्रन्थहरु आज पनि अनमोल छन् । ईसाईहरुको धर्म गुरुले पनि मानव संचालन गरी राखेका छन् भने मुस्लिम धर्म गुरुले पनि आफ्नै तरिकाको धार्मिक नियमको पालना गरेका छन् । हिन्दुहरुले मानव कल्याणको लागि संसारभरी धार्मिक प्रवचन दिदै सन्यासी सन्त महन्तहरुले गृहस्ती जीवन त्यागी मानव कल्याणको लागि भोका नाड्डा रहेर जीवन विताई रहेका छन् । ऋषिमुनिहरुका बचन पनि अनमोल छन् श्रवण गर्न सक्नुपर्छ । राजा (प्रशासक) जनता बिचको सम्बन्ध र मानव समाजमा परी आउने सुख दुःखको तथा गर्नुपर्ने दायित्व बोध गराउन समेत मर्यादा पुरुष रामले सामथ्र्य छदै दुःख र सुख भोगे । त्यस्तै धार्मिक अनुशासित पुरुषहरुको कथा होइन ऐतिहासिक धार्मिक दस्तावेज त्यस्तै श्री कृष्णबाट उपदेशमुलक गीता आज विश्वका हरेक विद्वानले अध्ययन गरी रहेका छन् । कलियुगमा २५० वर्ष पूर्व नेपालमा पृथ्वीनारायण शाहले शासक र नागरिक बिचको सम्बन्ध र कर्तव्य एकताको रुपमा अनैतिक भ्रष्ट काम गर्ने अर्थात् घुस खाने दुबैलाई शत्रु मानेका छन् । अझ उनका उपदेश अकाट्य रहेका छन् र सामाजिक हितकारी छन् भने त्यसपछि पनि हाम्रा अबुझ नेताहरुले निरंकुशको उपाधि दिएका राजा महेन्द्रले विश्वमा नेपाल चिनाई उच्च स्थान ओगटी रहेका राजा महेन्द्र द्वारा बनाएका नियम कानूनले आज सम्म पनि नेपाली जनतालाई मात्र होइन नेतालाई पनि एकताबद्ध गरेकै छ । धेरै ऐन नियम राजा महेन्द्रका पालामा निर्माण भएका ऐन कानून नै लागु रहेका छन् ।
हाम्रा धार्मिक चाडपर्वहरुको आज पनि उत्तिकै महत्व छ जति महत्व परापूर्वकालमा थियो तर वर्तमानमा नककली नेताहरुले बनाएका नक्कली ऐन नियम आज बन्द छन् र भोली खारेज हुनेछन् । ऐन कानून केवल शक्तिवालाले प्रयोग गर्ने लगाम मात्र भएको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh