२ फागुन, काठमाडौं । सरकारले एएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गरेको छ ।
सोमबार प्रधानमन्त्री प्रचण्डले पूर्व प्रतिवद्धता अनुसार खेलाडीहरुलाई जनही ३ लाख प्रदान गरेका हुन् । नेपालले सोलिडारिटी कप जिते लगतै प्रधानन्त्री प्रचण्डले खेलाडीहरुलाई जनही ३ लाख दिने घोषणा गरेका थिए ।
बालुवाटारमा आयोजित कार्यक्रममा नेपाली टोलीका कप्तान अनिल गुरुङले अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि पहल गर्न माग गरेका थिए ।
लगतै प्रधानमन्त्री प्रचण्डले यसका लागि आवश्यक पहल गर्न सम्वन्धित निकायलाई निर्देशन दिए ।