ई – दिशानिर्देश

जनताको आवाज

२२ फाल्गुन २०७३, आईतवार
जनताको आवाज

जनताको आवाज
नेपालमा किन बाग लाग्छ ?
नेपालका नेता केवल भाडावाल जस्ता देखिएका छन् । जनताको नाममा जनआन्दोलन गर्नेहरुले छिमेकी देशको सहयोग लिएर नेपाली जनतालाई मार्ने र मराउने काम अवश्य गरेका हुन् । यो देशमा राजसंस्थाले विगा¥यो भन्ने कुरा विश्व जगत्ले पनि स्वीकार्नु प¥यो, राजिव गान्धी समर्थकहरुले विगा¥यो भन्दैमा विगारेको ठहरिदैन ।
देशको लुटपाट राजसंस्था रहेको बेला भयो कि गएको बेलामा भयो । जनताका आवाज राजसंस्था रहेको बेलामा सुनिन्थ्यो कि अहिले र त्यसपछि । नेपालमा गणतन्त्र नामको संविधानको निर्माण ग¥यो जुन बदनियत पूर्वक निर्माण भएको थियो । संविधान २०७२ जसले बनायो उसैले ठीक छैन संशोधन गर्नुपर्छ भनि रहेका छन् । त्यो अपराधबाट बच्न आफुले सभासद पदबाट समेत राजीनामा दिई माओवादी पार्टी नै परित्याग गरेका छन् र हाल नयाँ पार्टी खोली संचालन गरी रहेका छन् । आफ्नो मनपर्ने संविधान बनाउनु ठीक थियो या थिएन, राजा र हिन्दु राष्ट्र जनताको माग हटाउनको रिसले संविधान बनाई देशमा आगो लगाउने काम गर्नु जायज थियो कि थिएन नाजायज संयुक्त राष्ट्र संघलाई सोधे बताई दिनेछ । हिन्दु राष्ट्र र राजसंस्थाले के बिगारेको थियो ? बलजफ्ी किन राजसंस्था र हिन्दु राष्ट्र हटाइयो । त्यसको जवाफ जनताले २०७२ असोज ३ गते नै खोजेका थिए तर उत्तर आज सम्म पनि पाएका छैनन् ।
नेपालमा आज १९ बर्ष सम्म स्थानीय निर्वाचन भएको छैन । संसदको निर्वाचन भने गराउन नसकेपनि गिरिजाको नेतृत्वमा सबै पार्टी मिलेर माग गरिएको संसद पुर्नबहाली सम्म गैरकानूनी तरिकाले राजा ज्ञानेन्द्रबाट गरायो । जुन सभाले राजसंस्थालाई हटाउने भन्ने गैरसंबैधानिक निर्णय ग¥यो त्यो दिन देखि यस देशमा राजाको ठाउँमा राजदूतावासहरुले काम गरी रहेको छ जुन काम हस्तक्षेप ठहरिन्छ त्यसबारेमा हस्तक्षेप भयो भन्दैनन् तर जुन कुराको हितैषी मित्रको नाताले भारतका नेता तथा जनताहरुबाट सुझाव आयो त्यसलाई नेपाली नेता हस्तक्षेप ठान्दछन् । यदि नेपाललाई आवश्यक पर्ने हिन्दु धर्मलाई नचलाइ दिएको भए र भारतीय हिन्दुहरुको सुझाव तथा नेपाली जनताको मागलाई इमानदारी पूर्वक मनन गरी दिएको भए आज यो स्थिति आउने थिएन । जुन संविधान विश्वमा सर्वाेत्कृष्ट छ भन्छन् त्यो नै आज देशको घातक सिद्ध हुन लागेको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh