सायद सुगौली सन्धीपछि नेपाल आमाको लागि शहीद भएका आज कोही पनि थिएनन् होला जानकारीमा छैन । तर आज कञ्चनपुर जिल्लाको पुर्नवास नगरपाकिामा आफ्नै भुमिमा कल्भर्ट निर्माण गर्दा यो क्षेत्र हाम्रो हो भनी केही भारतीय नागरिकहरुलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) द्वारा नेपालमा बन्न लागेको कलवर्डको काम
रोकाउन लगाई अन्तमा आफ्नै उपस्थितिमा होहल्ला भिडभाड गराई नेपालीलाई गोली प्रहार गरी गोविन्द गौतमलाई गोली प्रहार गरी मारेको छ ।
नेपालको भुमि हाम्रो हो भनी अगाडी अगाडी भारतीय नागरिक र उनको सुरक्षाको लागि भारतीय सीमा सुरक्षा बलका जवानहरु रहेका हुदा आड पाई उनीहरुले नेपाली जनता माथि ढुड्डा ईटा प्रहार गर्न लाग्दा आफ्ना नागरिक गोविन्द गौतम नेपालको भुमि संरक्षण गर्दा मारिएकाले उनलाई तुरुन्त शहीद घोषणा गरी आफ्नो भुमि सुरक्षित राख्न नेपाली सीमा सुरक्षा बलको तैनाथ गराई यस देशका हरेक सीमा स्तम्भहरुको बरबुझारत समेत गरी गराई देशका हरेक सीमा स्तम्भ सुरक्षित राखी नेपाली जनताको सम्पत्तिको संरक्षण हुनुपर्ने देखिन्छ । पुर्नबासको पुल कल्भर्ट बनाउनमा विवाद भएपनि सरकारबाट भारत सित कुनै वार्ता नगरेकै कारण आज नेपाल आमाको संरक्षण गर्दा एक जना देशका चौकिदार २०७३ फाल्गुन २६ गते शहीद भएका छन् । यो घटना हेर्दा सानो देखिएला तर त्यसको परिणाम ठूलो हुनेछ । फाल्गुन २६ गते भारतीय प्रहरी द्वारा नेपाल भारतको सीमा विवादमा मारिएका गोविन्द गौतमको परिवारलाई क्षतिपूर्ति भारत नेपाल दुबै देशले दिनुपर्ने, उनको श्रीमतीलाई पेन्सन भारतले दिनुपर्ने र नेपालको लागि मारिएकाले सुगौली सन्धी पछिका प्रथम शहीद घोषणा गरी त्रिभुवन बजार पुर्नबास क्षेत्रमा यी अमर शहीदको शालिक स्थापना हुनुपर्ने देखिन्छ ।