ई – दिशानिर्देश

के नेपालमा हत्या हिंसा विदेशी हस्तक्षेप बन्द होला ?

२९ फाल्गुन २०७३, आईतवार
के नेपालमा हत्या हिंसा विदेशी हस्तक्षेप बन्द होला ?

यो नेपाल हामी सबैको साझा हो । यसलाई बचाई राख्नुपर्छ । आफु मरेपनि देश बाचोस् भन्ने देशभक्ति भावना समग्र सबै नेपाली नागरिकमा हुनुपर्छ र त्यस भावनाको संरक्षण सरकारले गर्नुपर्छ ।
नेपाली नेताहरु घरभित्रका सज्जन, सबै सित लड्न भिड्न सक्छन् तर विदेशी प्रभु संग झुक्छन् । न्यायको खोजी गर्नमापछि परेका छन् । सन् १८१६ मा अंग्रेज र नेपालको बिचमा भएको सुगौली सनधीको बारेमा पनि देश भ्रमित भएको छ । सन् १९५० पूर्वका सबै सन्धी खारेज भएका हुन् भने राणा सरकारले अंग्रेज जादा नेपालको भुमि फिर्ता माग्यो या मागेन अथवा मागेर पनि दिएन त्यस कुराको जानकारी औपचारिक रुपमा नेताहरुले जनतालाई जानकारी गराउनै पर्छ । हरेक समाचार पत्रपत्रिकाले र विद्वानहरु कुरा उठाई राख्दछन् तर अन्तराष्ट्रिय अदालतमा मुद्दा पुग्दैन । हालै यहि विहिवार कञ्चनपुर जिल्लाको पुर्नवास क्षेत्रमा आफ्नो सीमाना मिच्दा रोक्न खोज्ने त्यहाका जनताको पक्षमा सरकारले जानैपर्छ । मधेशी जनतालाई विराना बनाउनु ठीक छैन । देशमा आगो लागाउने संविधान बनाउनु नै दोष थियो । त्यो संविधान प्रत्यक्ष रुपले ९० प्रतिशत जनताको सहमतिमा बनाएको भनिन्छ त्यो झुट हो किनभने मधेशी नेता जनताहरुले यो संविधानलाई स्विकार्न किन सकिरहेका छैनन् । देशमा आगो लगाउनेहरुले निभाउन पनि सक्नुपर्छ ।
जब देशका जनताले अपहेलित भएर बा“च्नुपर्छ भने हाम्रा पूर्खाहरुको समेत इज्जत जानेछ । पृथ्वीनारायण शाहको नेतृत्वमा एकिकरण भएको देशलाई विखण्डन तर्फ लैजान खोजेका प्रमाणहरु प्रशस्त छन् । नेपाल निर्माण गर्ने राजा र उनका सन्तानका शालिकहरु तोड्नु, विदेशी हस्तक्षेप सहनु कदापी ठीक छैन । आज नेपाल आमाको सीमा मिचिदा मौन रहनु, सरकारको सीमा सुरक्षा बल द्वारा सीमाको रक्षा गर्न नसक्नु, साधारण जनताले सुरक्षा गर्न खोज्दा भारतबाट मारिनु, यस्ता घटनाहरु कसरी सहन गरेको छ सरकारले ? कोठे बैठकहरुमा भएका स्वप्नामा र सत्तामा नपुग्दा विशाल नेपालको सपना देख्नेहरु सत्तामा गएपछि अन्तरािष्ट्रय जगतको न्यायकर्ता कोही भए त्यहा किन आवाज पु¥याउैनन् ? उल्टै उनीहरुकै इच्छा अनुसार राजसंस्थाको उन्मुलन गर्नु कहा“ सम्मको जायज हो ? जब नेपालमा राजाको हत्या गरी शेषपछिका राजालाई र राजसंस्थालाई निलम्बन गरी आज देशमा यस्तो घिन लाग्दो खेल किन खेलिन पुग्यो । नेपाली नेपाली बिच झगडा भारत सित मिल्न किन गए नेपाली नेताहरु ? भारत हाम्रो मित्र हो, हामी भन्छौं र जे उसले भन्यो त्यो हामी पनि गछौं, गरी रहेका छौं तैपनि नेपाल प्रतिको उसको दृष्टि किन यस्तो ? पुर्नबासमा भएको घटनाका दोषी नेपाल सरकार र भारत दुबै छन् । सरकारी स्तरमा सीमाको टुड्डो नलगाई निहत्ता जनतालाई अगाडी लगाई मेटाउनु गैरजिम्मेवार हो । यसले गर्दा अब नेपालमा शान्ति रहला भन्नमा शंका उब्जेको छ । न नेपालमा यी यस्ता नेताहरुले शान्ति गर्न नै सक्छन् न विदेशी हस्तक्षेप रोक्न नै सक्छन् । युवाहरुलाई स्वदेशमा रोजगार दिन सक्दैनन् भने सत्ता किन समात्ने फिर्ता गर्नु वेश देखिन्छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh