डडेल्धुरा जिल्लाको रुपालमा बुवा देव सिंह ठकुराठी आमा ठगु देवीको कोखबाट १९९१ साल भाद्र महिनाको पहिलो सोमबार जन्मनु भएका राम सिंह ठकुराठी सित दिशानिर्देश कञ्चन साप्ताहिकका प्रकाश समेत रहेका प्रेस प्रतिनिधि बलदेव अवस्थी सित प्रेसमा नै २०७५÷३ २७ गते भएको भेटघाटका केही अंशहरु ः
• तपाई पहिलो पटक महेन्द्रनगर कहिले आउनु भएको थियो ?
मधेशमा चरन चराउन गाईभैसी ल्याएर तथा टनकपुर ब्रहमदेव मण्डीबाट नून र अरु सामान खरिद गर्न २००९÷०१० सालदेखि आउने जाने गर्दै थियौं, त्यसरी हामी २०१९ सालसम्म पनि निरन्तर आउदै गर्यौं ।
• बसाई सरी कहिले आउनुभएको हो ?
व्यापार प्रयोजनको काम गर्न २०२४ सालमा महेन्द्रनगर आयौ त्यसबेला जग्गा सस्तो थियो गोवरैयामा दर्ता जग्गा किनी बसेका हौं ।
• तपाई आजसम्म पनि धार्मिक सामाजिक काममा नै हुनुहुन्छ, त्यसतर्फ कहिलेदेखि लाग्नुभएको हो ?
म रपाल छदै विद्यालय सुधारको काममा लागेको हुँ । असिग्राम देवल मावि रुपाललाई उमावि बनाउने कामको पनि पहल गरेको हुँ ।
• नेपाललाई हिन्दु राष्ट्रबाट हटाएको के भन्नुहुन्छ ?
साह्रै दुःखी छुँ, नेपालले सर्वस्व गुमायो भन्ने लागेको छ ।
• महेन्द्रनगरलाई भीमदत्त बनाएकोमा तपाईको के राय छ ?
इतिहास राम्रो होस् या नराम्रो होस मेटाउनु हुदैन । जनमत नलिएर यस्ता काम गर्नु हुदैन, साह्रै चित्त दुखेको छ के गरौं ?
ड्डशिवधामको कहिले स्थापना भएको
रहेछ यस बारेमा केही जानकारी छ कि ?
शिवधामको बारेमा खासै जानकारी छैन । यसको महिना अपरम्पार छ ।
• अन्तमा नेपाली जनतालाई के भन्नु हुन्छ ?
देशमा एकता नभए विकास हुदैन, एकतालाई नेपालले परापुर्वकालदेखि अवलम्बन गरेको धर्म संस्कृति जिवित राखी नेपालीहरुको एकताका प्रतिक राजसंस्थाको पुनरबहाली हुनुपर्छ । विश्वका धेरै राष्ट्रहरु राजसंस्था नहुँदा संकटमा परेकाले राजसंस्थाको पुनः स्थापना गरेका छन् । उदाहरणको लागि ब्रिटिसको राजसंस्था हेर्नुहोस् । त्यस्तै अरु राष्ट्रहरु पनि छन् राजसंस्था मासेर नेपालमा एकता हुदैन, एकता नभए शान्ति हुदैन, शान्ति नभएर विकास हुदैन, विकास नभए नेपाली युवा युवती पथभ्रमित भएका छन् । आफ्नो देशमा पढ्न र
रोजगारी गर्न नपाई विदेशीएका छन् । राम्रो दिमाग र इमान भएका युवा विदेश जाँदा दुःख लागेको छ । स्वदेशमा रोजगारीको व्यवस्था मिलाई हाम्रा छोरा नाति, छोरी बुहारीहरुलाई विदेशबाट स्वदेश ल्याउनुपर्छ । आफ्ना् सनातन कुल धर्म नछोडी एकताको सुत्रपात गर्नुपर्छ भनेर भन्न चाहन्छु ।