ई – दिशानिर्देश

तिकंर सडक निर्माणको काम सेनालाई दिनुपर्ने : सासंद ठगुन्ना

११ कार्तिक २०७५, आईतवार
तिकंर सडक निर्माणको काम सेनालाई दिनुपर्ने : सासंद ठगुन्ना

दिशानिर्देश समाचार
दार्चुला, १० कार्तिक
तिकंर सडक निर्माण सन्तोषजनक रुपमा अगाडी बढ्न नसकेको पाइएको सासंद गणेश सिंह ठगुन्नाले बताए । आयोजनाले ठेक्का मार्फत सञ्चालन गरेको सडक निर्माण कार्य बर्षौदेखी सन्तोषजनक गतिमा अगाडी बढ्न नसकेको बताउँदै सासंद ठगुन्नाले तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिन पहल गर्ने बताए । विष्फोटक पदार्थ आएपनि सडकको स्थितीमा सुधार आएको छैन् उनले भने । यो सडक अब सेनलाई दिन प्रयत्न
गर्छौ । प्रतिनिधिसभा सासंद एवं नेकपाका केन्द्रीय सदस्य गणेश सिह ठगुन्ना, सुदुरपश्चिम प्रदेश सभा सदस्य द्वय मानबहादुर धामी र गेल्बु सिंह बोहरा नेतृत्वको टोलीले बांगाबगड स्थित महाकाली तटबन्ध र तिंकर सडक खण्डको राताकाठा क्षेत्रको अनुगमन निरिक्षण गर्नुभएको छ ।
दुहु गाउँपालिकाको विकासका लागि गाउँपालिका बासीकोतर्फबाट नेपाल कम्युनिष्ट पार्टी दुहु गाउँपालिका कमिटिले दार्चुला जिल्लाबाट निर्बाचित प्रदेश तथा प्रतिनिधिसभा सासंदहरु समक्ष आधादर्जन बढि मागहरु राखेका छन् । दशै तिहारको अवसर पारी नेपाल कम्युनष्टि पार्टीबाट निर्वाचित सासंदहरु जनता भेटघाट तथा शुभकामना आदानप्रदानमा दुहुँ पुगेको बेला स्थानीयले मागको पोको राखेका हुन् ।
दुहुबासीले आर्थिक, समाजिक, शैक्षिक, स्वास्थ्यलगायत आधारभूत पुर्बाधार निर्माण क्षेत्रका आधादर्जन बढि मागहरु राखेका हुन् । सासंदहरुलाइ एक्बुलेन्स सेवा सञ्चालन गर्न, ब्रह्मदह, शिद्धटोपी र ब्रह्म मन्दिर हिकिलालाइ धार्मिक तथा पर्यटकीय स्थल घोषणा गराउनुको साथै बृहत बृक्षारोपण कार्यक्रम सञ्चालन गर्न माग राखिएको छ । यस्तै ब्रह्म मन्दिर पुर्ननिर्माणमा सहयोग गर्न, दार्चुला तिकंर सडकको स्तरोन्नती गराउन र प्राबिधिक तथा ब्यबसायिक शिक्षाका लागि पहल गरीदिन आग्रह गरीएको ज्ञापनपत्र मार्फत जानकारी गराइएको छ ।
प्रदेश सभा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद गेल्बुसिह बोहराले दुहुँ क्षेत्रको विकासको लागि प्रदेश सरकारबाट यसैबर्ष सुविधा सम्पन्न एम्बुलेन्स प्राप्त हुने एम्बुलेन्स दुहु गाउँपालिकालाइ हस्तान्तरण गर्ने बताएका छन् । भर्खर भर्खर सडक सञ्जालमा जोडिएको दुहुँ गाउँँपालिकालाई एम्बुलेन्स पठाइदिन्छु सांसद बोहराको घोषणा थियो । यस्तै ब्रह्म मन्दिर निर्माणका लागि प्रदेश सरकारबाट ६ लाख ५० हजार रुपैया बिनियोजन भएको जानकारी गराउँदै सासंद बोहराले पर्यटकिय क्षेत्रको बिकासकालागि थप पहल गर्ने आश्वासन दिनुभयो ।
भेटको क्रममा योजना बिनियोजन तथा कार्यान्वयनमा गाउँपालिकाबाट बिभेद भएको र आर्थिक अनियमितता समेत भइरहेको गुनासाहरु स्थानीयले सांसदहरु समक्ष राखेका छन् । नेपाली काग्रेसले विजयी भएका दुहुँ गाउँपालिकामा नेकपाका कार्यकर्तामाथि विभेद भएको उनीहरुको गुनासो छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh