ई – दिशानिर्देश

भेटवार्ता

९ मंसिर २०७५, आईतवार
भेटवार्ता

बैतडी जिल्लाको बिगट गा“उ भटना गाउपालिका हाल पुर्चौडी नगरपालिका वडा नं. ४ चनकिल्लीमा बुवा अज्जो बोहरा आमा नखरी बोहराको कोखबाट २००५ साल चैत्र महिनामा जन्मनु भएका आफ्नो जिवनको सम्पुर्ण भाग समाजसेवामा समर्पित गर्नु भएका धन बहादुर बोहरासंग दिशानिर्देश कंचन साप्ताहिकका सम्पादक बलदेब अबस्थिसंग यहि मंसिर ५ गते पुर्चौडी हाटको बडचौरमा भएको भेटवार्ताको प्रमुख अंश:

तपाइको राजनीतिक अभ्यासको बारेमा म के भन्न चहान्छु भने जीवन भर गाउ स्तरिय राजनीतिमा पंचायतकालदेखि जनताले तपाईलाई आफ्नो प्रतिनिधि बनायो, तपाईले समाज समाजलाई के दिनु भयो ?

–समाजलाई मैले मेरो जीवन नै समर्पित गरे गाउँको अबस्था नाजुक शिक्षाको अभावले गर्दा पनि बेरोजगारीको समस्या हात मुख जोड्न समेत कठिन देखेर जनताको लागि म केही गर्छु भन्ने भावना बोकी मैले गाउँ जिल्ला बाहिर गएर ब्यक्तीगत रोजगारी नगरी गाउको उत्थानको लागि समर्पित रहेकै हुनाले हमेसा त्यतिबेलाको प्रधान पञ्च र त्यसपछि लगातार गाउ बिकासको अध्यक्षमा जनताबाट मनोनित भई
रहेको थिए ।
तपाई केन्द्रिय राजनीतिमा नपुग्नुको कारण के थियो ?

–छोटकरीमा भन्नुपर्दा पंचायत कालमा केन्द्रिय सभासदका सिट १–२ मात्र रहेकाले तथा राजनीति पुराना खेलाडीहरुको अदृश्य चंगुलमा फस्न गएकोले मात्र माथिल्लो तहमा पुग्न पाएन ।

नेपालमा हालसम्मका संविधानहरुमा तपाईलाई मनपररेको र जनभावना समेटिएको संविधान कुन थियो ?

– आज सम्मका संविधानमा बोलिएका सबै कुरा ठीक छन् थिए । पंचायतको संविधान तथा २०४७ को संविधान विश्वमा सबै भन्दा राम्रो छ भन्दथे तर व्यवहारमा कुनै पनि संविधानको पालना कही कतै भएन टिकेन जनतामा खलबली आउदै रहेको छ ।

वर्तमान २०७२ को संविधान के जनताको जनमत लिएर बनाएको हो त ?

–जनताले संविधान निर्माण गर्न संविधान सभाका सदस्यहरुलाई आफ्नो बारेसको रुपमा पठायो तर बारेसहरुले जनतालाई धोका दियो जनताका भावनाको कदर भएन । नाम मात्र जनताको राखी संविधानको निर्माण गर्दा केबल ५–७ पार्टी प्रमुख अर्थात् दिल्ली सम्झौताका १२ बुँदे निर्माताहरुले बनाएको २०७५ हो ।

जनतालाई सुझाव देउ भनेका थिए जनताले सुझाब नदिएका हुन वा के हो ?

–आफुले चाहेका सुझावहरु जती समाबेश गरेको हो आर्य खस समावेसिता दलित समावेशिताको नाममा जनतालाई अल्मल्याउने गरी निर्माण गरेका जनताका भावना समेट्नमा सफल रहेन भन्ने प्रमाण खोज्दा देशभरीका जनताले नेपाललाई हिन्दुराष्ट्र नै रहोस भन्ने सुझाब दिएका थिए तर धर्मको बारेमा केही नबोले पनि हुने थियो तर बिदेशीको इसरामा संविधानमा धर्मनिरपेक्षता भन्ने खुसाईयो जबकी निर्माणकर्ताहरुले नै त्यस बारे थाहा छ कसरी खुस्यो भन्ने कुरा गरेका थिए ।

पहाडी जिल्लाहरु विकट र भौगोलिकबाट तराईका जिल्लाहरुमा ठुला छन तर जनप्रतिनिधिको संख्या न्युन हुनु तराईमा बढी राख्नुमा के भन्न चाहानुहुन्छ ?

–यो पहाडी भूभागलाई अल्पमतमा पारी देशलाई विखण्डन पार्ने विदेशी षडयन्त्रको उपलब्धी हो भन्ने लाग्दछ किन भने बढी मानिस अर्थात जनसंख्याको नाममा बढी सिट राख्नु नै देशमा संकट उत्पन्न गर्नु हो त्यसको जिम्मेवारी पहाडी मूलका नेताहरुले लिनु पर्छ ।

तपाईको जीवनमा पुर्चौडीमा नै वित्यो, पुर्चौडी नगरपालिकाको विकासको लागी के भन्न चाहनुहुन्छ ?

–पुर्चौडी नगरपालिका क्षेत्रको पुर्ण विकासको लागि म के भन्न चाहान्छु भने सर्वप्रथम यस क्षेत्रका सबै वडाका जनताहरुको सुझाब सल्लाहमा तथा योजनाकारहरुको सल्लाहमा गुरुयोजनाको निर्माण गरी यस अनुरुप जान सकेमा मात्र यस क्षेत्रको विकास सम्भव छ, अन्यथा पुर्ण विकास सम्भव छैन ।

अन्तमा यहाका जनतालाई तपाई दिशानिर्देश कंचन सप्ताहिक मार्फत के भन्न चाहानुहुन्छ ?

–यहाका जनताले आजसम्म स्वतन्त्रता महसुस गर्न पाएका छैनन त्यो मैले पनि बुझेको छु । जनताको स्वतन्त्रताको लागि जीवनभर लागि रहनेछु जनताला धैर्य भई रहनका साथै आफ्ना सुझाब सल्लाह लिखित मौखिक नगरपालिकामा राख्न समेत अनुरोध गर्दछु ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh