ई – दिशानिर्देश

भेटवार्ता

२३ मंसिर २०७५, आईतवार
भेटवार्ता

बैतडी जिल्लाको विकट पुर्चौडी कुवाकोट गाउ पंचायत, गाउ विकास समिति हुदै वर्तमानको प्रशासनिक संरचनामा पुर्चौडी नगरपािलका हाटको कुवाकोटमा २०२८ साल पुस १३ गते बुवा हर्क बहादुर कु“वर, आमा स्व. पारवती कु“वरको कोखबाट जन्मनु भएका नरेन्द्र कुवर (विजयसुन्दर) नेकपाका केन्द्रिय सदस्य एवं पुर्व सभासद सित यहि मंसिरको पहिलो साता पुर्नौडीहाटको बडचौर (हाल बसन्तपुरमा) दिशानिर्देश कंचन साप्ताहिकका प्रकाशक प्रेस प्रतिनिधि बलदेव अवस्थी सित भएको भेटघाटका केही अंश :

तपाईको बाल्यकाल कसरी वित्यो ?
– बाल्यकाल अत्यन्त राम्रो रह्यो, बुवा समाजसेवी भएकाले सानैदेखि आमा बुवा तथा गाउँबाट समेत प्यार पाएको थिए ।
बुवाले के काम गर्नुहुन्थ्यो ?
–मेरा बुवा २०१८ सालदेखि गाउँ पंचायतको प्रतिनिधित्वमा कहिले प्रधानपंच त कहिले उपप्रधान पंच भएर गाउँका जनताको सेवा गर्नु हुन्थ्यो ।

तपाई राजनीतिमा कसरी लाग्नुभयो ?
–म बुवासँगै गाउँमा पनि जाने गर्थे उहाँको मानमर्यादा देखेर म पनि त्यही लाईनमा जाने मन गर्थे र म बुवाबाट नै राजनीतिमा आकर्षण भएको हु । २०४६ सालको आन्दोलनमा बुवा पंचायतलाई नै निरन्तरता दिन चाहन्थे भने मैले भने कमरेड गंगा पौडेलसँग पुर्चौडीमा नै संगठन विस्तार गर्ने क्रममा भेटभयो र म पनि बाम समर्थक नै भएकोले संगठन विस्तारमा सहभागी भएको थिए ।

तपाईको पढाई कहाँसम्म पुग्यो र कुन ठाउँमा अध्ययन गर्नुभयो ?
–मा.वि. तहलसम्म डिलेश्वरी हाईस्कुल पुर्चौडीहाटमा तथा उच्च शिक्षा काठमाडौंमा प्राप्त गरेको हु ।

तपाई पनि २०५२ देखि भूमिगत हुनुभयो भूमिगत हुने प्रेरणा र शाहस कसरी प्राप्त भयो ?
– २०४७ पछि पनि अन्याय अत्याचारको बढोत्तरी भयो देशमा हैकमवाद चल्यो प्रजातन्त्रको खिल्ली उडायो देश अन्यायको घेरामा पर्यो । देशमा अस्थिरता उत्पन्न भयो । २०४६ सालपछि पनि देशले खासै उपलब्धी नगरेर झन विकृति आयो त्यसैलाई तोडी समाजलाई माथि उठाउने प्रयास गरी देशलाई समृद्ध बनाउनको लागि अन्तिम शसस्त्र आन्दोलन गर्न शाहसपुर्वक भूमिगत भई माओवादीको नीति अनुरुप संघर्षमा सहभागी भई सर्वप्रथम पुर्चौडी बुगल क्षेत्रको एरियामा कमाण्डार भई काम गरेको थिए ।

भूमिगतमा जादा तपाईका आमा बुवाको धारणा के थियो ?
–आमाको ममता त अपार हुने नै भयो म भन्दथे आमा म पनि हाम्री आमाको स्वाभिमान बचाउन जादैछु भनेर सम्झाउदा मान्दथिन तर बुवाको हकमा भने मैले जति निडर भई राजनीतिमा सक्रिय भए त्यति खुसी हुनु हुन्थ्यो । आमा बुवाकै आशिर्वादले म पनि यहाँसम्म सफल भएको छु । हाम्रो लक्ष्य पनि सफल भयो अव सबैले सकारात्मक सोच राखी देशको प्रगतिमा साथ दिनु पर्दछ । सबैले कर्मनिष्ट भै काम गर्नु पर्दछ । कर्मनिष्ट नभएर कम्यूनिष्ट भएर मात्र देश माथिल्लो स्तरमा पुग्न सक्दैन ।

भूमिगतका क्षण विताएको पुर्चौडीको विकासको बारेमा के सोच्नु भएको छ ?
– केन्द्र र प्रदेश सित सहभागिता जनाई सर्वप्रथम सडकमा प्राथमिकता दिएका छौं । पुर्चौडीलाई बैकल्पिक छोटो राजमार्गद्वारा प्रवेश राजधानीलाई जोड्ने र त्यसपछि उच्च पहाडी राजमार्ग वित्थड–कुवाकोट, कोटपेटरा, धौलकाडा खण्डेश्वरी दार्चुला र बझाङ जोड्ने कार्यक्रम राखेका छौं भने कृषि तर्फ कृषि विज्ञहरुको सुझावमा काम गरी कृषकहरुलाई तालिम कृषिजन्य बीउ विजन नयाँ प्राविधि सुख्खा मेवा तथा फलफुलले हराभरा गर्ने उन्नत विरुवा विउ मात्र हैन कृषि विज्ञहरुद्वारा उपयुक्त ठाउँको छनोट गराई कृषकहरुको जीवनस्तरमा सुधार लयाउने छौ ।

अन्तमा यहाँका जनतालाई के भन्न चहानुहुन्छ ?
–यो क्षेत्रका जनता जनप्रतिनिधि कर्मचारीले आत्म गौरवका साथ यहाँको जीवन स्तर उकास्न कर्मनिष्ट भई काम गरौं कम्युनिष्ट मात्र भएर उन्नति हुदैन त्यसैले आफ्–आफ्नो क्षेत्रमा इमान्दारीका साथ कर्मनिष्ट भई काम गरौं हामी अग्रपंक्तिमा पुग्ने छौ पनि भन्न चाहन्छु ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh