ई – दिशानिर्देश

हिन्दु राष्ट्र तथा राजसंस्थामा खेलवाड गर्नु विनाशजनक !

५ चैत्र २०७३, शनिबार
हिन्दु राष्ट्र तथा  राजसंस्थामा खेलवाड गर्नु विनाशजनक !

हिन्दु राष्ट्र र राजतन्त्रकै नारा बोकी संविधान सभाको निर्वाचनमा उम्मेदवारी दिई चुनाव लडेको राप्रपा नेपालले आशा गरे भन्दा बढी मत पाएको थियो । त्यस बेलाको नारामा कहीकतैबाट रोकटोक भएन । जब राप्रपा र राप्रपा नेपालको एकिकरण भयो त्यसपछि निर्वाचन आयोग तथा वर्तमानको सरकारले डराउनु पर्दैन । सबै यस देशका जिम्मेवार नागरिक हुन् । निर्वाचन आयोगले प्रजातन्त्रमा रोक लगाउनु पर्ने प्राकृतिक नियम कानून छैन । त्यस्तो तानाशाह रुपबाट जनचाहनामा लात मार्नु ठीक छैन, पछि पछुताउनु नपर्ने ग्यारेन्टी छैन ।
धर्म र राजतन्त्र बन्दुक तथा गोलाबारुद्धको बलबाट हटाएको हो जनतम जनभावनाले होइन । यदि जनताका भावनाको कदर गर्ने होइन भने चुनाव पनि किन गर्नुप¥यो । त्यस्तै बन्दुक बमको त्रास द्वारा जे मन लाग्यो त्यो गरेमा भइ हाल्यो नि । जनताको नाममा किन लुट मचाउने !
स्मरण रहोस् २०४७ को संविधान अनुसार माओवादी पार्टी दर्ता गर्न निर्वाचन आयोग र सरकारले नदिएको हुदा २०५२ देखि २०६२÷६३ को घटना घट्यो र माओवादीले सशस्त्र क्रान्ति गर्नुप¥यो भने अब हिन्दु धर्म र राजसंस्थाको बारेमा कुरा गर्न पाउने होइन भने हामीलाई किन चुनावमा धकेल्ने ? यदि जनताका माग इच्छाको कदर हुने होइन भने २०४७ को घटना नदोहोरिएला भन्न सकिदैन । प्रजातन्तको आधुनिक युगमा सबैको आ–आफ्नो अस्तित्व अलग अलग रहन्छ, स्वीकार गर्न सक्नु बुद्धिमानी हुनेछ, होइन भने जनमत संग्रहमा गए हुन्छ ।
निर्वाचन आयोगले २०४७ सालको संविधान बमोजिम पार्टी दर्ता गर्दा माओवादी पार्टीलाई दर्ता गर्न नदिदा देशभर हत्या हिंसा गरेपछि स्वतः देशको प्रमुख पार्टी बन्न पुग्यो भने आज राप्रपा का उद्देश्यहरु हिन्दु राष्ट्र र राजसंस्था हटाएमा त्यस्तो नहोला भन्ने ग्यारेन्टी छैन । तसर्थ निर्वाचन आयोगले सीमा भित्र रहेर मात्र आफ्नो काम गर्नुपर्ने देखिन्छ । हो हुन त जनता जे आफ्नो नेताले भन्यो त्यही मान्दछन् तैपनि एकै नेताका सबै जनता छैनन् यो कुरा तर्फ विशेष ध्यान दिनुपर्छ । भन्न नचाहेपनि हरेक नेपालीलाई थाहा छ मेरो नेताले यो बदमासी गरेको छ भन्ने, यो कुराले प्रत्येक नेपालीको मन रोएको छ, मुटु दुखेको छ । जनताका भावनाको कद। भएको छैन यदि सत्तामा जानलाई मात्र जनताका मत चाहिने हुन् भने यो निर्लज्जता नेताहरुले छोडिदिनु वेश हुनेछ । आज यो देश स्वतन्त्र नै रहेको छ तर नेताहरुले स्वतन्त रहन सकेको छैन । नेताहरु माथिको खिचातानी वैदेशिक हस्तक्षेपको मुकावाला गर्न नसक्ने निरीह नेताहरुले नेपालीको मन मष्तिस्क दुखाएको छ । आज नेपालीहरु स्वाभिमानी छन् ती स्वाभिमानलाई नष्ट पार्नमा नेताहरु लागि परेका छन् । जसरी महमा विष हालेर बालकलाई खुवाउ“दा उसले मान्दैन तर जीवन जान्छ त्यस्तै भएको छ आज । नेपाली जनतालाई विषरुपी मह नेताहरुले खुवाई रहेका छन् । जनताले होसियार रहनुपर्ने अवस्था आएको छ ।
आज ब्रिटिश सितको दौत्य सम्बन्ध कायम भएको २ सय वर्ष पुगेको छ । त्यसको उपलक्ष्यमा अंग्रेजले नेपाललाई सम्मानपूर्वक हेरेको छ । ऊ हाम्रो शत्रु थियो आज मित्र भएको छ । तर, हामी नेपाली नेपाली बिचको शत्रुता गृह युद्धमा नेताहरुले नधकेलुन यही हाम्रो आग्रह रहेको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh