ई – दिशानिर्देश

प्रदेश स्तरीय मेयर कप सुरु

२१ बैशाख २०७६, शनिबार
प्रदेश स्तरीय मेयर कप सुरु

दिशानिर्देश समाचार
महेन्द्रनगर, २१ बैशाख
कञ्चनपुरको खुलामञ्चमा सुदूरपश्चिमाञ्चल प्रदेश स्तरीय दोस्रो मेयर कप पुरुष खुला प्रतियोगिता सुरु भएको छ । शुक्रबार भीमदत्त नगरपालिकाको आयोजनामा प्रदेश स्तरीय दोस्रो मेयर कप पुरुष खुला प्रतियोगिता सुरु भएको हो । १५ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले गरेका हुन् । प्रथम हुने टिमलाई नगद एक लाख, ११ हजार १११, द्वितीय, टिमलाई ७५ हजार, १११ र तृतीय टिमलाई ५१ हजार १११ रुपैया सहित मेडल प्रदान गरिने छ । यस्तै सर्बोत्कृष्ठ खेलाडीलाई १० र उत्कृष्ठ २ खेलाडीलाई ५÷५ हजार रुपैया पुरस्कार प्रदान गरिने छ ।
यस्तै उद्घाटन समारोहमा ८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण, रजत, कास्य पदक ल्याउने खेलाडीलाई पुरस्कार तथा सम्मान समेत गरेको छ । भीमदत्त नगरपालिका क्षेत्रका १९ स्र्वण, ५ रजत र २९ कास्य पदक ल्याउने खेलाडीलाई नगद सहित पुरस्कारका साथै सम्मान गरेको छ । स्वर्ण पदक ल्याउने जनही ५, रगत ३ र कास्य पदक ल्याउने खेलाडीलाई २ हजारका दरले प्रदान गरेको छ । यस्तै स्वर्ण तर्फ १० र कास्य तर्फ ६ प्रशिक्षणकलाई समेत पुरस्कार प्रदान गरिनेछ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शेर बहादुर चन्दलाई समेत कञ्चनपुरको खेल क्षेत्रको विकासका लागि योगदान पु¥याए बाफत नगद ५हजार, ५ सय पुरस्कारका साथै सम्मान गरिनेछ ।
भलिबलका राष्ट्रिय प्रशिक्षक जगदिश प्रशाद भट्टले भीमदत्त नगरले आयोजना गरेको प्रतियोगिताबाट भलिबल क्षेत्रको विकास हुने बताउदै राशी बृद्धि हुनेमा जोडदिए । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले खेललाई राष्ट्रिय पहिचान गराउन र पुर्वाधारका साथै खेल क्षेत्रकको विकास गरिने बताए ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh