आज संसारभरी आ–आफ्नो धर्मलाई शासन दर्शनका रुपमा लिई रहेका छन् र त्यसमा नेपाल पनि पछि परेन । पौराणिक कालमा ऐन नियम अलिखित शन्त, महन्त, ऋषिमुनीहरुका बोली बचन नै अलिखित नियम कानून मानि आएका थिए । चाणाक्य नीति धार्मिक नीति नै थियो । त्यस भन्दा पूर्वको युग श्रीकृष्णको युग होस् वा श्री रामको, ती युगहरुमा भारतवर्षभरी धार्मिक रुपबाट चलेको देखिन्छ । त्यतिबेला देखि चलिआएको धार्मिक नियम आजपनि हामी मान्न बाध्य छौं । आजको परिपेक्ष्यमा सोझै वर्तमानको समाजलाई मन नपर्ला तैपनि सबैले मानि आएका छन् । अचेल त्यो धार्मिक शासनलाई प्रत्येकले आफ्नै तरिकाले मानि रहेका छन् । हिन्दु धर्मरुपी निर्देशन नीतिले धेरै आपराधिक काम गर्नबाट हिन्दु धर्मावलम्बी बचेका छन् । श्री कृष्णका वाणी निर्देशन गीता मार्फत् प्रकाशमा आयो । आज गीताको व्याख्या विश्वभरीका जनता विद्वानहरुले आफ्नै शैलीमा गरेका छन् । महान व्यक्तिको महान ग्रन्थको रुपमा पश्चिमी राष्ट्रहरुले लिई रहेका छन् । मुस्लिमहरु तीर्थको रुपमा हज गर्न मक्का मदिनामा रहेको मस्जिदमा परमेश्वरको दर्शन गर्न जान्छन् भने हिन्दुहरुका प्रमुख तीर्थस्थल गया, बद्रीनाथ, केदारनाथ, पशुपतिनाथ, हरिद्वार प्रमुख तीर्थस्थल भएपनि दक्षिण भारत लगायत विभिन्न जिल्लाहरुमा हिन्दुहरुका तीर्थस्थल छन् । यी स्थानहरु नेपाल भारत दुबै देशमा पर्छन् तर राज नीतिको झैं धर्मको सीमा हुदैन । आज करोडौं हिन्दुहरु नै देखिन्छन् ।