समय बलवान छ आजको प्रियजन भोली अप्रिय हुदो रहेछ । म त्यो कुरा सम्झन्छु जव सिता रामको गाढा प्रेम थियो अन्तमा समय वित्दै गयो केही हरायो श्रीराम चरित्र मानसमा एक चौपाय याद आयो जो यस्तो छ ः
प्रियसीय रामकहा“ तुम्हरानी रहा प्रथम अव ते दिन विते ।
समउ फिरे रिपु होही पितते ।।
हे रानी १ तिमीले भन्यौकि सिताराम मेरा प्रिय छन र रामका तिमी प्रिय हौं, त्यो साचो
हो । तर त्यो कुरा पहिले थियो अव ति दिनहरु वितिसके । समय बदलिएपछि मित्र पनि सत्रु भई दिन्छ । यस्तै कुरा समेत गर्न र भेटघाट गर्न बैतडी जिल्लाको पुर्चौडी साविक विजयपुर गाउ“ पंचायत साङडी नैर निवासी बुवा विरसिंह र आमा परुलीको कोखबाट १९९५७/२५ मा जन्मनु भएका भगिरथ अवस्थी सित हाल उनकै निवास साविक महेन्द्रनगर नगरपालिका वा.नं. १९ बागफा“टामा गई यही बैशाख १८ गते दिशानिर्देश कञ्चन साप्ताहिकका प्रमुख सम्पादक तथा प्रकाशक बलदेव अवस्थी सितको भेटघाटमा भएका भेटवार्ताका केही अंश
तपाईको बालकाल कस्तो रह्यो ?
–बालकालको कुरा गर्दा मलाई त्यो बेला भएको आभास केही थाहा छैन म सानो छदा मेरो छिमेकी गाउँ गोरा गाउँका २÷३ जना बझाङको स्कुलमा पढन जान्छन् भन्न सुनेको थिए मेरो पनि पढ्ने मन जागेर आयो म १२ वर्षको थिए, पुर्चौडीहाटमा पनि डम्बर बहादुर बमले स्कुल खोलेका छन भन्ने कुरा सुनेको थिए तर स्कुल जान भने सकेन । घरधन्दामा नै मेरो बालकाल पुरा भयो मैले नपढे पनि म ३ भाईमा जेठो भएकोले पछि मेरा कान्छो भाई नारद अवस्थीलाई पढाउने मन लाग्यो र पुर्चौडीको डिलेश्वर आधार हाईस्कुलमा पढन पठायौ बुवा सिधासाधा थिए भाई नारदको डेरामा सामल बोकी पुर्याई दिन्थे भाईले पढ्ने मौका पायो र म खुसी रहे । विरगन्जबाट आईएड गरेपछि खेती मा.वि.मा शिक्षक भएर रहे अन्तमा खेती मा.वि.बाट नै पेन्सनमा घर आयो । एक वर्षसम्म पेन्सन खायो र एक्कासी महेन्द्रनगरको अस्पतालमा नै मृत्युभयो म हर तरहले दुःखित रहेको छु ।
वर्तमानको अवस्था कस्तो छ ?
– मेरा २ वटा श्रीमतीहरुको मृत्यु भयो अन्तीम विहाबाट २ छोरा जन्मेका थिए । बुढेसकालमा जन्मिए पनि सरकारी नोकरीमा पनि लागेकाले सन्तोश भएको छु, मेरो शरिरको मात्र दुःख छ अरु केही दुःख छैन खुसी छु ।
बैतडीबाट कञ्चनपुरमा कहिले र किन बसाई सरेर आउनुभयो ?
–म २०३७ सालमा हिरापुरामा एक विवाह जग्गा खरिद गरी बसोबास गरेको हुँ । पहाडमा भाइमा कान्छो नारदको पनि रोजगारी भएको साहिलो नने पनि खेतीपाती सबै काममा निपुर्ण मैले पहाडमा काम गर्न कठिन ठाने र म तराईतर्फ आएको हुँ । म तथा मेरो साथमा मेरै नजिकको भाई धर्मानन्द, नरीभान अवस्थी समेतका ३÷४ परिवार र केही विष्ट परिवार समेत हिरापुरमा बसेका हौं पछि त्यहाँ आरक्ष विस्तार हुँदा बागफाँटामा सट्टा पट्टा भई बसेका छौं ।
ड्ड तपाईले तराई आउँदाको तराई महेन्द्रनगर र हिरापुरको अवस्था कस्तो थियो ?
–महेन्द्रनगरबाट पाटनसम्म हवाई जहाज जान्थ्यो रु १०० टिकट थियो सडकहरु धनगढी र महेन्द्रनगरबाट बैतडी, बझाङ, दार्चुलाको लागी कच्ची सडक निर्माणाधीन थिए आज सबै सडक पक्का भएका छन । तराईमा बजार बाहेक कही पक्की घर थिएन आज कही कच्ची घर छैन पक्की मात्र छन् । तर मानव स्वभाव भने कच्ची भएको छ कसैको केही भरोसा छैन ।
पहिलोको मानव समाज र आजको समाजमा के फरक छ ?
–भाई धेरै फरक भईसक्यो आजको समाज स्वार्थी छ पहिलेको समाज अपवाद बाहेक दयालु थियो, पंचायतको बेला प्रधानपंचले केही अन्यायजक काम गरेमा अञ्चलाधीश सित भनिदिन्छु मात्र भने पनि जनप्रतिनिधि डराउने आज त्यो अवस्था रहेन । अन्य सामाजिक कुरा गर्दा मित्रहरु जनसमाजमा भाईहरुको समेत सत्रुको रुप लिने गरेको कुरा सुनिन्छन, पहिले छोराहरुको लागी बरदान माग्न जान्थे आज बाबुले छोरा र छोराले बाबुको हत्या गरेका समाचार सुन्नमा आउँछन । दाजुभाई इष्टमित्रमा अधिकांश स्वार्थको बसमा गएका छन । हिजो के गर्यो के योगदान थियो हेर्दैनन् जसको ठाउँमा अपजस मात्र दिने गरेका छन् ।
अवको पिडीलाई केही भन्ने चाहना छ ?
–चहना धेरै थिए घरबार नै समाज बन्दछ घरमुलीले आफ्नो परिवारलाई निस्वार्थ भावनाले सही साँचो कुरा बाहेक अन्य स्वार्थी अनमेल मन नपरेकाले झुटा कुराहरु आफ्ना छोराबुहारी विश्वासमा परेका जो कोही सित पनि नगर्नु छोराहरु त केवल अपुताली मात्र खाने हुन जीवनमा लामो समयसम्म सँगै बसी एक अर्काको पिरमार्का बुझ्ने दाजुभाई मात्र भएको कुरामा मनन् गर्नुपर्छ देउरानी जेठानी तथा बुहारीहरुले त पछि प्रवेश गरेका हुन यिनीहरु त केवल साझेदारी मात्र आफूलाई सोच्न सक्छन जस्तो व्यवहार गर्न आमाबुवा सिकाउँछन छोराछोरी बुहारीहरु उस्तै गर्ने हुन त्यस कारण ठूलो नोक्सानी खतरा हुने कुरा बाहेक परिवारमा फुट पर्ने कुरा नसिकाउनु बरु मन नपरेको कुरा आफै बसेर गर्नु भन्न चाहन्छु ।