ई – दिशानिर्देश

नेपालका सत्रु नेपाली बुद्धिजीवी हुन कि हैनन् ?

२५ जेष्ठ २०७७, आईतवार
नेपालका सत्रु नेपाली बुद्धिजीवी हुन कि हैनन् ?

नेपालका इमान्दार जनतालाई विद्वानहरुले मुर्ख बनाउने हरेक प्रयास गरी सफल भएका छन् । नेपाल सरकारले आफ्ना नागरिकलाई छात्रवृत्तिमा डाक्टर, इन्जिनियर, वकील, ऐन कानून समेत पढाएर विद्वान बनाए भने कसैले घोचघाच गरी आफ्नो खर्चमा पढेर विद्वान भएर पनि देशको उद्धार गर्नुको बदला देशमा बौद्धिक आतंक फैलाई मुर्खहरुलाई हतियार उपलब्ध गराई जनयुद्धको नाममा निहत्ता नागरिकहरुको हत्या गरियो । अन्तमा त्यो हत्या नै नेपालको शोक बन्न गयो ।
विद्वानहरु महात्मा गान्धी, पंडित जवाहरलाल नेहरु जस्ता भारतीय विद्वानहरु जसले अंग्रेज हटाउ अभियानमा नेपालका नेताहरुलाई समेत हातमा लिई अंग्रेजहरुलाई हटाउँदा आफ्नो देशका निर्माण कार्यहरुलाई ध्वस्त नपारी टेलिफोनको तार समेत नतोडी आफ्नो सम्पत्ति सुरक्षित राखी भारतलाई स्वतन्त्र बनाए तर नेपाली नेताहरुले जनक्रान्तिको नामले अरबौको साँझा संरचना नष्ट गरे बैंकहरु लुटे निहत्ता जनताको हत्या गरे तर ठूला ठालु नेताहरु ऐसमा रहे एक पनि मारिएनन्, त्यस कारणले नेपाली विद्वानहरुलाई राष्ट्रका सत्रु होइनन् कसरी भन्ने ?

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh