ई – दिशानिर्देश

सांसद कोषको रकम असान्दर्भिक

३२ जेष्ठ २०७७, आईतवार
सांसद कोषको रकम असान्दर्भिक

आज खरबौ रकम सिचाईको काममा खर्च भैसकेको छ । महाकाली परियोजना तेस्रो चरणको मूल नहर करिव तयार हुने क्रममा रहेको छ । मूल नहर देखि तल दक्षिण तर्फको नहरको पानी लाग्ने एरियामा सांसद कोषको रकमले वोरिङ डीपट्युवेल राख्ने काम भईरहेका छन् । निरिक्षण कर्ताले निरिक्षण गर्न
सक्नेछ ।
यदि यी सभासदहरुले नहर निर्माणमा २/३ सिफ्टमा काम गराई चाडै नहरको काम पुरा गर्नुपर्नेमा मूल नहर निर्माणमा सभासदहरुको हातमा केही नलागेकोले मतदाता जनताको नाममा नहर लग्ने एरियामा सांसद कोषको रकम खर्च भई रहेकोमा जनताको आपत्ति किन छ भने सांसद कोषको रकम पनि नहरमा लगानी गरी चाडै नहर तयार गरेमा नहर तथा सडक दुवै काम हुने थियो तर साझा डीप ट्युवेल राख्दा २/३ वर्षमा अनिवार्य नहरको पानी लग्ने भएकोले यो बोरिङको अस्थायी काममा खर्च गरी मतदातालाई झुक्याउने काम मात्र भएकोले गहन प्राविधिक अध्ययन योजना आयोगको सिफारिस बेगर काम गर्नु उपयुक्त नभएकोले अख्तियारको दुरुपयोग भएको हामी ठान्दछौं । बरु नहर नलाग्ने ठाउँको अध्ययन गरी ट्युवेल राख्ने काम गरियोस ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh