ई – दिशानिर्देश

हतियार बुझाउन प्रशासनको आग्रह

१९ चैत्र २०७३, शनिबार
हतियार बुझाउन प्रशासनको आग्रह

दिशानिर्देश समाचार
बैतडी, १९ चैत्र

गाउँ घरमा भएका हात–हतियारहरु खाँडा खुकुरी बाहेक भरुवा बन्दुक बारबोरहरु माओेवादीले घरघरबाट जफत गरी सकेपछि सरकारी कार्यालयमा लगतबाट मात्र देखिने धेरैजसो हातहतियार माओवादीको द्वन्दकालमा सरकारले प्रहरीमा जम्मा गर्न लगाइसकेका थिए ।
जिल्ला प्रशासन कार्यालय बैतडीले एक सुचना प्रकाशित गर्दै आफूसंग भएका इजाजत प्राप्त हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन सबैमा आग्रह गरेको छ ।
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर वैशाख १५ गतेभित्र हतियार बुझाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ । हातहतियार खरखजाना ऐन २०१९ को दफा ८ बमोजीम चुनावलाई मध्यनजर गर्दै हतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो ।
यसका साथै सुरक्षाकर्मी बाहेक कसैलाई पनि कुनै प्रकारको बिस्फोटक पदार्थ, हतियार लिएर हिड्न, प्रदर्शन गर्न र प्रयोग गर्न समेत पूर्ण रुपमा रोक लगाइएको उहाँले जानकारी दिनुभयो ।

यस्तै स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी समाजमा शान्ति सु–व्यवस्था कायम गराइ
राख्न साना तथा ठूला हातहतियार, विस्फोटक पदार्थ बुझाउन आह्वान गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरिक्षक केदार खनालले जानकारी दिनुभयो ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय बझाङले कानुन बमोजिम इजाजत प्राप्त हतियार र अवैध तरिकाले लुकाई छिपाई राखेका हतियार बुझाउन सर्वसाधारणलाई आग्रह
गरेको छ ।
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको चुनावलाई मध्यनजर गरेर चैत २५ गतेभित्र हतियार जिल्ला प्रहरी कार्यालय बझाङ वा नजिकैको प्रहरी चौकीमा बुझाउन आग्रह
गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
समाजमा शान्ती सु व्यवस्था कायम गर्न र निर्वाचनलाई शान्तिपूर्ण एवम् भयरहित तरिकाले सम्पन्न
गराउनका लागि नागरिकसंग भएका हातहतियार तथा विष्फोटक पदार्थहरु सङ्कलन गर्न लागिएको जिल्ला प्रशासन कार्यालयका साहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र बहादुर मल्ले जानकारी दिनुभयो । हातहतियार खरखजाना ऐन २०१९ को दफा ८ बमोजीम चुनावलाई मध्यनजर गर्दै हतियार तथा विष्फोटक पदार्थ बुझाउन आग्रह गरिएको हो ।
तोकिएको समय सीमा भित्र नबुझाई लुकाई छिपाई राखेमा हातहतियार र विष्फोटक पदार्थ नियन्त्रण गर्ने विशेष योजना अन्र्तगत गठन भएको विशेष संयुक्त सुरक्षा टोलीबाट कानुन अनुसार कारबाही हुने जनाईएको छ । हातहतियार तथा खरखजाना नियमावलीको सदुपयोग भएको छैन । भारतमा निर्वाचनको बेला सबै हातहतियारहरु हातहतियार विक्री गर्ने पसलहरुमा जम्मा गर्दछन् र सुरक्षित रहने गरेका पाइन्छन् ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh