ई – दिशानिर्देश

सरकारको उपस्थिति नहुनुमा दोष

१४ असार २०७७, आईतवार
सरकारको उपस्थिति नहुनुमा दोष

पंचायति नेताहरु तथा राजाले त सकेनन् तर प्रजातन्त्रवादी २०४७ पछिको सरकारले राजाबाट सत्ता खोसी नेताहरुको हातमा सरकार गैसकेको अवस्थामा भरसक नालापानी नभए कालापानी लिपियाधुरा र लिपुलेक क्षेत्रमा नेपालको उपस्थिति राखी सक्नु पर्ने थियो । भारतले १२ महिना हिउ जम्ने क्षेत्रमा समेत सधै आफ्नो उपस्थिति राखेको हुन्छ तर नेपालमा पहिले पहिले पंचायतकालमा बरु टिंकर चेकपोष्टमा नेपाल प्रहरी तथा त्यहाँ तर्फका गाउँहरुमा सौका जातिका मानिसहरुको उपस्थिति रही दिपावली पछि मात्र खलंगा दार्चुलामा झर्ने गर्दथे भने अचेल वर्षायाममा यार्सागुम्बा टिप्नको लागी बाहेक अरुको उपस्थिति हुदैन तर भारतीयहरुले भने त्यहाँका नेपाली गाउँमा बस्नेहरुलाई सरकारी नोकरी अनुदान सुविधा समेत दिने गरेका छन् र पो आज त्यहाँ अन्यौलता छाएको छ ।
सिमानामा पर्खाल लगाउने माग
नेपाल भारतको सिमानामा पर्खाल लगाएपछि मात्र सिमा अतिक्रमण सकिने हुँदा नेपाल भारत सिमानामा पर्खाल लगाउन नेकपाका केही सभाषदहरुले माग
गरेका समाचार प्रकाशमा आएका छन् ।
यो माग आफ्नो हो वा अरु कसैको बुझ्न गाह्रो छ । नेपाल भारतको सिमाना कहाँ हो नालापानी कि कालापानी, नालापानी पचाउन सजिलो होस भनेर महाकाली सन्धी गरेझै सुगौली सन्धीमा गुमेको भूमि १९५० को सन्धीले फिर्ता भएपछि दिन नपरोस भनेर पर्खालको डिजाईन न्वयडाले नेपालमा गणतन्त्र ल्याई दिए जस्तो आवाज त होइन ? पर्खाल नभएका राष्ट्रका सिमाना विश्वमा धेरै छन् । पर्खाल लगाउनु पर्ने आवाज नेपालको होईन यो आवाज भाडाको हुँदा ध्यान दिनु पर्दछ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh