आज पुरानो नेपाल रहेन, नयाँ नेपाल भैसकेको छ । विद्वानहरुको अध्ययनमा खुट्टामा विझेको काडा काडाले निकाल्नु पर्छ भन्ने थियो त्यस अर्थ अनेक भए पनि सत्रुलाई सत्रुद्वारा मार्नु पर्छ भन्ने पनि हो २००७ देखि आजसम्म नेपालमा त्यही खेल चलेको रहेछ भन्ने कुराको पुष्टि सम्माननीय प्रधानमन्त्री केपी शर्माओली ज्यूको हिजो अस्ती मात्रै दिएको अभिव्यक्तिबाट थाहा हुन्छ । सबैले सुनेकै भए पनि एक पटक उहाँले निरिहका स्वर निकाल्नु भयो “मलाई सत्ता च्यूत गर्न भारत लागि परेको छ र हाम्रै पार्टीका नेताहरुलाई पनि प्रयोग गरेको छ भन्नु दुःखद नै हो ।” देशको कुरा नभएर नेपालीहरुको घरका हालखबर पनि यस्तै देखिएका छन् । घर परिवार, देशमा एक आपसमा झकडिने तर बाघ शक्तिहरुको शरणमा जाने परम्परा हटेन ।
नेपालीहरु कोही पनि आफ्नो घरमा बाघ बन्छन बाहिर स्यालको रुप धारण गर्दछन् । नेपालमा अनगिन्ती धनजनको क्षति पुर्याई विदेशी शक्ति सित सिर निहुराउँछन । नालापानीको लागि आवाज उठाउनु पर्ने ठाउँमा कालापानी र लिपुलेक लिपियाधुरामा सिमित रहन खोज्दैछन् । यो महाकाली सन्धी गरेजस्तै हो लिपियाधुरा र कालापानीमा नेपाललाई सिमित राख्न खोज्दैछन । डरपोखहरु न हतियारको युद्धको तयारी गर्छन न कुटनीतिक युद्धमा होमिन सक्छन । ठूला भनिने नेताहरु आफ्नो एकताको प्रतिकलाई लात मारी परदेशीको शरण लिन पुग्छन । त्यो नै सप्रेका बोकाको कहानी हो बोका सप्रियो भने आफ्नै मुखमा पिसाव फेर्छ त्यस्तै भएको छ नेपालमा नालापानी छोडेर कालापानीमा सिमित रहन खोज्दैछन् ।