ई – दिशानिर्देश

भारत वर्षका विजेता पृथ्वीनारायण शाहको शालिक दिल्लीमा राख्ने योजना

२६ चैत्र २०७३, शनिबार
भारत वर्षका विजेता पृथ्वीनारायण शाहको शालिक दिल्लीमा राख्ने योजना

बलदेव अवस्थी
पृथ्वीनारायण शाह भारतवर्षका विजेता भएको कारणबाट दिल्ली दरबार कै सभासदबाट कुरा र माग उठ्नु नेपाल र भारतको लागि गौरव हो । भारतमा अंग्रेजहरुले आफ्नो शासन सत्ता चलाएपनि नेपालमा चलाउन नसक्दा नेपाली मात्र होइन कि भारतीय नागरिक अझै पनि हर्षित भएका छन् । हालै मात्र प्रकाशित समाचार अनुसार गुरु गोरखनाथलाई कुलदेवता कै रुपमा लिने एक सभासद द्वारा दिल्लीमा पृथ्वीनारायण शाहको शालिक राख्न प्रस्ताव पेश गरेकोमा हाल सम्म कुनै विरोध नआउँदा भारतवर्षका सबै नागरिकको लागि गौरवपूर्ण कुरा हो । शासन आज छ भोली नरहन सक्छ, यो प्राकृतिक नीति र नियम पनि हो । अंग्रेजहरुले पनि नेपाल र नेपालीलाई सम्मान दिएकै छ आज सम्म ।
हामीले गहन अध्ययन गर्ने हो भने पृथ्वीनारायण शाहले मात्र अंग्रेज सित मुकावला गर्ने र लड्ने शाहस गरेका थिए । दक्षिण पूर्वि भारतबाट अंग्रेजले भारतका सयौं राजा महाराजाहरु माथि विजय प्राप्त गर्दै भारतको एकिकरण गर्दै गए भने उत्तरी भागबाट पृथ्वीनारायण शाहले नेपालको एकिकरण गर्दै गए । भारत वर्षमा हिन्दुहरुको इज्जत राख्न सक्ने एक मात्र हिन्दु राजा पृथ्वीनारायण शाह हुन् । यिनका महान कामलाई लुकाउन खोजेपनि लुकाउन सकिने अवस्थामा छैनन् ।
गुरु गोरखनाथ पृथ्वीनारायणका मात्र गुरु नभएर विराट हिन्दु अधिराज्यका महान गुरु थिए । पृथ्वीनारायण शाह हिन्दुहरुको उद्धार गर्न खटिएका हुन् । वर्तमान भारतका उत्तर प्रदेशका मुख्य मन्त्री आदित्य नाथ पनि गुरु गोरखनाथ कै अनुयायी चेला हुन् भन्नमा द्विविधा नहोला । भनिन्छ हालको भारत र नेपाली जनताले अंग्रेज सित नमिलि पृथ्वीनारायण शाह तथा झाँसीकी रानीको सहयोग गरी दिएको भए आज कन्याकुमारी देखि तिब्बत सम्म विराट विश्व हिन्दु अधिराज्यको उत्थान हुने थियो । अझै पनि हाम्रा नेताहरुको होस् खुलेको छैन । एकतामा अनेकता, फुट, खुट्टा तानातान, जनता माथि दमन कार्यको विराट रुपबाट सिलान्यास भएको छ । हामी निहत्ता जनताका जनप्रतिनिधिको म्याद सभासदहरुले थपी दिएन । झट्ट खराब बोलीमा भन्नुपर्दा मूर्ख र स्वार्थी सभासद, सभासदहरुको म्याद सकिएर भंग भई म्याद सकिएर भंग भई सकेर पनि आफ्नो अर्थात् आफु संलग्न रहेको आफैले भंग गरेको सभा लाई बरु विउँतायो । नयाँ निर्वाचन गरेनन् । जुन कुरा घृणित थियो तैपनि जनताले अपराध सहन गरेको हुदा हामी नेपाली नेता तथा जनता त्यस्ता घटनाका अपराधी हौं थियौ भन्नमा किन लाज मान्ने । स्थानिय निकायबाट जनताको भरोसा नमानेकाले स्थानिय निकाय जो ५ वर्ष को लागि २०५४ मा जन्मिएको थियो त्यसको बेमौत हत्या भयो ।
नालापानीको किल्लामा लगेको पानीको मुहान अंग्रेजहरुले पाएका थिएनन् तर हाम्रा नेपाली नागरिकहरुले नै गोप्यता भंग गरी दियो । नालापानीको किल्ला माथि आक्रमण गर्न सजिलो भयो । त्यस्तै वर्तमानमा भएको छ । २०४७ को संविधान जलाउने काममा मधेशवासीलाई प्रमुख भनिने दलहरुले साथ लिए तर २०७२ को संविधान निर्माणमा सहभागी गराउन नसक्दा २०७२ असोज ३ गते देखि देशमा आगो मात्र लागेन कि शत्रु पक्षझैं सप्लाई बन्द गरियो । अनि नेपालमा हाहाकार मच्चाई अन्तमा भारत द्वारा समेत नाकाबन्द गर्न लगायो । नेपाली नेताहरुले नाकाबन्दी गरी मागेको पहिलो घटना भने होइन । पहिलो घटना प्रजातन्त्र नामको बहुदलिय व्यवस्थाको पुरबहाली गराउन २०४५ साल चैत्र १० गते देखि नेपाल भारतको यातायात तथा व्यापारिक नाकाबन्दी गराई मागेका थिए जसको दिन गन्ती रेडियो नेपालले सुरु गरेका थिए । विश्वको आँखामा पवित्र रहेको नेपाल आज निरीह हुन पुग्यो । नेतालाई धिक्कारको पगरी नेपाल आमाले दिनैपर्ने बाध्यता भएको छ ।
आत्मसंयम अनुशासन घर, देशको मुटु हो । त्यसमा इमानदारिता पनि गुमायो भने पुग्यो देश खाडलमा जान समय लाग्दैन । दिल्ली दरबारको अभिभावकत्वमा ७ दलले उतै गरेको १२ बुँदे सम्झौता तथा १९ दिने आन्दोलनमा सहभागी नेताहरुमा सबैभन्दा ठूलो गल्ती गिरिजा बाबुले ग¥यो भने बाँकी ६ दलका नेताहरुले पनि सानोतिनो गल्ती नगरी ठूलो गल्ती गरेका हुन् । हाललाई यहाँ गल्तीको फल नेपालले भोगी रहेको छ ।
यथार्थ कुरा हमेसा हरेक सन्दर्भमा भन्ने मन लागि हाल्छ र भनन्ु पनि पर्दछ तर हामी भन्न पनि सक्दैनौं । आज निर्वाचन गराउन आतुरी नै भएको छ गराउनु पनि पर्छ तर हामीलाई त्यो कुरा भन्ने हिम्मत किन आउँदैन कि स्थानिय निकायको म्याद सकिदा न चुनाव गरियो न म्याद थपियो । १९÷२० वर्ष सम्म पार्टीहरुले मिलिजुली गाउँ स्तरको बजेट झ्वाम् पा¥यो, चुनाव गरिएन भने आज किन गर्नुप¥यो ? ती २० वर्ष सम्म जनतालाई आफ्नो प्रतिनिधि छान्न नदिने पदाधिकारीलाई कारवाही हुने कि नहुने ? विश्वभरीका देशहरुबाट सम्मान पाएका
राजा त्रिभुवनका शालिक किन तोडिए ? तोड्ने माथि कारवाही हुने कि नाई ?

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh