ई – दिशानिर्देश

म्यादी प्रहरीको म्याद विकास तर्फ थप्नुपर्ने

२६ चैत्र २०७३, शनिबार
म्यादी प्रहरीको म्याद विकास तर्फ थप्नुपर्ने

विश्वका धेरै देशरुमा आफ्ना नागरिकलाई पूर्ण रोजगारी दिएर पनि विदेशी नागरिक समेतलाई रोजगारी दिएको छ । ती देशहरुमा मलेसिया, अमेरिका, कोरिया, डेनमार्क, जर्मनी, जापान जस्ता विभिन्न राष्ट्रहरु छन् । ती देशहरुको पनि सरकार हो जनता हुन् । यी सबै काम उद्योगहरु फस्टाउनाले मात्र हो । त्यहाँका सबै जनता र नागरिक स्वाबलम्बी पराक्रमी देखिन्छन् । नेपालको कुरा गर्दा विदेशीलाई त के नोकरी दिन्थे तर नेपाली नागरिकलाई पनि दिन सकेको छैन ।
यहाँ बेरोजगारीको संख्या कति छ भन्ने कुरा हालै निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना खुलेको समयमा देखिएको भिड र निरासाबाट प्रष्ट हुन्छ । विदेशमा जान नसक्ने नेपालमा रोजगारको व्यवस्था गर्न नसक्ने सरकारलाई न कोही सुझाव सल्लाह दिन्छ न दिएका सल्लाहको थोरै मात्रामा पनि कदर गरिन्छ । देशमा विकास निर्माणका धेरै कार्यहरु गर्न बाँकी छन् । पसिना बगाएर खान पाउने नोकरी सम्म पनि सरकार दिन सक्दैन । देशको पहाडी क्षेत्र दार्चुला देखि ताप्लेजुङ सम्मका युवाहरुलाई सकेसम्म घरको एक जना नभएमा सरकारको जे जति क्षमता छ प्रतिवर्ष ५÷१० हजारलाई छनौट गरी एध्म् को विस्तार गरी मर्मत निर्माण कार्यमा उनलाई सहभागिता गराएमा देशको विकास निर्माणमा पनि टेवा पुग्ने र बेरोजगारीमा पनि कमि आउने हुदा सकिन्छ भने योग्य युवा म्यादी प्रहरीलाई पहिलो पटक एध्म् मा नियुक्ति गरी सरकारले काममा लगाउनु वा कुनै काम ठेकेदारबाट भइरहेको भए मेनपावर ठेकेदारलाई उपलब्ध गराई न्यूनतम ज्याला ठेकेदारबाट सरकारले कट्टी गरी कोष खडा गर्नुपर्ने देखिन्छ । देशमा उपभोक्ता समुह द्वारा गराउन खोजेको विकासका कामहरु हाम्रा अनुभवमा स्तरहीन हुन्छन् र भ्रष्टाचारको स्रोतले गर्दा देशका नागरिकहरुको बानी विग्रने अवस्था आउने सम्भावनामा बढोत्तरी हुनेछ । रोजगार विहीन परिवारबाट १÷१ जना भर्ना गरेमा केही सुधार हुने देखिन्छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh