उन्नत स्वाभिमानी राष्ट्रहरुले बन्च व्यापारबाट विदेशी मुद्रा आर्जन गर्दछ भने अन्य राष्ट्रहरुले बन्च व्यापारबाट विदेशी मुद्रा आर्जन गर्दछ भने अन्य राष्ट्रहरुले बाधा बजदुरको जीवन विदेशमा विताई प्राप्त रकमले घरगृहस्थी धान्छ भने वैदेशिक मुद्राले देश धानि रहेको हुन्छ । विद्यार्थीलाई पढ्न नेताहरुलाई घुम्न विदेशको कर्जा तिर्नलाई रेमिटान्स प्रयोगमा आउँछ । सामान आयात गर्न विदेशी मुद्रा प्राप्त भएपनि व्यापार घाटा भने झन बढी रहेको हुन्छ । उत्तम उद्योग व्यापार खेतीबाट विदेशी मुद्रा आर्जन भयो भने देशमा व्यापार नाफा घाटाको समानान्तरता आउन सक्छ तर नोकरीबाट प्राप्त रकम विदेशबाट आउँछ त्यसले हिनताबोध हुन्छ किनभने रेमिटान्सबाट देशले प्रगति गर्न सक्दैन तर व्यक्तिको आय आर्जनले भने दोहोरा काम गर्छ, यौटा घरको अर्को देशलाई वैदेशिक मुद्रा आर्जन हुन्छ तर देश बाझो धर्तिझै बाँझै रहन्छ । स्वदेशमा युवाहरुको रोजगारीको बन्दोबस्त, वैदेशिक बजारको खोजी र व्यवस्थापन सरकारले गर्नु पर्दछ ।
२०४१/०४२ सालतर्फ नेपाल अधिराज्य भरी गारमेन्ट उद्योगहरु प्रसस्त खुलेका थिए त्यस्तै गलैचा उद्योग बजार सरकारले खोजेको थियो नेपालको कपडा कारखानाबाट जति कपडा उत्पादन हुन्छ त्यो सबैको तयारी पोशाक बनाई पठाई देउ भनेको थिए अमेरिका सरकारले अन्तमा नेपालको कपडाले नपुगी भारतबाट समेत कपडा मगाई तयारी पोशाक निर्यात गरी १०÷१२ गुणा बढी मुनाफा भएको थियो ।