ई – दिशानिर्देश

के हो Municipality भनेको ?

१८ आश्विन २०७७, आईतवार
के हो Municipality  भनेको ?

हाम्रो देश पूर्ण शिक्षित छैन गाउँ घरमा अझै ल्याप्चे चल्छ बल्ल बल्ल गाउँ पंचायत, नगर पंचायतबाट गाउँपालिका नगरपालिकामा पुगेका छन् यहाँका जनता तर पनि अंग्रेजी र स्थानीय गाउँपालिकाबाट पटक पटक निर्माण तथा अन्य सूचना प्रकाशित भएका छन् भैरहन्छन तर गाउँले कसैलाई थहाँ छैन कि Municipal भनेको के हो केही सामान हो वा कसैलाई दण्ड गरेको सजायको नाम हो । ५/१० लाखको निर्माण कार्यको सूचना अंग्रेजीमा प्रकाशित गर्नु आवश्यक छैन सकिन्छ भने मातृभाषामा गरे ठीक छ नत्र नेपालीमा नै हुनु पर्छ नेपालीमा नम्स बनि सकेको छ । गाउँलेले बुझ्ने भाषामा सूचना प्रकाशित गर्नु उपयुक्त हुन्छ अंग्रेजीमा सूचना निकाल्नु भनेको जनतालाई ठग्नु हो । यदि ग्रावेल टेन्डर हो भने मात्र अंग्रेजीमा प्रकाशित गरी जनतालाई विस्तृत रुपमा सम्झाई बुझाई गरौं तर गाउँ र नगरपालिकाको नाम भने नेपालीमा नै हुनुपर्छ तपाई सोध्नुहोस
Municipal भनेको के हो कसै ग्रामिण जनतालाई थाहा छैन, जनता सोध्न लाज मान्छन । अंगेजी जान्ने रहेनछन भन्छकि भनेर तर त्यसरी नबुझ्ने भाषा प्रयोग गरी जनतालाई झुक्याउनु पर्दैन । हरेक कामको विस्तृति विवरण जनताले बुझ्ने भाषामा हुनै पर्छ ।
भ्रष्टाचारबाट राज्य भ्रष्ट हुनेछ
नेपालमा भ्रष्टाचार २/३ सय वर्ष पहिले देखि नै रहेछ, भानुभक्तका कविताहरुबाट थाहा हुन्छ । राणाकालमा पनि थियो भ्रष्टाचार रोकेर रोकिदैन । घृणाले रोकिन सक्छ अव भ्रष्टाचारले घरदैलो चहारी सकेको छ । जसले दिन्छ, खान्छ, खुवाउँछ उही शक्ति अगाडी जान्छ, ठूला ठूला मठ मन्दिरमा पनि भ्रष्टाचार भएका छन् । राणाकालमा हरेक मन्दिरको गुठीको लगत अध्यावधिक गर्थे, भण्डार चेकजाँच गरी लगत राख्ने गरिन्थ्यो, त्यो रकम हिनामिना गरेको थाहा पाएमा कडा सजाय गर्दथे । प्रजातन्त्र आएपछि गुठीको बारेमा छलफल भयो होला तर मन्दिरमा चढाएको सुनचाँदी नगद कति थियो भन्ने कुरा माओवादी आन्दोलनपछि पूर्ण रुपमा हरायो । देवी देवताको मन्दिरदेखि नारायणहिटीको सम्पत्तिमा समेत नोक्सान दुरुपयोग भएको सबैलाई थाहा छ । भ्रष्टाचारले देश भ्रष्ट हुनेछ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh