ई – दिशानिर्देश

फागुन ७ गते ७ सालको प्रजातन्त्र

१३ फाल्गुन २०७७, बिहीबार
फागुन ७ गते ७  सालको प्रजातन्त्र

नेपालमा राणाहरुको जहानीय शासनको अन्त भएको औपचारिक घोषणा भएको दिन २००७ साल फागुन ७ गतेलाई महोत्सवको रुपमा सरकार नेता, जनताले मनाएको २०२७ सालदेखि झन बढी श्रद्धाले मनाउथे । सरकारी कार्यालय विद्यालयहरुमा विदा गरिन्थ्यो । केन्द्रीय तथा स्थानीय नेताहरुले स्थानीय मञ्चमा प्रजातन्त्रको बारेमा प्रकाश पार्दथे, इमान्दार कैदीबन्दीहरुले अपराधको सजायमा केही माफी पाउथे । सम्पूर्ण विद्यालय विद्यार्थी नेता जनताको स्वइच्छाले मन्चमा उपस्थित हुने गर्दथ्यो । हजारौं हजारको उपस्थितिले निरन्तरता पाईराखेको थियो । २०४६ सालसम्म बहुदलवादीहरुको पनि उपस्थिति बाक्लो हुने गर्दथ्यो । निर्दलीय व्यवस्था थियो सबैको सार्वजनिक मानसम्मान गर्थे तर राष्ट्रपति विद्यादेवी भण्डारीलाई गाली गरेझै गाली गर्नमा रोक थियो । केवल राजाको जै जैकार, प्रजातन्त्र दिवस अमर रहोस शहीदका सपना साकार पारौं भन्ने नाराका साथ बजार गुन्जायमान भैरहन्थ्यो ।
मन्चमा राष्ट्रिय झण्डोतोलन प्रमुख अतिथिले गर्दथे । नेताहरुको विरोध गर्न पाइन्थ्यो तर राजाको पाईदैनथ्यो ।
राम्रो काम गर्नेलाई तक्मा दिन्थे । मन्चमा कर्मचारीहरु अनिवार्य उपस्थिति गरिन्थ्यो ।
यदि २००७ फागुन ७ गते काठमाडौंको सैनिक मञ्चमा बाहेक अन्यत्र प्रजातन्त्र दिवस धुमधामका साथ मनाएको थाहा भएन । हामी नेपालीहरुको लागी फागुन ७ गते प्रजातन्त्र दिवस, पुष १ गते संविधान दिवस तथा राजा महेन्द्रको जन्म जयन्ती, पुष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, माघ १६ गते शहीद दिवस, अषाढ २९ गते भानु जयन्ती मनाउने गरिन्थ्यो । आज भने ती सबै पर्वहरु भन्दा हामी ठूला भै सकेछौं । हामीलाई यी पर्व मनाउँदा लाज लाग्छ । नेपालका सबै संविधानहरुले जनभावना बटुलेको थियो तर आजको संविधान भित्र सबै अटाउन नचाहनेको रहस्य रहस्यमा नै रह्यो । हुन त २००७ को प्रजातन्त्र ल्याउनमा पंडित जवाहरलाल नेहरु, विपी कोइराला जस्ता नेताहरुको अहम भूमिका थियो तर पनि त्यो महत्वपूर्ण किन थियो भने नेपालमा ४ जना वैधानिक शहीद बाहेक अरु कोही मरेन । २०४६ को प्रजातन्त्र पुनरवहालीमा पनि नेपाली नेता र राजीव गान्धीको विशेष भूमिका किन रह्यो भने २०४५ चैत्र १० गते देखी प्रजातन्त्रको पुनरबहालीपछि सन्तनेता कृष्ण प्रसाद भट्टराई दिल्ली गएर भारतसित केही सम्झौता नगरेसम्मको नाकाबन्दी आज पनि ताजै छ । नेपालीलाई औपचारिक घोषित नाकाबन्दीमा जनताले कति दुःख पाए त्यो कुराको थाहा के स्वाभिमानी प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठलाई थाहा छ के थाहा छ अघोषित नाकाबन्दीमा प्रधानमन्त्री रहेका नेता तथा वर्तमानका प्रधानमन्त्री केपीलाई के थाहा छ हामी भुक्तभोगी नेपाली जनतालाई । हाम्रा केही नेताहरुको निमन्त्रणामा भारतीय २ नेताहरु नेपाल आई अनधिकृत नेपालीको विरोध जुलुसमा सामेल भएको गम्भीर घटना थियो र षडयन्त्र थियो । दिल्ली सम्झौता गराउने तर राजा विरेन्द्रले भन्यो विदेशी सित झुक्नु भन्दा म नेपाली नागरिक सित झुक्छु भनि बहुदलवादी र निर्दल बीच कुरा मिलाउन लोकेन्द्र बहादुर चन्दलाई प्रधानमन्त्री बनाएका थिए । राजा, प्रजा, नेता मिलि प्रजातन्त्रको पुनरबहाली भयो । २०४७ को संविधान निर्माण भयो जो संविधान दिल्लीमा ७ दल बीच भएको सम्झौताले बर्खास्त गरियो । २०४७ को संविधान रोल्पा रुकुम सुर्खेत अर्थात नेपाल अधिराज्यभरी कुनै पनि ठाउँमा भएको सम्झौताले फालेको भए जनता सहने नै थिए तर ७ दल दिल्ली दरबारमा गई गरेको १२ बुँदेबाट फालेकोले मात्र निरास छाएको छ । यसरी हामी अमर बन्न सक्दैनौं तर अमरबेली भने अवश्य बन्न सक्छौ र बनी रहेका पनि छौ हामी चाहन्छौ उही भेटघाट भएका पर्वहरु जस्तै पर्वहरु ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh