ई – दिशानिर्देश

ऐतिहासिक स्थानिय निर्वाचन २०७४

९ बैशाख २०७४, शनिबार
ऐतिहासिक स्थानिय निर्वाचन २०७४

हरेक काम कुरा भाषणले मात्र हुदैन । कामले देखिन्छ । २००७ साल पूर्वको नेपालको बारेमा दन्त्य कथा जस्तो भईसक्यो । हाम्रा युवायुवतीलाई नेपाल निर्माता पृथ्वीनारायण शाहलाई एक दन्त्य कथाका पात्रको रुपमा हाम्रा नेताहरुले राखेका छन् जुन सही तथ्य सावित भएको छ ।

आज यस देशका सामान्य स्थानिय कार्यकर्ताहरुको अनुरोधमा पृथ्वीनारायण शाह र महेन्द्र जस्ता राजा जसले नेपाललाई विश्व सामु चिनायो यिनलाई हेलाको दृष्टिले हेरी भिमदत्तका शालिकहरुको स्थापना गर्दै हाम्रा विभुतिहरुका शालिक भत्काउँदै गर्नेहरु आफु खुसी हुन् वा कसैका हलिया हुन् त्यता तर्फ जे जति भए गरेका काम कुराहरु विश्वका इतिहासकारहरुले जीवन्त दिने नै हुदा अब २०७४ को ऐतिहासिक स्थानिय निर्वाचन तर्फ ध्यान जानु अति जरुरी ठान्दछौं ।

जनताका अधिकार बन्दी बनाएको १९ वर्ष पछि आफ्ना स्थानिय प्रतिनिधि छन्न पाउने अवसर पाउँदा चाडै मतदान गर्न पाइयोस् भनी खास गरी कर्णाली पश्चिम भित्रि मधेश तथा पहाडका सम्पूर्ण नागरिक हर्षित छन् । तैपनि निर्वाचन हुन नदिने गिरोहको ताकत के कति छ कसैले तुलना गर्न सकेको छैन । त्यो यस देशको दुर्भाग्य हो ।

आफ्नो विकास निर्माणको काममा अगाडी बढी रहेको नेपालको नेपालका अगुवा जब एमाले र नेपाली कांग्रेस बने कारण आफ्नो हातमा आएको प्रजातान्त्रिक व्यवस्थाको शासन इमानदारी पूर्वक समाल्न नसक्दा देशमा २०÷२५ हजार व्यक्ति बढी मारिए र बेपत्ता पारिए । निहत्ता गरिब जनता माथि १९ वर्ष सम्म तानाशाहको विगविगी रहेपनि ऐतिहासिक स्थानिय निर्वाचनपछि जनता विर्षने छन् ।

गाउँस्तरमा राजनीतिक पार्टीहरुको केन्द्रिय हस्तक्षेप हुनुपर्ने थिएन तर भइरहेको छ । त्यसकारण जनताले योग्य उम्मेदवारको सट्टा अयोग्य उम्मेदवार पाउन बेर छैन । जनताले चाहेको व्यक्तिले फिल्डमा जान हिम्मत गर्देन ।

जुनसुकै पार्टीको निर्देशन वा स्वतन्त्र रुपबाट उम्मेदवारी दिएका मध्ये जुन व्यक्ति माथि आफ्नो पूर्ण विश्वास छ उसलाई नै मतदान गर्नुपर्ने हाम्रो राय छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh