ई – दिशानिर्देश

पाएको सुविधा खोस्नु उचित छैन

१९ चैत्र २०७७, बिहीबार
पाएको सुविधा खोस्नु उचित छैन


आज देशका जनताले पाएको सुविधा कुनै पनि सरकारले खोसेको छैन, त्यो हो साना किसानको मालपोत सामाजिक सुरक्षा भत्ता आदि । देशका कुना कन्दराका जनताले अझै पनि लिखित समाचार अर्थात पत्रपत्रिका नियमित रुपबाट पढन पाएका छैनन् । नेपाल सरकारको सहयोगमा २०४७ सालदेखि पत्रपत्रिकाहरु निशुल्क विना टिकट हुलाकबाट गाउँघर, स्कुल, सार्वजनिक पुस्तकालयमा पुर्याउने निशुल्क व्यवस्थालाई आज एक्कासी आफ्ना मातहतका हुलाक कार्यालयमा समेत जानकारी नगराई गोश्वरा हुलाक कार्यालयबाट १ महिनापछि टिकट नलगाएकोले फिर्ता गरेको पाईन्छ ।कञ्चनपुरका केही पत्रिकाहरु हुलाकद्वारा निशुल्क पठाउने गरेको भए पनि २०७७ माघ सम्म निशुल्क डेलिभरी गरी फागुन महिना देखिका पत्रिकाहरु कञ्चनपुर फिर्ता पठाएको छ । कञ्चनपुरबाट चलान भएका पत्रिकाहरु गोश्वरा हुलाकमा पुगीसकेपछि पुगे जति
वितरण गरी अव उप्रान्त फलानो नियमले निशुल्क नपठाउनु भनि जिल्लाका हुलाकहरुलाई निदेर्शन दिनुपर्नेमा सो नगरेकोले किन कुन कारणले फिर्ता आए भनि हुलाक समेत अनविज्ञ रहेको समयमा यसरी प्रेसहरुले पाएको सुविधा र जनताले सूचना प्राप्तिको अधिकार समेत पाई रहेकोमा आज एकै पटक प्रेस र दुरदराजका जनताले समेत सूचना प्राप्तिको निशुल्क हक अधिकारहरु विना सूचना किन कसरी कटौती भए त्यस बारेमा नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहान्छौं ।
रेडियो टि.भी. का समाचार जनताले निशुल्क सुन्न पाएझै अखबारका समाचारहरु पनि प्रेसहरुले निशुल्क दिने व्यवस्था गरेको भए पनि नेपाल सरकारले रोक लगाउनुमा सेवाग्राहीको गुनासो रहेको पाईन्छ । निशुल्क सूचना प्राप्त गर्ने र गराउने अधिकारबाट बन्चित गराई पाएको सुविधालाई ऐन कानून नखुलाई बन्चित गराउनु ठीक छैन । रेडियो, टिभि स्टेशनहरुले निशुल्क जनताको लागी सूचना, समाचार प्रवाह गर्न पाउँछन भने कुनै छापाले निशुल्क जनतालाई समाचार सूचना दिन चाहन्छ भने हुलाकबाट आजसम्म पठाउन पाउने सुविधा एकतर्फी कसरी किन बन्द भयो । के कर्मचारी सार्वजनिक पदाधिकारीहरु आफूले पाईरहेको सुविधा बन्चित गराउँदा चुप बस्न सक्छन । यसरी साना, साप्ताहिक पत्रिकाहरुले सूचना लिन दिनबाट बन्चित गराउने हो भने हाम्रो अधिकारको हनन् भयो वा भएन यसमा नेपाल
सरकारको ध्यान तुरुन्त जावस । रेडियो, टि.भी.को समाचार जनताले निशुल्क सुन्न पाउने व्यवस्था झै पत्रपत्रिकाहरु पनि यदि प्रेसले गाउँघर सार्वजनिक पुस्तकालय संग्रहालयलाई दिन्छ पठाउँछ भने सेवाग्राही सित सूचना पुग्ने व्यवस्थाको पुनः सञ्चालन गरी प्राप्त सुविधा यथाअवस्थामा रहोस ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh