ई – दिशानिर्देश

नमूना संकलन र डिएनए

२३ चैत्र २०७७, सोमबार
नमूना संकलन र डिएनए

गुणस्तरहिन सामग्री खाद्य, नुन तेल विक्री गर्दैछ फलानो व्यापारी भनेर मुद्दा चलाउन जिल्ला प्रशासनको प्रतिनिधि समेतको रोहबरमा नापतौल कार्यालयले नमूना संकलन गरी २ भागमा विभाजन गरी सम्बन्धित व्यापारी र प्रतिनिधिको सहीछाप गराई नमूना खाद्य प्रयोगशालामा पठाईने व्यवस्था रहेको छ भने त्यस्तै कुनै अपराध जवरजस्ती करणी वा बलात्कारको मुद्दामा पनि स्वाव संकलन गरी २ भागमा विभाजन गरी मृतक वा पिडितको स्वाव संकलन वा पोष्टमार्टम गर्ने डाक्टरको दस्तखत र लाहाछाप लगाई विज्ञान प्रयोगशालामा पठाईने गरिने हुँदा विज्ञान प्रयोगशालाले पनि सुरक्षित राख्नुपर्छ ।
बलात्कार गरी मारेको मुद्दाहरुमा अन्तमा नमूना नै नासमास गरिन्छन् भन्ने जनगुनासाहरु आई रहने हुँदा सरकार र सम्बन्धितले ध्यान दिनु पर्दछ ।
कुनै मुद्दामा मौका तहकिकात हुँदा एक जना स.ई. प्रहरी निरिक्षकद्वारा गरिने काममा एसपी, डिएसपी वा डिआईजीले निर्विवाद घटनास्थलमा गई तहकिकात गर्नु वा प्रहरी महानिरीक्षकले असईको वा सइले गर्नुपर्ने काममा स्वयम गई रहनुपर्ने युक्ति सँगत नहुन सक्छ र जनताले संकाको घेरामा राख्न सक्छन, तसर्थ जहाँ जसलाई जिम्मा दिएको छ उसैले हेर्नु पर्दछ । आज बैतडीमा भागरथी भट्टको हत्या र बलात्कारमा पनि त्यस्तै संका गरी रहेकाले समयमा नै सम्बन्धित पदाधिकारीको ध्यान जानै पर्छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh