ई – दिशानिर्देश

समाज खुला, नियमित र अनुशासित रहनुपर्छ

२३ चैत्र २०७७, सोमबार
समाज खुला, नियमित र अनुशासित रहनुपर्छ

२ बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त


समाजको रितिथिति हाम्रा अग्रज ऋषिमुनीहरुले बाधी दिएका छन् । जो आज सम्म उपयोगी नै छ । समाजलाई धार्मिक ऐन नियमले नियन्त्रण गरेको छ । के कस्तो काम गरेमा धर्म हुने र के काम गरेमा अधर्मी हुने भनेर धर्म ग्रन्धरुपी ऐन नियमले समाजलाई बाधेका थिए । दक्षिण एसियाको मात्रै कुरा गर्दा जनताको कार्यविभाजन समेत गरेका थिए, सुनको काम गर्नेलाई स्वर्णकार, फलामको काम गर्ने कृषि औजार निर्माण गर्नेलाई लुहार तथा खेती कृषि काम गर्नेलाई जिमदार (जमिन्दार) त्यस्तै क्षेत्रीले सभ्य बनाउन बेद पुराणका उपदेशहरु सुनाई बेदमा लेखिए अनुसार जनताका कार्य गर्ने भन्ने जस्ता विभिन्न नीति नियम बाँधी उसै बमोजिमका तोकिए बमोजिमका काम गर्ने भन्ने थियो ।
समाज खुला प्रजातान्त्रिक रहनु पर्छ र शासकहरुले पनि त्यही बाटो अवलम्बन गर्नु पर्दछ । आजको समाज खुला छ तर नेताहरु खुला छैनन् । विदेशीहरु सित गोप्य भेटवार्ता गरी दलाली गरी रहेका प्रमाण हामीसँग छन् । राजा विरेन्द्र र अमेरिकाका राष्ट्रपतिको भेटवार्ता मिडिया सञ्चारकर्मी विना कहिले भएन । दुई देशका प्रमुख बीच के कुरा भयो भन्ने सबै जनताले जान्न पाउनुपर्छ भन्ने भावना राजामा थियो र राजा त्यही गर्न चाहन्थे । जनतालाई उचालेर आन्दोलन जनआन्दोलन त राजा पनि गर्न सक्थे तर राजसंस्थाले कहिले पनि त्यस्तो चाहेन जनताको भावना मत बेगर कहीकतै जान चाहेनन् । विश्वमा राज्य व्यवस्था यस्तै हुनुपर्छ भन्ने गणितीय तरिका नभए पनि जनताले शान्ति सुरक्षाका साथ सहज रुपले शिक्षा स्वास्थ्यमा पहुँच हुनु पर्दछ भन्ने धारणा विश्वभरी रहेको छ । जुन देशका शासक इमान्दार छन त्यहाँ जनताले पाउने सुविधा दिने पाउने व्यवस्था गरेका छन् । जहाँका शासक स्वार्थी बदमास छन त्यहाँका जनताले दुःख पाएका छन् । नेपालको खुला समाजको कुरा गर्दा निर्दलीय व्यवस्थामा पनि जनता अत्यन्तै खुसी रहेका भए पनि विदेशीका दलाल नेताहरु त्यसको बारेमा अपवाह फैलाउने काम गर्दथे । विरोध त आज पनि जनताबाट भई रहेकै छ निर्दलीय व्यवस्थामा पनि हुने गर्दथ्यो । निर्दलीय व्यवस्था जनता सुरक्षित रहेका हुन्थे तर वर्तमानमा हत्या, हिंसा र बलात्कारको अचाकली छ । धन र पहुँच हुनेले जे गरे पनि हुने । पहिले प्रहरी, सैनिक निजामतीतर्फ कार्य विभाजन गरिएको थियो । आज एक असईले गर्न सक्ने काममा डिआइजी आफैले जानु पर्ने अवस्था आएको छ । अर्काको अधिकारको हनन् भएको छ । देशको विरुद्धमा काम गर्ने माथि निगरानी र कारवाही गरिन्थ्यो भने आज त्यही उल्टो गरे वाफत पुरस्कृत गरिदैछन् । पिडितले न्याय पायो या पाएन सबै कुरा जनतालाई थाहा त हुन्छ भन्दैनन् किन भने कुरा कसैले सुन्दैन ।
पंचायत कालमा पनि साझा सम्पत्तिको अत्यन्त संरक्षण गरिन्थ्यो त्यसको प्रमाण हो महेन्द्रनगर नगर विकासको जग्गा अतिक्रमण गर्ने हिम्मत कसैलाई पनि थिएन खोका छाप्रा राख्न त सरकारको अनुमति माग्नु पर्दथ्यो तर आज त सज्जन इमान्दारिताको लागी भन्दा पनि प्रजातन्त्र लोकतन्त्रले त हत्यारा हिंस्रक, शोसक, नातागोतालाई सघाएको छ । साच्चै भन्नुपर्दा निमुखा गरिवले थोरै न्याय र धनी हत्तावालाले बढी सुविधा पाएको छ । देशको एकता भंग भएको छ ।
निर्दलमा एकता नहुन सकेका काममा मौनता त रहन्थ्यो, आज त्यस्तो छैन घर घरमा अनेकता कलह झगडा अनियन्त्रित समाजको सिर्जना भएको छ । विश्वका वैज्ञानिकहरुले विश्वलाई नजिक बनाई सकेको छ । सार्य मण्डलमा रहेका ग्रहहरुको भ्रमण गरि चन्द्रमा तथा मंगल ग्रहमा मानव बस्ती बसाल्ने प्रयासमा लागेका छन् । हामी आफ्नै देशको संरचना नष्ट गर्नमा छौ । स्वदेशी उद्योगहरुलाई धराशाही पारी विदेशी उद्योग र निर्मित समानको आयातमा लागेका छौं । नियन्त्रित र अनुशासित समाजको अभावमा ग्रामिण विकास भैरहे पनि राष्ट्रिय विकास र राष्ट्रिय एकतामा हा्रस आएको छ । सरकारी नोकरी निजामती प्रहरी सेनाको नोकरी बाहेक युवाहरुलाई अन्य कुनै रोजगारी छैन । स्वरोजगारका साना उद्योगहरुमाथि सरकारले शोषण गरि रहेकै छन । कतै उद्योग गर्न धितो राखी वित्तिय संस्थानबाट लिएको ऋण चुक्ता गरेको भए पनि सम्पत्ति फुकुवा गरि फिर्ता नदिएका प्रमाण हामीसँग छन् तर कोही सुन्दैन । आज होनहार युवाहरुले देशमा न रोजगारी पाएका छन न स्वरोजगार गर्ने माहोलको स्थिति छ । समाज खुला अनुशासित र नियन्त्रित नभए देश समाज भाडिन्छ र विदेशी हस्तक्षेप बढ्ने निश्चित
देखिन्छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh