ई – दिशानिर्देश

इतिहास जिवन्त राखौं

२३ चैत्र २०७७, सोमबार
इतिहास जिवन्त राखौं

आज विश्व सम्पदा सूचीमा परेका विश्वभरीका मानव निर्मित संरचना तथा प्राकृतिक संरचनाहरुलाई संरक्षण मर्मत सम्भार गर्न रकम समेत दिईरहेको अवस्थालाई ध्यानमा राखी त्यसबाट शिक्षा प्राप्त गरि नेपालमा रहेका मानव निर्मित संरचनाहरु कसै एक पक्षको मन पर्दैन भनेर भत्काउनु तोड्नु नष्ट पार्नु हुदैन किन भने त्यस्तो गर्दा देशको इतिहास सम्यता मेटिन्छ, ति भेटिएमा देश नै मेटिन्छ भन्ने कुराहरु हाम्रा विद्वान, राजनीतिज्ञहरुले नबुझदा दुःख लाग्छ ।
सबै कुरा पैसा मात्र होइन एक मौसममा एक ग्याङ खडा भयो नेपालबाट पुराना मुर्ति शालिकहरु चोरी पश्चिमी देशहरुमा विक्री गर्ने र नेपालको सम्भ्यता कला नष्ट गर्ने काममा एक ग्याङ लागेको थियो । त्यसपछिका दिनहरुमा प्रजातन्त्र लोकतद्धन्त्र जनतन्त्रको नाममा
राष्ट्रमा रहेका राष्ट्र निर्माता पृथ्वीनारायण शाह र उनका सन्तान तथा आदिकवि भानुभक्तका शालिकहरु तोडिन थाले । जनआन्दोलनको समय २०६२÷६३ को नामले देशभर तोडिएका शालिकहरु राष्ट्रका सम्पत्ति हुन आजसम्म पुनरनिर्माण गरिएका छैनन् । काठमाडौंको त्रिभुवन पार्कमा रहेको राजा त्रिभुवनको शालिक ढालेका थिए आजसम्म उठाई मर्मत सम्भार गर्न सकेका छैन । पोखराको पृथ्वी चोकमा रहेको पृथ्वीनारायण शाहको शालिक नष्ट पारी त्यहाँ अन्य व्यक्तिको शालिक स्थापना गरिएको छ ।

देशमा देश र जनताको लागी थोरै काम गर्नेको पनि शालिक निर्माण गरी सम्झना र सम्मान गर्नुृपर्छ तर एकको शालिक तोडी अर्काको शालिक राख्नु किन ठीक छैन भने यस्ता शालिकहरु राख्नको लागी समेत हाम्रा पुर्खाहरु पृथ्वी, वीरबलभद्र, भक्ति थापा, अमर सिंह थाहा जस्ता स्वाभिमानी महान पुरुषहरुले कमाई निर्माण गरि दिएको नेपालको बचत भूभाग महाकालीसम्म प्रसस्त जमिन छ जहाँ जुन ठाउँमा नवोदय व्यक्तित्वहरुका निसानी राख्न सकिन्छ र त्यसमा जनता पनि मन्जुर छन तर पुराना शालिक भत्काई नयाँ राख्नमा नेपाली जनता मन्जुर छैनन् र त्यस्तै ठाउँको पनि, नामाकरण नभएका ठाउँहरुको नाम माटो देश सुहाउँदो राख्न सकिन्छ तर ऐतिहासिक शहरको नाम फेरी केही अरु नाम राख्न पाईदैन । नेपालगञ्ज, धनगढी, अत्तरीया तथा महेन्द्रनगर बजारको महेन्द्रचोकमा राजा महेन्द्रको शालिक तोडी वा पुरै उखेली नष्ट पारेको झण्डै २ दशक पुग्न लागे कुनै पनि नेता सरकारले पुर्नस्थापना नगरी इतिहास मेटाउने काम भएको छ । त्यस्तै ठाउँको कुरा गर्दा महेन्द्रनगर आदर्श गाउँपञ्चायत देखि महेन्द्रनगर नगर पंचायत, नगरपालिकाको नाम मेटाई आज भीमदत्त न.पा. नामको नामाकरण गरी इतिहास मेटाउने कामको बीउ रोपिएको होइन हामी भन्न सक्दैनौं । त्यस्तै पंचायत रजत पार्कको नाम हटाई भीम वाटिका राखी शहीद भीमदत्तको शालिक राख्नु शहीदकै अपमान गर्नु पनि हो । शालिक राख्न र भीमदत्त न.पा.को नाम राख्न कयौं न.पा.हरुको स्थापना भयो यहाँ किन राखियो एक समय त्यस्तो उत्तर माग्न जनताले सक्नेछैन भन्न सकिन्न ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh