ई – दिशानिर्देश

कैलालीको चुरेसहित सुदूर पहाडका वनमा डढेलो

२३ चैत्र २०७७, सोमबार
कैलालीको चुरेसहित सुदूर पहाडका वनमा डढेलो


धनगढी । कैलालीको चुरे गाउँपालिका लगायत सुदूरपश्चिमको पहाडी जिल्लाका वनमा डढेलो लागेको छ । भीमदत्त राजमार्ग अन्तरगतको
चुरे गाउँपालिका, डोटीको जोरायल गाउँपालिका, डडेल्धुराको आलिताल गाउँपालिकाका वनमा अहिले आगो दन्कि रहेको छ । सबै गरेर करिब २ दर्जन सामुदायीक वनमा डढेलो लाग्दा कसैले निभाउन पहल नगरेको भन्दै स्थानीले गुनासो गरेका छन् ।
सामुदायिक वनमा एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा त्यहाँका गाउँ उच्च जोखिममा पर्नुका साथै ती वनमा नयाँ पलाउन लागेका बिरुवा तथा पालुवा जलेर खरानी भएका छन् ।
लेकाली क्षेत्रका जङ्गलमा लागेको डढेलो अझै निभाउन नसक्दा सयौँ हेक्टर वन सखाफ हुँदै गएको स्थानीयले बताएका छन् ।
उक्त डढेलोका कारण वायु प्रदुषण भइ सुदूरको आकास तुवालोले भरिएको छ । जसले गर्दा शनिबार साझसम्म धनगढीको वायु प्रदुषण सूचकांक(एक्यूआई) झण्डै २ सय नजिक पुगेको छ ।
डिभिजन वन कार्यालय तथा यहाँका सामुदायिक वनले ठोस पहल चाल्न नसकेका कारण डढेलो निभाउन नसकिएको स्थानीयवासीको आरोप छ । त्यहाँका सामुदायिक वन प्रायः गाउँ घरसँग जोडिएकाले ती वनमा फैलिएको आगो गाउँमा आए गाउँ नै सखाप हुने भन्दै स्थानीयवासीमा चिन्ता थपिएको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh