ई – दिशानिर्देश

माईती नेपालको सहकार्यमा दोधारा चादनीमा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समिति गठन

२३ चैत्र २०७७, सोमबार
माईती नेपालको सहकार्यमा दोधारा चादनीमा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समिति गठन


पप्पु गुरुङ्ग /दोधारा, २१ चैत्र ।
माईती नेपाल कञ्चनपुरको सहकार्यमा दोधारा चाँदनी नगरपालिकामा नगर स्तरिय मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समिति गठन भएको छ ।
दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारको संयोजकत्वमा नगर स्तरिय मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण गठन भएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जानकारी दिएका छन् । मानव बेचविखन तथा ओसार पसार कार्य नियन्त्रण ऐन २०६४, नियावली २०६५, मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संसोधन २०७७ र मानव बेचबिखन बिरुद्धको स्थानिय समिति गठन÷परिचालन निर्देशिका २०६५ अनुसार दोधारा चाँदनी नगरपालिका क्षेत्रमा नगर स्तरिय मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समिति गठन गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता सिजालीले बताएका छन् । निर्देशिका अनुसार दोधारा चाँदनी नगरपालिकाको नगर प्रमुख बिर बहादुर सुनार, सदस्यहरुमा नगर उपप्रमुख चिनी ओझा गिरी, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बम, भानु माध्यमिक बिद्यालयका प्रधानध्यापक यज्ञराज पण्डित, दोधारा चाँदनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जय बहादुर महरा, शिक्षा शाखाका प्रमुख हरिदत्त जोशी, माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट लगाएत १३ सदस्यीय नगर स्तरिय मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समिति गठन गरिएको छ ।
दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले दोधारा चाँदनी नगर क्षेत्र मानव बेचबिखनको उच्च जोखिममा रहेको बताएका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्र भारत संग जोडियो खुला सिमा क्षेत्र रहेको हुदा समेत बेचेबखनको जोखिम बढ्दो रहेको नगर प्रमुख बिर बहादुर सुनारले बताए । नगर स्तरिय मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समितिले आउदा दिनहरुमा मानव बेचबिखन बिरुद्धको क्षेत्रमा कसिलो काम गर्नेमा आफु ढुक्क रहेको उनले बताएका छन् । उनले माईती नेपाल कञ्चनपुरले मानव बेचबिखन बिरुद्धमा राम्रो कार्य गर्दै आएको बताउदै माईती नेपाल कञ्चनपुरको टोलीलाई धन्यबाद समेत दिएका छन् ।
नगर उपप्रमुख चिनी ओझा गिरीले दोधारा चाँदनी नगरपालिकाका भारत संग जोडिएको सिमा क्षेत्रमा अझै पनि जनचेतनाको खाँचो रहेको हुदा अबका दिनहरुमा सिमा बस्तीहरुमा जनचेतनामुलक कार्य गर्नु पर्ने बताए । भारत संग जोडिएकोदोधारा चाँदनीको सिमा बस्तीहरुमा मदिरा बेचबिखनको बढ्दो समस्या रहदै आएको हुदा त्यस तर्फ पनि सबैको ध्यान जान आवश्यक रहेको नगर उपप्रमुख चिनी
गिरीको भनाई रहेको छ् ।
यस्तै माईती नेपाल कञ्चनपुरले बिगत लामो समय देखि कञ्चनपुर लगाएत दोधारा चाँदनी क्षेत्रमा मानव बेचबिखन बिरुद्ध कार्य गर्दै आएको बताउदै मानव बेचबिखनको उच्च जोखिममा रहेको दोधारा चाँदनीमा गठित नगर स्तरिय मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समितिले अपेक्षा भन्दा बढी काम गर्नेमा आफु ढुक्क रहेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताएका छन् ।
बिगत लामो समय देखि दोधारा चाँदनी नगरपालिका क्षेत्रमा कार्य गर्दै आएको माईती नेपालले दोधारा चाँदनीका दर्जनौ किशोरीलाई तालिम, जोखिममा परेकाहरुलाई उद्धार, पुर्नमिलन तथा परामर्श दिएको माईती नेपाल कञ्चनपुरका संयोजक भट्टको भनाई छ ।
दोधारा चाँदनी नगरपालिका कार्यालयका महिला तथा बालवालिका शाखाका प्रमुख डम्मरा पन्तले संचालन गरेको कार्यक्रममा बक्ताहरुले मानव बेचखिन बिरुद्ध सबै एक जुट हुनेमा प्रतिबद्धता जाहेर गरेका छन् ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh