ई – दिशानिर्देश

नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी

२९ चैत्र २०७७, आईतवार
नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी


दिशानिर्देश समाचार
महेन्द्रनगर, २८ चैत्र
नेपाल पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल विजयी भएको छ । निर्वाचन समितिका अनुसार महासंघको अध्यक्षमा प्रेस युनियन गठबन्धनका उम्मेदवार विपुल पोखरेल तीन हजार मतान्तरले पूरै प्यानलसहित निर्वाचित भएका छन् । पोखरेलले ६ हजार ९४२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्माले ३ हजार ९१५ मत प्राप्त गरेकी छन् । अध्यक्षका अर्का प्रत्यासी गजेन्द्र बुढाथोकीले ६९१ मत प्राप्त गरेका छन् ।
महासंघको चुनावमा कांग्रेस, माओवादी, एमालेको माधव नेपाल पक्ष, राष्ट्रिय जनमोर्चासहित ११ वटा दल आबद्ध पत्रकारहरु गठबन्धन बनाएर लडेका थिए । सो गठबन्धनको प्यानलबाट केन्द्रीय कार्य समितिमा तीन सदस्यबाहेक सबैले जितेका छन् ।
जितपछि पोखरेलले महासंघको निर्णय प्रक्रिया र नीति निर्माणमा दलीय प्रभाव पर्न नदिने प्रतिबद्धता जनाएका छन् । शनिबार सबै जिल्लाको मतगणना सकिएको र आफ्नो जित भएपछि विजय जुलुस मनाउँदै नवनिर्वाचित अध्यक्ष पोखरेलले महासंघका कुनै पनि
कुरामा दलीय एजेण्डाको प्रभाव पर्न नदिने बताए ।
श्रमजीवी पत्रकारहरुको हक हितका मुद्दाहरूलाई अगाडि लैजाने सम्बन्धमा आफूले कहीँ कतै सम्झौता नगर्ने प्रतिबद्धता पनि जनाए ।
नवनिर्वाचित उपाध्यक्ष रमेश विष्टले पनि पत्रकार महासंघमा दलीय छाया पर्न नदिने प्रतिबद्धता जनाए । महासंघलाई पत्रकारहरुको साझा चरित्रको संस्थाको रुपमा विकास गर्ने पनि बताए । अध्यक्षमा नेकपा एमालेको ओली समूहनिकट प्रेस चौतारी, जनता समाजवादीनिकट प्रेस मञ्च, विप्लवनिकट जनपत्रकार संघ लगायतको प्यानलबाट निर्मला शर्माको उम्मेदवारी थियो । त्यसबाहेक गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावल विजयी नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा योगेश रावल विजयी भएका छन् । रावल आफ्नो प्रतिस्पर्धी कृष्ण ओलीलाई चार सय ६४ मत अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
पत्रकारहरुका बिभिन्न १२ वटा राजनीतिक संगठनहरुको संयुक्त प्यानलको नेतृत्व गरेका रावलले सात सय ५६ मत प्राप्त गरे । प्रेस चौतारी (ओली समूह)को नेतृत्व गरेका कृष्णले दुई सय ९२ भोट प्राप्त गरेका छन् ।
कैलालीको टिकापुरबाट पत्रकारितामा सक्रिय रावल यसअघि प्रदेश समितिका महासचिव हुन् । उनी प्रेस युनियन निकट हुन् ।
उपाध्यक्षमा डोटीका योगेन्द्र बलायरले ६ सय ६५ मत प्राप्त गरी बिजयी भए । उनका प्रतिद्वन्द्वी कञ्चनपुरका लक्ष्मण तिवारीले तीन सय ६१ मत ल्याए ।
महासचिवमा कञ्चनपुरका रामसिंह ठगुन्नाले ६ सय १५ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी कैलालीका शिवराज भट्टले चार सय २५ मत ल्याएका थिए ।
सचिवमा कैलालीका हरिप्रसाद जोशी ६ सय ६० मत सहित बिजयी भएका छन् । अर्का प्रत्यासी दार्चुलाका नरेन्द्रसिंह कार्कीले तीन सय ३७ मत प्राप्त गरे । यस्तै समावेशी सचिवमा दार्चुलाका प्रेम चुनाराले ६ सय ६६ मत ल्याउँदै बिजयी भए । उनका प्रतिस्पर्धी दलबहादुर चदाराले तीन सय २१ मत प्राप्त गरे । कोषाध्यक्षमा डडेल्धुराका राम धामी पाँच सय ४८ मत सहित विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी अछामका नरेशकुमार शाहीले दुई सय ८१ मत प्राप्त गरे । बलार, ठगुन्ना, जोशी, चुनारा र धामी रावल प्यानलबाट निर्वाचित भएका हुन् ।महिला उपाध्यक्षमा कञ्चनपुरकी रेणु कार्की निर्विरोध निर्वाचित भएकी थिइन् ।
नेपाल पत्रकार महासंघ कञ्चनपुरको अध्यक्षमा धामी नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन । पत्रकार महासंघ शाखा कञ्चनपुर, सुप प्रदेश सहित केन्द्रीय समितिको नयाँ कार्य समितिका लागि बुधबार निर्वाचन भएको थियो । प्रेस यूनियन, प्रेस संगठन नेपाल र प्रेस चौतारी(नेपाल) समुहका तर्फबाट संयुक्त प्यानलका उम्मेदवार धामी अध्यक्षमा निर्वाचित भएका हुन । उनले आफ्ना निकटतम प्रतिद्वन्दी प्रेस चौतारी (ओली) समुह तर्फबाटका अध्यक्षका उम्मेदवार सुरेश सिह धामीलाई ४८ मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन ।
माधव सिह धामीले ११७, सुरेश सिह धामीले ६९ र अध्यक्षका अर्का उम्मेदवार प्रेस यूनियनका नेता शेर बहादुर सिहले २५ मत ल्याएका थिए । उपाध्यक्षमा ओली समुह चौतारीका उम्मेदवार भवानी दत्त भट्ट निर्वाचित भएका छन । भट्टले आफ्ना प्रत्यासी चौतारी
(नेपाल) समुहका नेता ज्ञानेन्द्र महतालाई ३७ मतको अन्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भएका छन । भट्टले १२३ र महताले ८६ मत ल्याएका थिए । महिला उपाध्यक्षमा हेमन्ती डगौरा(चौधरी) निर्वाचित भएका छन । उनले आफ्ना प्रत्यासी ओली समुह चौतारीका धर्मा रोकायालाई ८८ मतको अन्तरले हराउँदै महिला उपाध्यक्षमा निर्वाचित भएकी छिन । सचिवमा प्रेस संगठनका नेता राजेन्द्र प्रशाद अवस्थी निर्वाचित भएका छन । उनले चौतारी(ओली समुह)का उम्मेदवार गणेशदत्त भट्टलाई ३० मतको अन्तरले हराउँदै सचिवमा निर्वाचित एका छन । अवस्थीले ११९ र भट्टले ८९मत ल्याएका थिए । सहसचिव खुला तर्फ चौतारी ओली समुहबाट तर्फबाट उम्मेदवार भएर मिडिया नेपालका नेता धुर्वराज अवस्थी निर्वाचित भएका छन । अवस्थीले धामीलाई १३ मतले अन्तरले हराउँदै सह सचिवमा निर्वाचित भएका हुन । अवस्थीले ११३ र धामीले ९४ मत ल्याएका थिए । सहसचिव समावेसी तर्फ प्रेस संगठनका पहिलाद रानाले भारी मत ८४ मतको अन्तरले चौतारी ओली समुहकी उम्मेदवार रजनी रानालाई हराएको हो । पहिलादले १४५ र रजनीले ५७ मत ल्याएकी थिईन । प्रेस यूनियनका नेता जयदेव जोशीले आफ्ना निकटतम प्रतिद्वन्दी प्रेस चौतारी(ओली समुह)का उम्मेदबार हरिशचन्द्र बागलाई ५९मतको अन्तरले हराउँदै कोषाध्यक्षमा निर्वाचित भए । जोशीले १२२, बागले ६३ अर्का कोषाध्यक्षका उम्मेदवार नेकपा बैद्य निकट क्रान्तिकारीका नेता धनन्जय अवस्थीले २६ मत ल्याएका थिए । महिला सदस्यमा प्रेस संगठनकी उम्मेदवार रिना अधिकारीले भारी मतले चौतारी (ओली समुह)की उम्मेदवार लक्ष्मी सेठीलाई १ सय १ मतको अन्तरले हराउँदै महिला सदस्यमा निर्वाचित भए । पे्रेस संगठन नेपालका नेता कृष्ण ब. दमाईले चौतारी ओली समुहका उम्मेदवार बिमल कुमार विकलाई ७०मतको अन्तरले हराउँदै दलित सदस्यमा निर्वाचित भएका छन ।
खुला सदस्य तर्फ सबैभन्दा बढि प्रेस चौतारी नेपाल समुहका उम्मेदवार सरोज धामीले १२४मत ल्याएका छन । यस्तै प्रेस चौतारी नेपाल समुह सदस्यका उम्मेदवार कमल विक ११५, प्रेस संगठनका नेता वीरसिंह ऐर ९९, प्रेस यूनियनका किशोर बहादुर तामाङ्ग ९६, प्रेस संगठनका नेता प्रेमराज (पदम)भट्टले ९१, प्रेस चौतारी नेपाल (ओली समुहका उम्मेदवार) होमनाथ योगीले पनि ९१मत ल्याएका थिए । प्रेस यूनियनका नेता
रमेश भट्ट ९८, प्रेस चौतारी ओली समुहका नेता अर्जुन बहादुर सिह र प्रेस यूनियनका नेता देवेन्द्र खडकाले बराबर ९०÷९० मत ल्याएका थिए ।
समावेसी सदस्य तर्फ प्रेस संगठनका नेता विकास सिह महता(धन बहादुर महता),आदिवासी सदस्य तर्फ प्रेस चौतारी
(नेपाल समुहका) लाल बहादुर चौधरी र मधेशी सदस्यबाट प्रेस यूनियनका नेता गम्भिर लाल उराउ निर्विरोध निर्वाचित भएका थिए ।
केन्दीय प्रतिनिधीमा प्रेस संगठनका नेताद्वय केशव राज जोशी, देवराज साउद निर्वाचित भएका छन । प्रेस चौतारी नेपाल समुहका जनकराज अवस्थी, प्रेस यूनियनका नेता हरिश भट्ट, डिआर पन्त, विक्रम गिरी निर्वाचित भएका छन ।
यस्तै कञ्चनपुरबाट प्रदेश सुप तर्फ अध्यक्ष ओली समुह(चौतारी)का उम्मेदवार कृष्ण ओली ६८, प्रेस यूनियनका योगेश रावल १४१, उपाध्यक्षमा चौतारी ओली समुहका उम्मेदवार लक्ष्मण तिवारी १३६, यूनियनका उम्मेदवार योगेन्द्र बलायरका ८०, महासचिवमा प्रेस संगठन नेपालका उम्मेदवार रामसिह ठगुन्नाका १३७ र ओली समुहका शिवराज भट्टका ७४, सचिव समावेसी तर्फ प्रेस चुनारा १४१, बल बहादुर चताराका ४८, सचिवमा नरेन्द्र सिह कार्की ६१, हरि प्रशाद जोशी १३८, कोषाध्यक्ष दुर्गा उपाध्यक्ष ११८, क्रमस नरेश कुमार शाही २८, राम बहादुर धामी ६३ले मत ल्याएका थिए ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh