ई – दिशानिर्देश

दोधारा चाँदनीका बादीहरु पालमुनिको बास

२९ चैत्र २०७७, आईतवार
दोधारा चाँदनीका बादीहरु पालमुनिको बास


पप्पु गुरुङ्ग/दोधारा, २८ चैत्र
देहव्यापारमा संलग्न भनी विगतमा होच्याईएका र थिचोमिचोमा पारिएका बादी समुदायका महिला, पुरुषहरुको राजनीतिक, सामाजिक विकास तथा रोजगारमूलक व्यवसायमा संलग्न हुने क्रम अझै पनि जस्ताकै त्यस्तै छ । विगतमा समाजबाट हेपिएका बादी समुदायको सामाजिक विकास र रोजगार मूलक गतिविधीमा जस्ताको तस्तै र समाजले उनीहरुलाई हेर्ने दृष्टिकोण समेत परिवर्तन नभएको दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ र ६ मा बसोबास गर्ने बादी समुदाय ज्वलन्त उदाहरण हो । दोधारा चाँदनी नगरपालिकामा बसोबास गर्दै आएको बादी परिवार चाहे ति, वडा नं. ३ का होस् वा वडा नं. ६ का बादी परिवारको घरपरिवार उनिहरु रोजगारीको लागी जहान परिवारसंग भारतमा गएर ज्याला मजुरी गर्न बाध्य भएका छन् ।
नेपाल सरकारले दलित तथा उत्पीडित समुदायको लागी बिभिन्न कार्यक्रम ल्याएको घोषणा गरेता पनि दोधारा चाँदनी नगरपालिकामा बसोबास गर्ने बादी घरपरिवारको लागी ‘आकाशको फल आँखा तरि मर’ भन्ने बाहेक केही भएको छैन् । यो समुदायले देहव्यापार अहिले चटक्कै छोडिसकेको पाईएपनि खान र बस्नको समस्याकै कारण उनिहरु फिरन्ते जिवन बिताउदै आएका छन् । नेपाल सरकार र माओबादी द्धन्द्धको समयमा दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलबाट त्रासको कारण ज्यान बचाउदै जहान परिवारलाई लिएर भारत पलाएन भएका बादी घरपरिवार मध्य केही घरपरिवार फेरी फर्केर आएका छन् । उनिहरुलाई जग्गा र रोजगारीको समस्याको
कारण फिरन्ते जिवन बिताउन बाध्य भएको उनिहरुले बताएका छन् । नेपालको द्धन्दको समयमा स्थानिय जोगी महताले आफु माओबादी बताउदै दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ बडवाल टोल तथा आसपास क्षेत्रमा मच्चाएको चरम आतंकको कारण बादी घरपरिवार भारत तर्फ बिस्तापित हुन बाध्य भएको वर्ष ३५ का बिष्णु बादीले बताएका छन् । अहिले आएर उनीहरु मध्य ३ घरधुरी फर्केर बडवाल टोलमा आफ्नो जग्गा पाउने आशमा भौतिरहेका छन् । उनिहरु बिगतका दिनहरुमा बसेको ऐलानी जग्गामा अहिले आएर बिद्यालय र स्थानियहरुले खेतीपाती लगाएत भौतिक संरचना समेत निमार्ण भईसकेको छ । एक समयमा बडवाल टोलमा जोगी महता लगाएत ब्यक्तीहरुले निकै
चरम आतंक मच्चाएको कारण बादी घरपरिवार जहान परिवार लिएर बिस्तापित हुन बाध्य भएको स्थानियहरुले समेत बताएका छन् । उक्त समयमा झण्डै ६ घरपरिवार त्रासको कारण बिस्तापित भएको उनीहरु बताउछन् । उनीहरुले ७÷८ बिघाह जग्गामा खेतीपाती गर्दै आएका जग्गा अहिले आएर भौतिक संरचना निमार्ण समेत भएका छन् । उक्त स्थानमा सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट निमार्ण क्रममा छ भने, खोप केन्द्र समेत निमार्ण भईसकेको छ । बादी घरपरिवार लामो समय बिस्तापित भएपछि तत्कालिन सर्वदलिय तथा सर्वपक्षिय बैठकले उनिहरुले छोडेर गएको ऐलानी प्रति जग्गा गणेश आधारभुत बिद्यालय र केही ब्यक्तीलाई दिएको स्थानियबासी धनसरा नाथ योगीले बताएका छन् ।
‘देशमा शान्ती स्थापना भईसक्दा समेत बादी घरपरिवार नफर्केपछि तत्कालिन सर्वदलिय तथा सर्वपक्षिय बैठकले गणेश आधारभुत बिद्यालय र स्थानिय जग्गा बिहिन भएकाहरुकालाई गरिखान दिएको हो’ स्थानियबासी धनसरा नाथ योगीले बताए । जग्गा बिहिन भएका बादी घरपरिवारहरुलाई उक्त स्थानमा नभएपनि अन्यत्र थोरै भएपनि जग्गा उपलब्ध गराउनु स्थानिय सरकारको कर्तब्य भएको स्थानिय नाथको भनाई रहेको छ् । जग्गा पाउनु पर्ने माँग लिएर बडवाल टोल नजिक रहेको जगबुडा नदीको बाटोमा पाल टाँगेर बादीका ३ घरपरिवारका १५ जना बादी २ महिना देखि बस्दै आएका छन् । भारतमा ज्यालामजुरीमै दिन काट्दै आएका बादी घरपरिवारका सबै जसो केटा केटी शिक्षाबाट पुर्णरुपमा बन्चित भएको बादीहरुले बताएका छन् ।
‘साँझ बिहान खानकै लागी दिन बित्थ्यो, कहाँ भारतमा नानीहरुलाई पढाउन सकिने भयो’ ६० वर्षिय बिर बहादुर बादी भन्छन् । उनिहरु भारतको ऋषिकेश क्षेत्रबाट ज्याला मजुरी गरि लामो समय पछि बडवाल टोल फर्केका हुन् । ‘त्यत्तीन्जेल मरिन्छ कि, भनेर
डरले आउन सकिएन् । जहान परिवारलाई लिएर भारत गईयो, अहिले आएर देशमा शान्ती आएसंगै नेपाल सरकारले जग्गा दिन्छ भनेर खबर पाएपछि आफु बसेको जग्गा पाउन आशमा आएका हौं’ बिष्णु बादीले भने । भारतको ऋषिकेश क्षेत्रबाट फर्केर आएका ३ घर
परिवारका झण्डै १५ जना बादीहरु जगबुडा नदीको छेउ र सडकमा पाल टाँगेर बस्दै आएका छन् । अझै भारतको ऋषिकेशमा ज्याला मजुरी गरि बसेका ३ घरपरिवार आजभोली आउने भएका छन् । आज भोली दिनचार्य चलाउनको लागी उनिहरु दिनभरी गाँउ बस्तीमा चामल, दाल तथा तरकारी मागेर साँझ पख माँगेको खाद्यान्न पकाएर खाने गरेको बिष्णु बादीले बताएका छन् । बिगतका दिनहरुमा छाडेर गएको जग्गामा पाल टाँगेर बस्न थालेपछि बिद्यालय र स्थानियले धपाएको कारण सडक छेउमा पाल टाँगेर बस्न बाध्य भएको पुष्पा देबी बादीले
बताए । ‘जग्गा पाउनको लागी जिल्ला प्रशासन कार्यालयबाट परिपत्र ल्याएर आउ भन्छन्, कता गएर ल्याउने हो, हामी अलमलमा छौं’ पुष्पा बादीले भने । उनिहरुलाई खाना र बस्नको समस्याको कारण आफ्ना र अर्काका पीडा गीत मार्फत गाँउ घरमा चहारेर खाद्यान्न संकलन
गरि दिनचर्या चलाउदै आएका बादी घरपरिवारको भनाई रहेको छ् । विगतमा जमिन्दारी प्रथाले शोषण भएका थिए भने, अहिले नेपाल सरकारले बादी समुदायको मर्म र समस्या नबुझेका कारण शोषित हुदै आएका एकथरीको भनाई रहेको छ् । आफ्नो निजी जमिन र सम्पत्ति नभएका बादी समुदायका सर्वसाधारण जिवन निर्वाह र आधारभूत आवश्यकता पुरा गर्नका लागी बादी घरपरिवार अन्तीम संघर्षमा छ् । आफ्ना र अर्काका पीडा गीत मार्फत सुनाउदै दैनिकी चलाउन खाद्यान्न संकलन गर्दै आएको यो समुदाय अहिले नयाँ जीवन जिउने रणनीति बनाउन अनेक उपाय लिएर सपना बुनेको छ् । तर उनिहरुको सपना, सपनै बनेर रहेको छ् । अबका दिनहरुमा आत्मनिर्भर भएर पीडाको जिन्दगीबाट मुक्ति पाउन चाहेको सितली बादी बताउछन् । ‘हाम्रो ईच्छा स्थानीय सरकारले जग्गा उपलब्ध गराईदेओस् भन्ने छ्’ सितली बादीले भने । स्थानीय सरकारले जग्गा सहित आय आर्जन गर्न र जीवन जिउने गतिलो उपाय सहितको योजना ल्याएर श्रम गर्ने वातावरण सिर्जना गरोस् भन्ने उनिहरुको माग रहेको सितली बादी बताउछन् । देशकै सबै भन्दा पछाडि परेको र सबै भौतिक हक तथा सुविधाबाट वञ्चित भएका छन् बादी समुदाय हो । जनसंख्याका हिसाबले पनि सबै भन्दा सानो मध्यको समुदायको आनीबानी भने अरुको भन्दा फरक छ । अभावै अभाव झेल्दै र सहदै आएका दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ र ६ मा बसोबास गर्ने बादी परिवार अहिलेको जस्तो मनपरीको अवस्थामा पनि कतै कसैको घरजग्गा कब्जा गर्नेका भिडमा मिसिन चाहदैनन् । न, त उनीहरु आफनो पीडालाई आन्दोलन र विद्रोह बिउनै बनाउने कुरा सोच्छन् ।
मान्छेले सहनै नसक्ने दुरावस्था झेलिरहेका भए पनि न सरकार, न त गैरसरकारी संघ संस्था कसैले पनि बादी समुदायको पीडा छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ मा बसोबास गर्ने बादी घरपरिवार अहिले आएर पलाएन हुने अवस्थामा देखिन्छ् । बिगतका दिनहरुमा मादल बनाएर बिक्री बितरण गर्ने र गाँउ टोलमा नाच गाना गरि खाद्यँन्न (मानो) संकलन गर्ने यो समुदायलाई समय अनुकुल अभाव संगै गाँउ घरमा खाद्यान्न नपाउने मादल बनाउन चाहिने कच्चा पदार्थ नपाईने भएको कारण उनिहरु बिस्तापित हुदै आएको वडा नं. ६ का पुजा बादीले बताउछन् ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh