ई – दिशानिर्देश

साझा विकास

२९ चैत्र २०७७, आईतवार
साझा विकास

इतिहासको पानाबाट
समय परिवर्तनशिल छ, बलवान छ, जसरी वालकबाट यूवा हुदा“को जोस जागर परिपक्कता प्राप्ति पछि मानिस आफ्नो तर्फबाट केही प्रगति पथमा लम्किन सक्छ, त्यस्तै छ राजनीति पनि । जुन खालको वैदेशिक नीति हुदो रहेछ, अभ्यासको लागि नभए पनि भावी वा वर्तमान समयको अध्ययनको लागि २०१७ देखि २०४२ सम्म निर्दलिय पञ्ञचायती व्यवस्थाको २५ वर्षे रजत जयन्तीमा प्रकासित “स्मारिका” लाई क्रमै सित प्रकासित गर्दै जाने छौं । हामीलाई लाग्छ यसबाट थोरै भएपनि हाम्रा युवाहरुलाई अध्ययन गर्ने स्पष्ट मौका मिल्ने छ । पञ्चायत स्मारिका (बाट)
परिच्छेद –९
साझा विकास
साथै क्रण असुली रु १ करोड ४६ लाख ८ हजार र क्रण भुक्तानी रु १ करोड ४६ लाख ८ हजार भएको थियो । यसबाट शेयर र क्रण लगानी र असुली रकम गरी संस्थाको यस अवधिको अन्तिम वर्षको वार्षिक आर्थिक कारोवार स्तर रु १ करोड ६९ लाख १६ हजार पुगेको थियो ।
प्रस्तुत कारोवार स्थितिबाट यस अवधिमा संस्था तथा सदस्य संख्यामा बृद्धि भए पनि प्रति सदस्य शेयर सहभागिता घटेको र क्रण दर बढेको देखिन आयो । यस अवधिमा क्रण असुली भने तुलनात्मक रुपमा राम्रो देखिन आएको छ । तर पनि योजना अवधिमा कृषि उपज बेचबिखन, उपभोग्य तथा अन्य बस्तुहरुको आपुर्ति, घरेलु उद्योगको स्थापना, गोदामको व्यवस्था, साझा खेती व्यवस्था जस्ता क्षेत्रमा संस्था खोल्ने कार्यहरुमा ठोस प्रगति हुन नसकेको, भएका संस्थाहरुमा क्रण लगानी कार्य बाहेक संस्थाको आय बृद्धि गर्ने खालकै आर्थिक क्रियाकलापहरु बढ्न नसकेको, साझा शिक्षा र साझा भावनाको कमीले सदस्यहरुद्धारा लिएको क्रणको सदुपयोग प्रयाप्त हुन नसकेको, भुमिसुधार कार्यक्रममा कर्मचारीहरु लाग्नु परेको र खरिद विक्रिको व्यवस्था नहुदा उत्पादन गर्नेहरुलाई पनि प्रोत्साहन नमिलेको साझाको कार्य क्षेत्र सानो र सिमित रहेको जस्ता कारणले संस्थाहरु नाफामा चल्न नसकी साझाको कारोबार आत्मनिर्भर हुन नसकेको स्थिति देखा पर्न आयो ।
यस योजनाकालमा साझा संस्थाहरुको संख्यात्मक बृद्धि भएको तर संस्थाको गुणत्मक विकासमा टेवा पुग्नु नसकेको देखिन आएकोले संस्थाहरुको विकल्पवारे सोच्नु पर्ने महशुस हुन आयो । यसै अबधिमा स्व. श्री ५ महेन्द्रबाट २०२४ सालमा घोषित गाउ फर्क राष्ट्रिय अभियानको दश सुत्रिय कार्यक्रम मा वर्ग समन्वय घोषित गाउँ फर्क राष्ट्रिय अभियानको दश सुत्रीय कार्यक्रम मा वर्ग समन्वय र निदलीयता अंगालेको पञ्चायती प्रजातन्त्रको लागि उपयुक्त आवश्यक कल्याणप्रद अर्थ व्यवस्था नै साझा हो ।
सबैको कल्याण सबैको सुद सबैको समृद्धि र सबैको समन्वयात्मक विकासको आधारभुत आदर्श भएको साझा अर्थ व्यवस्था तथा शोषणरहित र संघर्षरहित समाज सिर्जना गर्ने लक्ष्य भएको पञ्चायती व्यवस्था एक अर्काको सहयोगी र पुरकका रुपमा छन् भन्ने गरिमामय बुदाहरु प्रस्तुत भएबाट साझालाई ग्रामीण अर्थतन्त्रको परिचालनको माध्यमको रुपमा परिस्कृत गर्दै लानु पर्ने आवश्यक झन् टड्कारो भएकोले साझाको गुणस्तर बढाई संख्यात्मक भन्दा गुणत्मक साझाको विकास गर्नु पर्ने खाँचो महशुस भई २०२४ साल पौषमा नै साझाको विषयमा छानबीन गरी सिफारिश गर्न छानबीन समिति पनि गठन गरिएको थियो ।
यसै योजना अवधिमा कृषि विकास बैकको गठन भई सहकारी बैकलाई २०२४ माघमा यस बैकमा मिलान गरिएको, साझा संस्थाहरुको गठन, सम्बद्र्धन र प्रबद्र्धन कार्य २०१५ सालमा भुमिसुधार विभागमा राखिएकोमा सो विभागबाट प्रभावकारी रुपमा संचालन हुन नसकेकोले २०२६।२७ देखि सहकारी विभागमै राख्ने निर्णय भएको, अनिवार्य बचत साझाको शेयरमा परिणत गर्ने प्रक्रिया भत्तपुर जिल्लाबाट शुरु भएको, सहकारी खरिद बिक्रि तथा क्रण संघ जिल्ला साझा संघमा परिणत गर्ने जस्ता कार्यहरु पनि भएका थिए । क्रमशः

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh