बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त
नेपाल र भारतका विभिन्न तिर्थ स्थानमा १२/१२ वर्षमा विशेष पुजन कुम्भ मेला लाग्ने गरिन्छ र ६/६ वर्षमा अर्ध कुम्भ । २०३२ सालको मकर संक्रान्तिको मेलामा म मेरा पिताजी काकाहरु समेत गएका थियौ । सो मेला इलाहावादको प्रयागराजमा लागेको थियो । नेपाली तिर्थ यात्रीहरुको लागी अंग्रेजहरुको शासन कालमा नै नेपालका राजा, राणा सरकारहरुले भारतमा रहेका प्रमुख तिर्थ स्थलहरुमा नेपाली लालमोहरिया पण्डाको नियुक्ति गरेर राखेका रहेछन । नेपालका राजाको लालमोहर लगाएको आधिकारिक पत्र पण्डालाई दिएकै आधारमा उनका तन सन्तानले आजसम्म पनि नेपाली तिर्थ यात्रीको व्यवस्था पनि र सुरक्षा दिने काम गरेकै छ । नेपाली यात्रीहरु बस्नको लागी धर्मशालाहरु बनेका रहेछन धेरै वर्ष पुराना हुँदा कुनै ठाउँमा मर्मत सम्भार भएका छन, धर्मशालाहरुका नाम नेपाल भवन लेखेका थिए ।
बद्रीनाथ केदारनाथमा पनि नेपाल भवन थिए । सर्वसाधारण नेपाली यात्रीहरु नेपाल भवन धर्मशालामा बस्छन भने अरु होटलहरुमा बस्न रुचाउँदा रहेछन् । हरिद्वारमा पनि नेपाल भवन छ त्यही भवनमा दैनिक नेपाली पण्डाको उपस्थिति हुन्छ कर्मकाण्ड गर्न थप बाहुनहरु राखेका छन् । नेपाली पण्डाले भने बमोजिमको सुविधा पनि दिदै आएका छन् ।
२०७८ सालको कुम्भका प्रमुख अतिथि विश्व हिन्दु सम्राट राजा ज्ञानेन्द्र थिए भने विशिष्ट अतिथि भारत उत्तर प्रदेशका मुख्यमन्त्री लगायतका व्यक्तिहरु थिए । विश्व हिन्दु सम्राट राजा ज्ञानेन्द्रलाई त्यहाँको सरकार लगायतका आठ लाख सन्यासीहरुले गरेको सम्मान टि.भि.बाट प्रशारण भैरहेकोले सबै नेपाली तथा विश्व भरिका हिन्दु तथा अन्य व्यक्तिहरुले प्रत्यक्ष प्रसारण देखेकै होला । विश्वमा एक मात्र हिन्दुराष्ट्रको नामले चिनिएको र यहाँका राजालाई विश्वभरीका हिन्दुहरुले हिन्दु सम्राटका रुपमा चिन्ने गरेका छन् ।
राजनीतिक फोहरी खेल नेपालका नेताहरु खेल्न सक्छन तर जति दवाउन खोजे पनि विश्वका एक मात्र हिन्दु सम्राटलाई दवाउन सक्दैनन् किनभने विश्वभरीका हिन्दुहरुका सम्राट भएको कारणले पनि केही नेपाली नेताहरुले राजाको हेला गर्दैमा केही लाग्दैन । मक्का मदिनामा हुने मुसलमानहरुको हज गर्न जाने क्रममा नेपाली मुसलमानलाई स–सम्मान साथ विशेष सुविधा दिएर राजाले मक्का पठाएको कुरा र मुसलमानहरुलाई नेपालका हिन्दु सम्राटले दिएको आदर सम्मान नेपाली हिन्दु नेताहरुले भुलेर नमक हराम काम गरे पनि मुसलमानहरु भुल्दैनन् तर क्रिश्चियनहरुले मात्र हाम्रा नेताहरुलाई होली वाइनको नसामा लठ्याएकोले मात्र षडयन्त्र गरि रहेका छन् । जुन षडयन्त्रले अन्तसम्म पुग्ने कोसिस गरि हिन्दुत्व मास्न कोही पनि सक्ने छैन ।
२०३२ सालको माघ १ गते इलाहावादको प्रयागमा लागेको १२ वर्षे कुम्भ मेलामा त्रिदेशीमा नुहाउन एक करोड जनताको उपस्थिति रहेको छ भनि त्यहाँका सरकारले प्रकाशमा ल्याएका थिए । आस्थावान मानवको मानव सागर भनेको त्यही थियो । नेताहरुले जे जती भ्रष्टाचार गरी आसे पासेलाई पैसा दिई आफू तिर तान्न खोजे पनि जनताको पवित्र सद्भाव उनीहरुप्रति छैन तर पवित्र राजाको सम्मान भने देश प्रदेशमा
भैरहेको छ र भैरहने छ । त्यसको प्रमाण हो हरिद्वारको कुम्भ २०७८ ले राजालाई दिएको सम्मान ।
राजा आफूखुसी हौसिएर कुम्भमा गएका नभई त्यहाँका ८ लाख सन्यासी, सरकार समितिको निमन्त्रणामा निमन्त्रणा स्वीकार गर्न गएका हुन । हिन्दु सम्राटले हरिद्वारमा गौतम बुद्धले पाएको सम्मान जस्तै सम्मान पाएका छन्, त्यो नेपाली जनताको गौरब हो । झलनाथ खनाल जस्ता नेताहरुले महाकाली नदीको दिल्ली सम्झौता हुँदा नपढेर दस्तखत गरेको हुँ भन्ने गरी ब्रहमदेवमा महाकाली बेचे जस्तो हैन । नेताहरु त नपढेर दस्तखत गर्दा कुनै दिन नेपाल बेचिन सकिन्छ । तर राजसंस्था जसले राष्ट्रको निर्माण गरेका हुन उनले आफू गुमे पनि राष्ट्र गुमाउने छै्रनन् । राष्ट्रको लागी ंंंंंझासीकी रानीले गरेको योगदानबाट तथा राजा महेन्द्रबाट नेताहरुले अझै पनि शिक्षा लिन सकेनन् । नेपाली नागरिकले विश्वका कुनै पनि मुलुकबाट मान सम्मान पाउनु राष्ट्रकै गौरव हो भन्ने ठान्नु पर्दछ ।
लगभग १०/१२ वर्ष भित्रकै कुरा हो समाचारमा पनि आएको थियो, भारतको असामबाट अवकास लिई घर आई रहेको नेपाली भारतीय सैनिक रेलमा घर आई रहँदा मेजुराम एरियातर्फ डाकाहरुले रेलका यात्रीहरुको पैसा लुट्न लागेको तथा आफ्ना बुवाआमासँगै बसी रहेकी
छोरीको व्यइजत गर्दा एकजना डाकालाई रेलमै मारेको र २ घायल भएर भागेकाले यात्रीको सुरक्षा गरे वाफत भारत सरकारले निजलाई बोलाई पुनरबहाली गरी मानपदवीद्वारा विभूषित गरि बढुवा गरि उनको सेवाको अझै आवश्यक रहे पनि पेन्सनमा आउन चाहेकाले सम्मान र
सुरक्षाका साथ घरमा पुर्याई उनलाई दिएको सम्मानले समेत म पंक्तिकार हर्ष विभोर भएको थिए । तर नेपालका हिन्दु सम्राट राजा ज्ञानेन्द्र शाहलाई हिरद्वारमा सम्मान दिदा झलनाथ खनाल जस्ता नेतालाई दुःख लाग्दा म अयोग्य मतदाता पनि हैरानमा छु । म अयोग्य मतदाताले चुनेको नेता कसरी योग्य हुन्थे भन्न सम्म मैले पनि बुझेन ।