ई – दिशानिर्देश

इतिहासका कुरा लिपुलेकका धुरा

५ बैशाख २०७८, आईतवार
इतिहासका कुरा लिपुलेकका धुरा

पृत बहादुर विष्ट (प्रितम)
पुर्व क्याम्पस प्रमुख
पाटन बहुमुखी क्याम्पस बैतडी

१) एकतिस सालकि बात, लिपुलेकका कुरा ।
शाही सेना लडेकी ठौर, तथ्यगत व्यहोरा ।।
२) दार्चुला पसेका खम्बा, जोमसोम जिल्ला छाडी ।
पारी गौ विथिति पस्या, दार्चुला कि घाडी ।।
३) रिक सल्ला घोडचडी फौज, गौ गर्खा पसेको ।
दार्चुलालाई कब्जा गद्द, कम्मर कसेको ।।
४) भदौ मैना सोल पैट, शाही सेना कि होली ।
दार्चुला लिपुधुरा गयो, लडु छाति खोली ।।
५) अरि दमन नौ गरेको, गुल्म थ्यो बैतडी ।
लिपुधुराका टुपा बस्यो, हेलीकेप्टर चडी ।।
६) तै टोलीमा मेरा सङी, दल बहादुर चन्द ।
हौल्दारी सेनाको पद, लडाकु अनन्त ।।
७) लडाइ कि तयारी होइगै, भदौ सत्र पैट ।
अरि दमन गुल्म थियो, डिफेन्समा टैट ।।
८) खम्बा पस्याँ लिपुलेक, अठार प्रभात ।
डर लाग्दो खम्बाको फौज, बम बन्धुक हात ।।
९) सेना कि मुडभेड होइगै, खम्बा फौज भाग्यो ।
दिनभर चलेको युद्ध, देशको नाम राख्यो ।।
१०) सेनापति मरी गयो, विपक्षी खम्बाको ।
लुटपिट गरी खान्या, घमण्डी दम्भको ।।
११) घोडा खेच्चर, चौरी, झुपु, हात हत्यार जति ।
सेनाले कब्जामा लियो, आफ्नो बचाई क्षेति ।।
१२) नेपाल गाँदीका राजा, वीरेन्द्र उइबेला ।
परसेनाधिपति थ्या, देश भक्तीकि माला ।।
१३) मेरा सङी दली चनलाई, प्रसंशाको पट्टा ।
स्याँबासी, नगद पायो, बहादुरी सट्टा ।।
१४) दुर्गम सेवा पदक दियो, मान पदवी बडायो ।
गुल्मले स्वयाबासी खायो, हर्ष बडाई भयो ।।
१५) फष्ट राइफल गण कम्पनी, पैचालिस दिनसम्म ।
लिपुधुरा निगरानी बस्यो, आसन जमाई टम्म ।।
१६) लिपुलेक भारतको भया, नेपाली सेनालाई ।
क्याइ दिनो हो डिफेन्समा, रक्षा जमौनालाई ।।
१७) लिपियाधुरा कालापानी, नेपालको क्षेत्र ।
रक्षा गर्यो शाही सेनाले, दार्चुलाका क्षेत्र ।।
१८) पिनसिन वाल मेरा सङी, दलचन ठकुरी ।
भारतको कब्जा धेकी, वाग जसो बकुरी ।।
१९) लिपुलेक पराया धेक्या, रगत खौलन्छ ।
नयाँ नक्सा भारतको, मनचित्त जलन्छ ।
२०) कालापानी लिपुलेक, मुँइ बसेको डाणो ।
म¥यो काट्या नाई छाड्या हुँ, पानी खान्या भाणो ।।
२१) खोज खबर झट्ट गर, मेरो चुँउच्या नक्सा ।
लिपुलेक जन लागौं, भारतको चस्का ।।
२२) कुटनीति वात चिज गर, गाली मुखाली छाडी ।
घरकल जन गरौं, नेता कठै लाडी ।।
२३) बेला मौका नेपालीको, रगत बग्यो सिमा ।
सत्रु बैरी जनलागौं, देशकि घाटीमा ।।
२४) उइबेलाको शाही सेना, अरिमर्दन दल ।
रक्षा गरन्या दार्चुलाको, तेरो बाहुबल ।।
२५) नालापानी कालापानी, लिपुलेकका धुरा ।
सम्झन्छु गोर्खाली फौज, इतिहासका कुरा ।।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh