ई – दिशानिर्देश

जनता भन्छन आफ्नो देश आफै बनाऊ

५ बैशाख २०७८, आईतवार
जनता भन्छन आफ्नो देश आफै बनाऊ

जनताका भावनाको कदर सरकारले गनुृपर्छ । आफ्ना देशको विकास गर्ने इच्छा सबै नागरिकहरुमा हुन्छ तर नेताहरुमा इमान्दारिताको आवश्यकता भने अवश्य हुन्छ । आज यत्तिका भौतिक पुर्वाधार हुँदा हुँदै पनि विकास निर्माणको काममा ढिलाई लापरवाही भएको
छ । हामीले वितेका दिनको पनि स्मरण गर्दै अगाडी बढनु पर्दछ । जव चितौनमा राजा महेन्द्रले पुर्व पश्चिम राजमार्गको सिलान्यास गरे मित्र राष्ट्रहरु सित खण्ड खण्ड गरी सडक निर्माणमा सहयोग गरि दिन अनुरोध मात्र गरेन कि जनता सामु जनश्रमदानको पनि आह्वान गरे । त्यसबेला नेपालको राष्ट्रिय बजेट ३ करोड भन्दा तल थियो । जनताले पनि उत्साहपुर्वक महेन्द्र राजमार्ग निर्माणमा श्रमदान गरे, त्यसबेला जेसीबी जस्ता उपकरणहरु केही थिएन । टाउकोमा टोकरी भरी माटो भरेर बोकी राजमार्ग निर्माणको कार्य पुर्व मेची देखि पश्चिम महाकालीसम्मको सडक तथा नहर निर्माण कार्य गरेका हुन । २०३९/४० मा आएर मात्र जेसिवी जस्ता उपकरणहरुको सुविधा प्राप्त भएको हो । आज त्यस्तै गरि उत्तर दक्षिण र पुर्व पश्चिम रेल्वैको आशामा जनता रहेका छन् ।
नेपाल जलश्रोतको धनि राष्ट्र भन्ने गरिन्छ तर धन कमाउन सकेको छैन । आज जनताका छोरा नेपाली युवा युवतीहरु रोजगारको लागी विश्वभरी पुगेका छन् र आफ्ना देशको विकास आफै गरौं भन्नेमा छन् । आज नेपाली जनता जालसाजी सहयोग कसैबाट नेपाल नभित्रियोस भन्नेमा छन् जस्तो अचेल एम.सी.सी. अमेरिकी सहयोगको भ्रमपूर्ण सहयोगको हल्ला चलेको छ । त्यस्तो स्वाभिमान गुमाउने खालको सहयोग चाहिएको छैन बरु सरकारले योजना बनाओस विद्युत जस्ता आय आर्जन हुने खालका विकास निर्माण उद्योगहरुको साधारण शेयर निस्कासन गरोस जनता लगानी गर्न तयार छन् । अचम्मको कुरा के छ भने जनताको लगानीबाट सरकार टाढा जाने
तर कपटी सहयोग भित्र्याउन खोजेको आभास कसरी हुन्छ भने आजसम्म तामाकोसी लगायतका अनेकौं जलविद्युत योजनाहरुमा साधारण शेयर निस्कासन गर्यो । जनताले लगानी गर्न १०/२० लाख अग्रीम जम्मा गरे तर ५०/६० हजारका शेयर मात्र पायो । बाँकी
रकम फिर्ता गरेका ताजै प्रमाण छन् । यदि कुनै देशले कपटपूर्ण सहयोग गर्न चाहेको शंका जनतालाई लाग्यो भने त्यो सहयोग स्वाभिमान गुम्नेगरी सरकारले स्वीकार गर्नु हुदैन । पृथ्वीनारायण शाहका उपदेशहरु आज पनि सर्वमान्य छन्, सरकारले शिक्षा लिनु पर्दछ । रेलवै लाईनको लागी स्वदेशमा नै फलाम खानी उत्खनन् गर्न लगानीको लागी नेपाली जनता तयार छन । विदेशीको दान भन्दा स्वदेशी पौरखी हातहरुको कदर गरौं । खानी जन्य उद्योगहरु सरकारले खोल्न व्यवस्था मिलाओस लगानी गर्न जनता तयार छन् । स्वदेशी लगानीमा जनता वाच गर्छन कि भनि विदेशी कपटी सहयोग चाहिदैन । विजुलीका पोल, केवल बनाउने सामग्री, कच्चा पदार्थ नेपालमा मौजुद रहेको अवस्थामा ऐन कानून संविधान विपरित नेपाली नेताहरुले विदेशी सामु झुकी तमसुक गरिदिनु हुदैन देश हाम्रो हो यसको विकास गर्न पुँजी हामी लगाउँछौं, केवल सरकारले व्यवस्था मिलाई देवस । एमसीसी जस्ता सहयोगको आवश्यकता हामीलाई छैन भन्छन् नेपाली जनता ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh