ई – दिशानिर्देश

विपन्न परिवारका लागि आवास निर्माण

५ बैशाख २०७८, आईतवार
विपन्न परिवारका लागि आवास निर्माण

दिशानिर्देश समाचार
महेन्द्रनगर, ४ बैशाख
दोधारा चाँदनी नगरपालिकामा विपन्न परिवारका लागि आवास निर्माण कार्य शुरु गरिएको छ । उपमेयर आवास कार्यक्रम अन्तर्गत घरवारविहीन २१ परिवारका आवास निर्माण गरिन लागेको हो । आवास निर्माणका लागि नगरपालिकाले रु ३८ लाख ११ हजार ३४४ बजेट परिचालन गरेको छ । अतिविपन्न घरवारविहीन परिवारको छनोट गरी आवास निर्माणको कार्य भइरहेको नगरपालिकाका उपप्रमुख चिनी गिरीले बताए ।
नगरपालिका क्षेत्रमा बसोवास गर्ने परिवारको आवासमा पहुँच पुर्याउनका लागि कार्यक्रम सञ्चालन गरेका छौँ, उनले भने, आवास नभएका सबै परिवारलाई सुरक्षित आवसको पहुँच पु¥याउने लक्ष्य लिएका छौँ । सबै वडामा घरवारविहीनका लागि आवास निर्माण भइरहेको उनले बताए । उनका अनुसार एक घर निर्माण गर्न झण्डै रु दुई लाख खर्च लाग्ने छ । निर्माण हुने आवासमा दुई कोठा, बरण्डा निर्माण गरिने छ । छानामा जस्ता पाता राखिने छ । चाल आवमा आवास निर्माणको कार्य परा गर्ने लक्ष्य लिइएको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh