ई – दिशानिर्देश

योजनाहरु प्राथमिकताका आधारमा निर्माण हुनुपर्दछ

५ बैशाख २०७८, आईतवार
योजनाहरु प्राथमिकताका आधारमा निर्माण हुनुपर्दछ

दिशानिर्देश समाचार
महेन्द्रनगर, ४ बैशाख
केही नगरपालिकाहरुले विकास निर्माणका कामहरु गर्दा योजना बनाई प्राथमिकताको आधारमा निर्माण गर्नुपर्नेमा आफूखुसी गर्ने
गरेका छन् ।
सडक ग्राईवेल गर्दा सडक कति महत्वपुर्ण छन भनि नहेरी कसैले आफ्नो जग्गा प्लटिङ गरी विक्री गर्ने उद्देश्य अथवा भाईहरु अलग भएकाले बाटो चाहियो भनि निजी बाटोमा धमाधम ग्राबेल राखी आफन्त वा लाभको लागी सडकमा ग्राईवेल गरिरहेका प्रमाणहरु हामीसँग छन् । नक्सामा सार्वजनिक देखाए पनि आफू बाहेक अरु व्यक्तिहरुको काममा नआउने सडकको नाममा सडक निर्माण गर्न मिल्छ मिल्दैन भन्ने कुराको ज्ञान काम गर्ने योजना शाखा निर्माण मर्मत शाखालाई नगरपालिकाले लिखित आदेश दिनु पर्दछ । जनताको रकम कसैको व्यक्तिगत काममा प्रयोग गर्नु हुदैन । नगर, वडाहरुमा कहाँ कहाँका सडक निर्माण ग्रावेल भई रहेका छन् । त्यसको सूचना सार्वजनिक स्थानमा लगाउनु
पर्दछ । नगरपालिकाहरुका टिप्परहरुले प्लटिङ गरेका अथवा भईरहको बटवारा गर्यौं भन्ने बहानामा आफू बाहेक अरु कसैको काममा नआउने ठाउमा ग्रावेल गरी रहेकाले त्यसतर्फ नगरपालिकाहरुले ध्यान दिनै पर्दछ ।
साथी वा नातेदारको निजी प्रयोग हुने ठाउँमा ग्रावेल राखेमा परिषदको निर्णय गराई योजना अनुसार राख्ने गरौं ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh